डलरबादीहरुलाई महिला अधिकारकर्मी सावित्री सुवेदीको खुल्ला पत्र

sabitri-subedi
सावित्री सुवेदी (सगरमाथाकी छोरी)

म आँफै नारी र महिला अधिकारकर्मी भएको हुँदा कन्चन शर्मा रेग्मीको अन्तर्वाता सुमन सँग भन्ने कान्तिपुर टेलिभिजनमा हेरिरहे । ति बुढी आमाको कुरा सुन्दा आँखा बाट आसुँ झरिरह्यो । आखिर म पनि महिला नै त हुँ , आज उनको पालो आयो भोली हामी जस्तै अरुको पनि यो हाल हुँदैन भन्नेमा सङ्का लगिरह्यो । यो समाजमा धेरै मान्छे पती बाट पीडित छन , कानुन दूरदराज सम्म पुग्न नसकेको परिस्थिती छ । मलाई यो अन्तर्वाताले धेरै सोच्ने बनायो , सत्य के हो ? असत्य के हो ? मैले छुट्टाउनै सकिन तर मलाई एकिन थियो यहाँ केही गड बडी छ ।

सडक बालबालिकका नाममा संस्था खोलेर कमाउ धन्दामा लाग्नेहरु पनि यही छन , महिला स्याहार केन्द्र खोलेर बेश्याब्रितीमा लगाउने संस्था पनी यही छन । यो दुनियाँमा नभएको कुरा हाम्रै समाजमा छन । राज्य एती निकम्मा छ कि चाहेर पनि डलरबादीहरु लाई नियन्तरण गर्न सक्दैन । कतै यो पुरै प्रपन्च डलरबादी कै साठ गाठमा भएको त होइन ? कान्तिपुर जस्तो प्रतिष्ठित मिडिया र बरीसठ पत्रकार झुक्किने कुरा त सम्भाबना नै छैन । हो , पुरुष प्रधान देशमा महिला माथि चरम शोषण छ ।

अन्याय , अत्याचार र दमन पनि बिकराल छ । महिला मुक्तीका निम्ती आवाज बुलन्द गर्नु पर्छ तर त्यही महिलालाई लिएर डलरबादी राजनीति गर्नु यो मानबता बिरोधी र नेपाली समाजलाई सिथिल बनाउने प्रपन्च मात्र हो । हिजो तिनै कन्चन सात बर्ष सडक मै भौतारिदा कहाँ थिए समाजसेवीहरु ? सडकबाट संस्थामा लग्ने बित्तिकै यो प्रचारमा संस्था लाग्यो कि लागेन ? के त्यो संस्थाको लोकप्रियतबादी मन्चन यो हो कि होइन ? मक्कियका घरहरुलाई स्यहार सम्भार गर्दै अगाडि बढने हो कि घरहरु भात्काउदै हिंड्ने हो , प्रश्न समाजसेवीलाई ?

जुन गलत प्रचार गरेर त्यो परिवारलाई समाज मै बसन गाह्रो हुने स्थिती र मानशिक पिडा दिइएको छ , एसको जिम्मा कान्तिपुर टेलिभिजन र सम्बन्धित संस्थाले लिने कि नलिने ? सत्य तथ्य नबुझी जे मन लाग्यो त्यो गर्न पाईन्छ ? यदी यो छुट तिमीहरुलाई छ भने आम नेपाली हामीलाई पनि भ्रामक प्रचार गर्ने छुट छ । कानुन सबैका लागी समान हुनुपर्छ । चर्चामा आउन एती सम्मको तुच्छ व्यबहार गर्नेलाई कारबाही हुन्छ कि हुँदैन ? सरकार लाई मेरो प्रश्न छ । बिधीको शासन र कानुनको राज छ कि छैन ?

मिडियाले सम्बन्धित परिवारको चरित्र हत्या गर्‍यो कि गरेन । एक पक्षीय रुपमा कुनै कुराको प्रचार गर्नु ,के यो संचार जगतको इमान्दारितामा पर्छ पत्रकार ज्यु ? मलाई तपाईं माथि पनि सन्का छ , आम नेपाली जनताको भाईचाराको सम्बन्धलाई खल्बलाउन तपाईं पनि कतै बाट परिचालित हुनु भो कि ? नेपाली जनतालाई तपाईंले जवाफ दिनै पर्छ । यदि गलत सुचना प्रभा गर्ने छुट तपाईंलाई हुन्छ भने , करोडौ नेपालीले पनि प्रश्न गर्न पाउने र गाली गर्ने छुट छ ।

सानालाई कानुन ठुलाले के मानुन भन्ने हो भने यो अराजक परिस्थितीको जिम्मा तपाईंले लिनै पर्छ । समाजमा महिला पीडित पुरुषहरु पनि छन भन्ने प्रमाण हो यो । मलाई हजुर सँग अरु कुरामा दुखेसो होइन तर तपाईंले संचार जगतको दुरुपयोग गरी गलत समाचार सम्प्रेशण गर्दा मानबियता र परिवारवादमा गम्भिर असर पुगेको छ । नेपाली परिवारबादी सम्रचना माथि प्रहार गरिरहदा तपाईंको नैतीकता र इमादारिता माथि हामीले प्रश्न गर्न पाउने कि नपाउने ? जुन गजल कन्चनले सुनाउनु भो त्यो अरुले नै लेखेको भनेर बाहिर आउँदा कतै हाम्रो संचार जगत अध्यारोमा नै त छैन ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७३१०:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक समृद्ध राष्ट्रकाे परिकल्पना : धनी हुने कि सुबिधा लिने ?