प्रधानमन्त्री प्रचण्डलाई महेन्द्रको अन्तिम आक्रोश, अरुले जस्तै पटकपटक म लेख्न चाहान्न !

सम्माननिय प्रधानमन्त्री ज्यू नमस्कार ! तपाइँलाई मेरो तर्फबाट अन्तिम आक्रोश पोख्दै छु अरुले जस्तै पटकपटक म लेख्न चाहान्न !                                                                                                                               दश बर्से जनयुद्ध लडेर तपाईंले नेपाललाई स्विजरल्यान्ण पनि बनाइ सक्नु भयो । अब के बनाउन खोज्दै हुनुहुन्छ ? यो गम्भीर प्रश्न रहेकोे छ? प्रधानमन्त्री ज्यु तपाइलाइ छेद बिछेद हुने गरि लेखिएका विभिन्न किसिमका धेरै लेखहरु ,समाचारहरु पढे । तपाइका फोटोहरुमा टाउको जोडेर बनाइएका र त्यसमा लेखिएका अनगिन्ती तुच्छ शब्दहरु देख्दा मलाई साह्रै नरमाइलो लाग्यो ! तर तपाइलाइ रमाइलो लागेछ क्यारे ? आजसम्म सुनिदिनु भएन आम नेपालीको कथा ? बुझिदिनु भएन मर्म ? अनि बिसिदिनु भयो भुकम्प पीडित र चटक्कै भुलिदिनु भयो दस बर्से जनयुद्धमा देखेका सबै सपनाहरू ……..?

तपाईंका खोटहरुलाइ मात्रै किन किन नेपाली जनताले पल पल उकासी रहन्छन् ?तपाइले राम्रा काम पनि त गर्नु भएको छ ? तर ती राम्रा कामको किन प्रसंशा हुदैन ? हुन त राम्रो गर्न खोज्नेलाइ सबैले खुट्टा तान्छ्न । यो सतिले सरापेको देशमा ? त्यो त तपाइले बुझ्नै पर्ने कुरा हो । तपाई जब सरकारमा जानू भयो, अर्थात प्रधानमन्त्री हुँदा तपाईंलाई याद छ तपाइकै पाटिका धेरै सदस्यले तपाइँलाई शुभकामना सम्म दिएनन् ? किनकि तपाईंको नियत खराब भैइसकेको थियो । आम नेपाली जनता आक्रोशित थिए र अझैसम्म पनि छन । म मान्छु तपाइँलाई र सम्झन्छु यो कविताको एक हरफलाइ
” हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुइचार सपूत मरेर नगए ”
मैले यहि कविताको हरफ सोचेर तपाईंको उद्देश्य पनि त्यही होला भनेको थिए ? तर होईन रहेछ ? त्यो युद्ध त केवल चोरी ,डकैती ,लुटपाट ,अपहरण ,हत्याहिंसा र भर्स्टचार मौलाउने खेल रहेछ ? धिक्कार छ तपाईंले ति सोझा जनतालाई देखाका झुठा सपनाहरुलाई जुन तपाईं आफैले नै तुहाउनु भयो ? जन्माउन सक्नु भएन ? यति सुन्दर देशमा कलहको बीउ रोप्नु भयो ?तपाईंले क्रान्तिकारी राजनीति गर्नु नराम्रो थिएन । देशमा ठुलो परिवर्तन चाहाने,बिकासको बाटो औंल्याउने , धनी गरिब सबै बराबर हुने ?तपाईंको यी यस्तै यस्तै सपनाहरू थिए ? तर खै किन पूरा हुन सकेनन् ? आम नेपालीको गम्भीर प्रश्न यो हो ?
प्रधानमन्त्री ज्यु, तपाईं त यति ठुलो युद्ध लडेर आएको एउटा होनहार सिपाही हो । तर तपाईका यी सुरुका उद्देश्यहरुलाइ किन ओझेलमा पारेर राख्नु भयो ?तपाईं पुर्व प्रधानसेनापति कटुवाल काण्डमा पनि हारेको मान्छे हो ।यति ठुलो युद्ध लडेर शान्ति सम्झौता गरेर नेपालमा गणतन्त्र लोकतन्त्र ल्याउनु भयो ।गणतन्त्र पछिको नेपालको पहिलो प्रधानमन्त्री पनि बन्नु भयो ।तर लामो समय टिक्न सक्नु भएन ? त्यो तपाईंको धेरै ठुलो कमजोरी हो ? त्यही बाट सुरु भयो तपाईंको राजनीति खिचलो ?देशमा ठुलो ठुलो परिवर्तन चाहने तपाईंले अब यो देशमा कोहि न गरिब हुन्छन् न त कोही धनी नै हुन्छन् ? सबै बराबर हुन्छन् ?भन्नुभएको थियो तपाईंको धेरै भासण सुनेको थिए ।आखिर यो देशमा आजसम्म के परिवर्तन भयो ?गरिब गरिब नै छन । धनी झन धनी नै छन ।
परिवर्तनको नाममा हजारौं मान्छे बिस्तापित भए ।हजारौं मान्छे सहिद भए । कति बेपत्ता भए ? कति दिदीबहिनीको सिन्दुर पुछियो ? हजारौं आमाको काख रित्तियो ? दाजुभाइको सपनाहरू टुटे । रगतको खोलो बग्यो यो देशमा । हजारौंको संख्यामा अपांग भए । म पनि जनयुद्धमा ज्यान गुमाएको परिवारको एक सदस्य हु त्यसैले मन बल्झिन्छ घरीघरी ? । देशमा ठुलो परिवर्तन आउँछ भनेर डरै डरमा भए पनि तपाइँलाई भोट हालियो अनि जिताइयो ।तर आज कति दुख लाग्छ ती दिनहरू सम्झदा ……………….!!!

प्रधानमन्त्री प्रचण्ड ज्यु , आवेगमा आएर सधै निर्णय गर्ने तपाईं किन एउटै सरकारलाई ५ बर्स सम्म स्थाइ रुपमा कायम राख्न सक्नुहुन्न ? उल्टै त्यसको नाममा नौ / नौ महिनामा सरकार फेर्ने तपाईंको यो घटिया सोचलाई कसरी स्विकार्नु हामी जनताले ?
के नौ / नौ महिनामा सरकार फेरेर देशमा ठुलो परिवर्तन आउँछ? आम नेपालीको प्रश्न हो तपाइँलाई ? यो देशमा शान्ति सम्झौता देखि लिएर ठुला ठुला निर्णय गर्न सक्ने खुवी भएको मान्छे हो तपाईं । तर धिक्कार लागेर आउँछ । अहिले देश दोन्दको एउटा दुर्घटनाबाट भर्खरै उठेको ,फेरि ,भुकम्पले अर्को बिपत्ति आइलागेको यो परिस्थितिबाट गुज्रिरहेकोे छ देश ।अझै देशलाई ठुलो दुर्घटनातिर धकेल्ने तपाईंहरुको सोचलाइ छिटो परिवर्तन गर्नुस् ? र जुन जुन शीर्ष नेतालाई तपाईंको पाटिबाट जन्माउनु भएको थियोे ती सबैलाई समेटेर टुक्रिन नदिइ एकजुट भएर लाग्नुस । यदि तपाईंले साच्चिकै परिवर्तन चाहानु भएको हो भने नत्र यो देश फेरि अर्को दुर्घटनातिर नजाला भन्न सकिन्न ………..?

अन्तमा प्रधानमन्त्री प्रचण्ड ज्यु , तपाईंले जुन जुन नेपाली जनताको हितमा रहेर काम गर्नु भएको छैन ? ती निर्णयहरु प्रती नेपाली जनता एकदमै रुष्ट र आक्रोश बनेका छन् । त्यो तपाइँलाई राम्रोसँग थाहा छ ।यस्ता गल्तिहरु दोहोराउनु राम्रो होईन ? सुजातालाई पचास लाख ,मुखर्जी आउँदा सार्बजनिक बिदा, पटकपटक भारतसग कुटनैतिक सम्बन्ध राख्नु नेपाली जनताको लागि असैह्य हो । तपाईं नेपाली जनताको लागि र देशको हित हुने काम गर्नुस तपाईंको पछाडि नेपाली जनता साथमा छन ।
राम्रो कामको पनि प्रसंशा गर्नुपर्छ । भर्खरै मात्र राजधानीमा लोडसेडिङ अन्त्य भएको छ ।फास्ट ट्रयाक नेपालले नै बनाउने भएको छ ।राजधानीमा साझा यातायात थपिदिएर सवार यात्रामा सहज भएको छ । यसमा नेपाली जनताले खुशिको महशुस गरेका छन् ।तपाईं प्रती आक्रोश त मेरो मात्रै होईन धेरै नेपाली जनताको छ ।दोन्दकालको पीडितको आक्रोश छ । परिवर्तनको नाममा भर्स्टचार मौलाएको छ । यस्लाइ रोक्नुहोला । देशैभरी लोडसेडिङ अन्त्य गर्नुहोला ? र आम नेपालीको ,रास्ट्र रास्टृयताको लागि काम गर्नुहोस् शुभकामना !!!
महेन्द्र चापागाईं,माडी चितवन

प्रकाशित : बुधबार, मङि्सर १५, २०७३१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छिमेकीको धोती भिर्नेहरु