जनसंख्या र क्षेत्रफलको हिसाबमा अत्यन्त सानो र पृथक ईतिहास बोकेको अखण्ड र सार्वभौम राष्ट्र नेपाल हो । सामाजिक र सास्कृतिक विविधताले संपन्नशाली राष्ट्र नेपाल आज टुक्रा टुक्रा परेर अस्तित्वहिन बन्ने खतरामा पुगेको छ । २०३७ सालमा पाँच विकास क्षेत्रमा विभाजित नेपाल बिभिन्न राजनैतिक परिवर्तनलाई झेल्दै संघियताको मोड मा आइपुगेको छ । आज देखिएको विरोध र विद्रोहका स्वरले कतै हिजो महेन्द्रकै पाला विकशित भएको राष्ट्रबाद वैज्ञानिक रहेछ कि भन्ने भान आज नेपाली जनतामा पर्न गएको छ ।
आजको सन्दर्भमा समतामुलक विकास र उचित प्रतिनिधित्व हो तर हामी नयाँ कुरा सुरु गर्ने बहानामा नेपाललाई टुक्राउने खेल सुरु भईसकेको छ , त्यो हाम्रो राजनैतीक बेइमानीलाई के जनताले स्विकार गर्लान र हामीलाई याद हुन जरुरी छ , राजनैतीक अस्थिरता बेइमानी र कुस्चक्रले गर्दा पञ्चायती व्यवस्थाको सुरुवात भएको कालो ईतिहास हामी सामु छ । राजा महेन्द्रले राजनैतीक पार्टीको आन्तरिक कलह र सत्तामोहको आन्तरिक कुराको विश्लेशण गर्दै नेपालमा निर्दलिय व्यवस्थाको सुरुवात गरे , त्यो यहाँका राजनैतिक दलहरुको अपरिपक्क र प्रजातान्त्रिक व्यवस्था प्रती राजनैतीक दलले बुझ्न नसक्दा त्यो कदम उठ्यो भन्ने मेरो ठम्माइ हो ।
लामो समय भारतीय राजनीतिमा बघिनीको रुपमा स्थापित सोनिया गान्धीलाई प्रधानमन्त्री हुन नदिने भारतीयहरु किन नेपालमा अङ्गिकृत पक्षपोसण गरिरहेका छन त? जातिय राजनीतिकै कारण पाकिस्तान अलग भो , बाङ्लादेश पाकिस्तानबाट अलग भो तर नेपालको माओवादी किन बुझ्दा बुझ्दै गुलाम बन्दै छ रु भारतीयलाई सुम्पन्ने यो प्रचन्डको गुरु योजनाको विरोध गरौ ।
निरङ्कुशताको विरोध गर्दै जादा फरक ढंगबाट बहस र छलफल गर्न सकिएला तर महेन्द्रको राष्ट्रबादलाई अप्रत्यक्ष सलामी गर्दा कसैको आँखाले राजाबादी देख्ला त कसैको आँखाले मण्डले तर आज राष्ट्रियता बेच्ने क्रान्तिकारी सुप्रीमोलाई परिवर्तनकारी देख्ने त्यो मगजको उपचार हुनुपर्छ भन्ने मेरो बुझाई हो । सकारात्मक र नकरात्मक पक्षको जोड घटाऊको राजनीतिबाट अमृत बमन गर्ने राजनीतिमा प्रचन्डहरु राष्ट्रघाती निस्के भन्ने मेरो बुझाई छ । राष्ट्रियता भारतीयहरुलाई सुम्पिदै यती सम्म भारतको चाकडी प्रचन्डले गर्नु हुँदैन थियो । आज गम्भिर प्रश्नले घेरेको छ , नेपाल भारतलाई सुम्पन्ने प्रचन्डको विरोध तपाईं हामीले गर्ने कि नगर्ने रु आफ्नै पार्टीका नेता टोपबहादुर रायमाझीले किन बिरोध गर्दै छन त रु हामी ले बुझ्न जरुरी छ ।
लामो समय भारतीय राजनीतिमा बघिनीको रुपमा स्थापित सोनिया गान्धीलाई प्रधानमन्त्री हुन नदिने भारतीयहरु किन नेपालमा अङ्गिकृत पक्षपोसण गरिरहेका छन त? जातिय राजनीतिकै कारण पाकिस्तान अलग भो , बाङ्लादेश पाकिस्तानबाट अलग भो तर नेपालको माओवादी किन बुझ्दा बुझ्दै गुलाम बन्दै छ रु भारतीयलाई सुम्पन्ने यो प्रचन्डको गुरु योजनाको विरोध गरौ । भारतको लोकतन्त्र हामीले नबुझेको होइन , सोनिया गन्धीहरुको ईतिहास हामीले नबुझेको पनि होइन । खुल्ला सिमानाको कारण हाम्रो तराइसँग भारत नजिक छ र छोरी बेटी र रोजी रोटीसँग पनि सम्बन्धित छ । त्यही आधारलाई प्रयोग गर्दै नेपाललाई फिजीकरण गर्ने र प्रचन्डलाई दलाल बनाएर प्रयोग गर्ने भारतीय चाल हो । हामी सतर्क हुन जरुरी छ ।
हाम्रा नेता कुर्सीका लागि लम्पसार हुँदा अत्यन्त गम्भिर संघारमा देश उभिएको छ । भारतसँग सुरुङ युद्ध छेडेका प्रचन्ड पनि किन भारत को आशिर्बादमा नेपाल टुक्राउन खोज्दैछन त रुआफुलाई बेचेर नपुगेर किन देश बेच्दै छन त रु उनी आत्मसमर्पण गरिसके , क्रान्ति होइन अब उनी बिखण्डनको नायक हुन । भारतले नेपाल र नेपाली जनतालाई भेडाको मुल्यमा किन्दै छ र ठेक्दार प्रचन्ड बन्दै छन । यि ठेक्दारका विरुद्द नेपाली जनताले प्रतिबाद गर्नै पर्छ , यो लडाइ राष्ट्रियताको लडाईं हो ।
तराइमा बोलचाल हुने भाषा मैथिली , भोजपुरी , अवधी र थारु भाषालाई रास्ट्रिय भाषा बनाउनी कि हिन्दी लाई रु भारतको गुलामी गर्दै हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोज्नु के यही हो माओबाद रु देशलाई अस्थिर बनाएर भारतमा लएर मिसाउने के यही हो राष्ट्रबाद रु सायद माओबादले यही भन्छ कि प्रचन्ड काम्रेड रु सिके राउतले मधेश छुट्टै देश हुनुपर्छ भनेर सिंहदरबार अगाडि पत्रकार सम्मेलन गर्दा नदेख्ने यो अन्धो सरकारले सच्चै आत्मसमर्पण गरेको हो त रु देशलाई सिक्किमीकरण र फिजीकरण गर्ने माओवादी अभिस्टको अन्त्य हुनै पर्छ । नेपाली जनताले नेतामा जन्मेको आत्मसमर्पणको खुलेर विरोध नगरे देश दलालहरुले बेच्नेछन ।
जातियताको नाममा देश विखण्डन गर्न असफल भएपछी अहिले प्रदेश नम्बर ५ लाई चलाएर भारतीय गुरु योजन अनुरुप प्रचन्ड चलेका छन । प्रदेशलाई चलाऊदै देश खत्तम पार्ने यि लेन्डुप दोर्जेहरुको विरोध गरौ । माओवादीका छोट्टे राजाहरु बदमासीको प्रदाफास गरौ । आत्मसमर्पणबादी चरित्रको पर्दाफास गरौ । देशलाई सिम्किमीकरण हुनबाट बचाऔ ।
याे लेख लेखककाे निजी विचार हाे ।