प्रदेशी युवाले गरे हाम्रा नेताकाे मूल्याङ्कन : जनताको चेतना बढेपनि नेताको चेतना बढेन

Leader of nepal१७ बर्ष देखि बेलायतमा बस्दै आउनु भएका नेपाली युवा रघु दाहाललाई देश छोडेको भन्दा कटक्क मन खान्छ । नेपाल छोड्नु पर्ने बाध्यता के थियो भनेर कसैले सोध्यो भने उहाँले तत्काल खण्डन गर्दै भन्नुहुन्छ, “नेपाल छोडेको भन्न चाही मिल्दैन, त्यो शब्द मेरोलागि ठिक लाग्दै, तर लामो समय बसेको चाही पक्कै हो । सुरुमा शिक्षा र अवसरका लागि गईएको हो, बस्दा बस्दै यत्रो समय वितेछ, लामै बसिएछ जस्तो चाही अहिले लागेकोछ ।”

Viswabandu Bhandari
लेखक : बिश्बन्धु भण्डारी

“नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुसँग कुराकानी भईरहेको हुन्छ । म, मेरी श्रीमती र दुई छोराहरु मात्र हामी बेलायतमा छौं, त्यस वाहेक अरु सवै मेरो यही छ । यहाँको बारेमा सोचिरहेको हुन्छु, हामी त भौतीक रुपमा मात्रै बेलायतमा छौं, अन्य मनमस्तीष्कमा त नेपाल नै छ नी, त्यसैले नेपाल छोडेको भन्न मिल्दैन” उहाँले तर्क गर्नुभयो ।

नेपाल टेलिभिजनको एक चर्चित कार्यक्रममा पत्रकार मनोहरी थापासँगको कुराकानीका क्रममा दाहालले विदेशीएका नेपालीहरु विदेशमै रमाएजस्तो देखिएपनि उनीहरुको मन भने नेपालमै रहीरहने अनुभव सुनाउनु भयो । उनीको शरिर विदेशको भौतिक सुख सुविधामा रहेपनि मन भने त्यहा रमाउन नसक्ने उहाँको भनाई छ । “शारिरीक रुपमा हामी बेलायत भएपनि मनोबैज्ञानिक हिसावले अन्तरहृदयको हिसावले हरेक नेपाली नेपालमै हुन्छौ,” उहाँले भन्नुभयो । उहाँले अगाडी थप्नु भयो, “नेपालमा जस्तो माया, स्नेह, भावनात्मक संवन्ध, आत्मीयता र अपनत्व विदेशमा कसैले पाएकै हुदैन, पाईदै पाईदै ।”
जीवनमा आईपर्ने विभिन्न परिस्थीतिले गर्दा बसाई लम्वीने गरेको अनुभव उहाँले सुनाउनु भयो । “सुरुमा शिक्षा र अवसर खोज्दै गईयो, पहिला पढाई नै सक्याउन लागियो, त्यसपछि विहे भयो, तत्काल फर्किने अवस्था भएन, त्यसपछि छोराछोरी भए, उनीहरुलाई हुर्काउन तिरै लाग्नु पर्यो, अहिले उनीहरुको पढाईका कारणले बस्नु परेको छ । अव उनीहरुलाई कम्तीमा ग्राजुएसन सम्म गराएपछि नेपाल फर्किने योजना छ,” उहाँले आफ्नो योजना सुनाउनु भयो ।
चितवन पार्बतिपुरका राम्रै खानदानी परिबारमा जन्मीएका दाहाल विदेशमा केही सिकेर स्वदेश फर्कनै योजनाका साथ नै बेलायत पस्नु भएको थियो । उहाँ जस्तै अनेक सपना बोकेर विदेशीएका झण्डै तीन लाख नेपाली अहिले बेलायतमा बस्दै आएका छन् ।
आफु बेलायत जानु भन्दा अगाडी भन्दा अहिले आम नागरिकको राजनीतिक चेतानास्तरमा धेरै विकास भएको दाहाललाई लागेको छ । “जनताले कुनै विषयमा अन्याय, अत्याचार सहेर नवस्ने, आवाज उठाई हाल्ने प्रबृत्ति बढेको रहेछ, यो निकै राम्रो हो,” उहाँले थप्नु भयो, “तर नेताको चेतनास्तरमा भने विकास भएको पाईएन, पंचायत, प्रजातन्त्र भएका बेला नेताहरुको प्रबृत्ति जस्तो थियो, अहिले पनि उस्तै छ । ” नेताहरुले आफुले जिम्मेबारी र अवसर पाएका बेला देश र जनताका लागि केही न केही योगदान गरेर संझनलायक बन्छु भन्ने अठोट लिन नेपाली नेतालाई उहाँको सुझाव छ ।
आफैपनि मुलुकको एक प्रभावशाली नेताको पारिवारिक सदस्य रहनु भएका दाहालले मुलुकका लागि केही गर्छु भन्नेलाई जनता र अन्य निकायहरुले साथ दिन आवश्यक रहेको बताउनु भयो ।
बेलायतमा उहाँलाई सवै भन्दा राम्रो लागेको चाही “सवै काम समान” भन्ने मान्यता नै हो । “बेलायतमा कुनै काम सानो कुनै काम ठुलो भन्ने नै हुदैन, कामको बर्गिकरण त्यहा छैन । यसैकारणले बेलायतीको प्रगती भएको हो ।” नेपालको विकास गर्ने हो भने यहाँ पनि कामलाई ठुलो सानो नमान्ने भावनाको विकास हुनु अत्यावश्यक रहेको दाहालको सुझाव छ । यदी बिदेशिएका सक्षम युवा जमात नेपाल फर्काउने नेपाल सरकारको चाहना छ भने राजनीतिक स्तरबाट नीति नियम बनाएर आव्हान गर्न पर्दछ। जुन कुरा कोरियाबाट सिकोस्

प्रकाशित : आइतबार, मङि्सर १२, २०७३१०:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरेक साँझ पुननिर्माण र प्रेमको वाचा गर्दै निदाउँछन् मूर्दा धरहरा