राजनैतिक दलहरूलाई सगरमाथाकी छोरीको खुल्ला पत्र

shabriti
सावित्री सुवेदी (सगरमाथाकी छोरी), बारा

अादरणीय नेतागण, देश अहिले अन्यौल, अकर्मण्यता र दिशाहिनताको परिस्थितिबाट गुजर्दै छ। हामी राजनैतिक अस्थिरतामा छौं जसको फाइदा हाम्रो छिमेकी राष्ट्र भारतले उठाईरहेको छ। हाम्रो राष्ट्रवाद इतिहासकै कमजोर रहेको कुरा विज्ञहरुले बताइसकेका छन्। दिनहुँ हाम्रो सीमामाथि अतिक्रमण भएको छ, सीमावासी नेपाली SBI ले ज्यादती गरिरहँदा हामी हेर्न बाहेक अरु केही गर्न सकेका छैनौं ।

अाफ्नै अामाको अाफ्नै अाखा अगाडि बलात्कार भइरहदा कसको मन नरसाउला, हो अाज हामी नेपालीहरुलाई त्यहीँ भएको छ। हामीले बाध्यात्मक अात्मसमर्पण गरिरहेका छौँ, यो खेल कहिलेसम्म? हाम्रो नेताहरुको दिमागमा नेपाल र नेपालीप्रति सच्चा माया कहिले जाग्छ,त्यो हेर्न मन लागिरहेको छ। सत्ता, शक्ति र पैसाका लागि कहिलेसम्म विदेशीको गुलामी गर्ने हो नेताज्यु? नेताज्युहरुले नैतिकता कतिसम्म बेच्नु भयो कि अाफ्नै अामालाई बेचेर त्यै खरानी सिरमा लगाएर साधु जस्तै बन्नु भो ।नेतागण यतिसम्म भारतको तलुवा चाटेर राजनीति गर्दा थोरै लाज,सरम र हिनताबोध हुन्छ कि हुदैन नि?

जसरी हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन राजनैतिक पार्टीहरु लागि परेका छन्, के त्यसले हाम्रो राष्ट्रियता बचाउला त? नेतागणहरु तपाईंको यो कदमले खुल्ला रुपमा भारतको पहुँच नेपाली राजनीतिमा स्थापित गराउन खोज्नु भएको भन्ने मेरो ठम्याइ हो।अंगिकृत नागरिकलाई देशको प्रमुख पदहरुमा बाहल गराउने षड्यन्त्रले नेपाललाई भारतमा बिलाउने गुरु योजना हामी सबै स्पष्ट बुझ्न सक्छौ । बाहिर राष्ट्रवाद र भित्र लम्पसारवाद कहिलेसम्म नेताज्यू? राष्ट्रवाद पेचिलो हुन्छ फ्रान्सका राजकुमार Archduke Francis Ferdinand र सोफी चोटेकलाई ग्याभरिलो प्रिन्सेपले बोसनियाको राजधानी सरजेबोमा त्यसै हत्या गरेका थिएनन् , जुन प्रथम विश्वयुद्धको कारण बन्यो ।

अाफ्नो देश सर्वियाको राष्ट्रियताको निम्ति ग्याभरिलो प्रिन्सेपले यो कदम लिए। जर्मनमा हिटलरको उदय, मुसोलिनिको इटलीमा उदय र जेनेरल फ्रान्सोको स्पेनमा उदय राष्ट्रवादकै कारण भएको हो। अमेरिकी साम्राज्यवादबाटै नै पालित पोषित सद्दाम हुसेन अन्ततः राष्ट्रवादकै कारण फाँसीमा झुण्डिन पर्यो। राष्ट्रवादीहरु समाप्त पार्न करोडौंको सम्झौता हुन्छ। नेपाल राष्ट्रको संरक्षण गर्न म मृत्युु पनि स्विकार्छु नेतागण। नदीनाला बेचेर पुगेन,फेरि अाज देशलाई भारतको उपनिवेश बनाउन खोज्दा राष्ट्रसेवी नेपालीले कसरी सहनु हो नेतागण?

देश नै नरहे कहाँ रहला हाम्रो पहिचान? कहाँ रहला हाम्रो राजनीति ? मान्य नेतागण कुर्सीका लागि देश बेच्न छोडौं, अन्यथा यो देशमा ग्याभरिलो प्रिन्सेपहरु जन्मिने छन्,जसलाई बन्दुकका नालले शासन गर्न जटिल अवस्था सिर्जना हुनेछ। नेपाली अामामाथिको राजनीति बन्द गरौं। राष्ट्र,राष्ट्रियता र स्वाभिमानका लागि नेपाली जनतालाई सचेत पार्दै सीमा अतिक्रमण, अंगिकृत नागरिकता र भारतीय दादागिरीको प्रतिवाद गरौं। नेतागणहरुको विवेक जागोस्, चिरनिन्द्राबाट उठेर नेपाल जोगाउन लाग्नुहोस् शुभकामना !

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७३०९:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रदेशी युवाले गरे हाम्रा नेताकाे मूल्याङ्कन : जनताको चेतना बढेपनि नेताको चेतना बढेन