डिपिएस सेक्युरिटीको लागी दुबईको इतिसलात कम्पनी गएका २० नेपाली अलपत्र

मङ्सिर ७, काठमाडौँ , वैदेशिक रोजगारीको लागी युएई स्थित दुबईमा डिपिएस ( डिपार्टमेन्ट प्रोटेक्टिभ सिस्टम )  सेकुरिटीमा आएका २० जना नेपाली बिगत छ महिना देखि अलपत्र परेका छन् ।  युएईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएका उनीहरुलाई आजसम्म डिपिएस लाईसन्स भएर केही परिक्षामा फेल भएर बसेका नेपाली कामदारलाई कुनै एडभान्स पैसा , सेव सुविधा , तलब नदिई बेबारिसे हिसाबले दुबईको सोनापुर क्याम्पबाट अलेनमा लगेर राखिएको छ । नेपाल काठमाडौं स्थित पुरानो बानेश्वरमा रहेको डेस्टिनी म्यानेजमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म तिरेर आएका उनीहरु नत काम नै पाए नत कुनै तलब , खान बस्न नै ! यसरी अलपत्र हुनेमा चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी, भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर , उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिक र कालिका–६ बर्दियाका प्रदिप शर्मा ढकाल रहेका छन् ।

महिनौ देखि अलपत्र २० जना मध्ये ६ जनालाई अर्को काम लगाउने भन्दै स्थानीय एजेन्ट कम्पनी चाईना दास मार्फत शुक्रबार सारजाहको सज्जामा लगिएको छ । तर उनीहरुले त्यहाँ गएर पनि काम पाएका छैनन् । त्यसरी सार्जा इमिरेट्स स्थित सज्जामा रहेको लेबर क्याम्पमा अमृत वाक्दच, बदु पण्डित, लेखत राना, रोशन मगर, मधु चन्द र राजकुमार तामाङ रहेका छन् ।
उनीहरुले महिनामा चार दिन बिदा सहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ दिराम तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ६ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको अलपत्र परेकाले बताएका छन् । अलपत्र परेका नेपालीले आफूहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीलाई करार पत्रमा भने अनुसार काम युएई आएर नपाएको भन्दै पटक पटक जानकारी गराउँदा समेत वास्ता नगरेको बताएका छन् ।

उनीहरुलाई नेपालबाट युएई ल्याएर सुरुमा दुबईको सोनापुर लेबर क्याम्पमा राखियो । महिनौ काम नपाएको गुनासो सुरुगरेका उनीहरुलाई कम्पनीले अहिले अलेनको बवादिमल नजिकै सारिकातमा रहेको लेबर क्याम्प क्षेत्रमा बेबारिसे स्थितिमा उनीहरुलाई राखिएको छन  । उनीहरुसँग सुत्न बिच्छाउने बाहेक ओड्ने कपडा समेत छैन । खाना पकाउने भाडा जेनतेन मागेर जुटाए पनि पकाउनका लागि खाना समेत छैन । सुरुको केहि समय इदको समयमा मस्जिदमा गएर दान गरिएको खानेकुरा मागेर खाएर पनि गुजारा गरेको उनीहरुको दयनीय पिडा छ । कमाउन भनेर छ्प्के व्याजदरमा लाखौं ऋण काढेर आएका उनीहरुले नत काम नै पाए नत कुनै सेवा सुविधा नै । उल्टै भोकभोकै मर्नुपर्ने स्थित साथै नेपाल फर्काउने धम्की आयो ।

अलपत्र परेका ३ जनालाई कम्पनीले जबरजस्ती चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारुलाई सोमबार नेपाल फर्किने टिकट काटेको कम्पनीले बताएको छ । उनीहरुले आइतबार नै दूतावास गएर आफूहरु समस्यामा परेको र कम्पनीले नेपाल पठाउन लागेको जानकारी गराएका छन् । दूतावासले नेपाल पत्र लेखेर सम्बन्धित म्यानपावरलाई कारबाहीका लागि अनुरोध गरेको छ । कम्पनी शीत कामदारको बारेमा बुझ्दा कामदार कोहि ३ पटक डिपिएस फेल भएको , कोहि डिपिएस पास गरेर पनि लोकेसनमा कमप्लेन परेर कामबाट निकालिएको बताएका छ । सो कम्पनीमा पहिले पनि भारतीय ७ सय जना क्लिनर सम्झौता अनुसारको सेवा सुविधा नपाएको भनेर स्वदेश फर्किएका थिए ।  पाकिस्तानी कयौं लाई घर पठाउन लागिएको पनि उल्लेख छ ।

इतिसलात सरकारी कम्पनी भनेर नेपालमा अन्तर्वार्ता लिई नेपाल सरकारसित फ्री भिसा र टिकट भनी राम्रो प्रभोलन देखाएर हाल २ लाख ५० हजार देखि २ लाख ८० हजार तिरेर आएका कामदार काम गरिरहेका पुरानो नेपाली कामदारको पनि राम्रो सेवा सुविधा रहेको छैन । कम्पनीले डिपिएस लाईसेस पास गरे पछी १७८२ र २४० भत्ता दिने सम्झौता कराररपत्रमा भए पनि कहिले १७८२ कहिले १६१५ दिराम दिने गरेको छ । कम्पनीले अहिलेसम्म कुनै तलबको स्लिप मिल्दैन साथै किन , केको लागि तलब काटेको कति काट्ने कुनै उल्लेख छैन । कम्पनीले पठाएको तलब युएई एक्स्जेन्जमा गएर बुझ्दा मात्रै तलब कति आयो भनेर थाहा हुन्छ र तलब लिएको सिल्प मिल्नेगरेछ । साथै कामदार बिमारी हुँदा हेल्थ इन्स्योरेन्सको पनि राम्रो व्यवस्था छैन स्वदेश फिरेर उपचार गर्नुको विकल्प छैन । सेकुरिटी दुबई पुलिसको सबडिभिजनको रूपमा कार्यरत भए पनि लेबर क्याम्पमा राखिएका छन । नेपालबाट दुबई आए पछि डिपिएस लाईसेन्स दुबई पुलिस एकेडेमीबाट लिनुपर्ने हुन्छ अन्य कम्पनीले लाईसेन्सको तयारीको लागी महत्त्वपूर्ण नोटबुक , किताबहरु प्रदान गरेर दक्ष भए पछी मात्रै एकेडेमीमा भर्ना र पास गर्ने उल्लेख संख्या भए पनि इतिसलात कम्पनीमा त्यो केहि सुविधा छैन । कम्पनीको अर्को दयनीय अवस्था २६ दिन भनेर २८ दिन देखि ३० दिन काम गर्नुपर्ने हुन्छ तर तलब बराबर आउछ कुनै प्रतिक्रिया कम्पनीको अधिकारीलाई माग्दा सिधै घर पठाउने धम्की दिने गरेको छ ।

त्यस्तै दूतावासले सम्बन्धित कम्पनीले आगामी दिनमा ल्याउने मागपत्रलाई स्वीकृत नगर्ने र कामदारबाट लिएको रकम फिर्ता गराउन सम्बन्धित निकायमा खबर गरेको जनाएको छ । म्यानपावर सञ्चालक सुजन श्रेष्ठले आफू दुई तीन दिन भित्रमा युएई आउने र काममा लगाउने भन्दै महिनौ कुराएको पीडितको भनाई छ । समस्या लिएर केही पिडितहरू आज दुताबास आबुधावी गएका र दुताबासले निकै चासो देखाएको पिडित होम प्रसाद दुनुवारले जनाएका छन । उनले दुताबासले डेस्टेनी प्लेसमेन्ट सर्भिस बानेश्वर काठमाडौका प्रमुख सुमन श्रेष्ठलार्इ फोन गरि भोली सम्म उक्त समस्या सल्टाउन अल्टिमेटम दिएको बँताए ।

दुबर्इमा रहेको नेपाली दलाल (एजेन्ट) सुक बहादुर बिक र डेस्टेनी प्लेसमेन्ट सर्भिस बानेश्वर काठमाडौका प्रमुख सुमन श्रेष्ठ साथै शाखा कार्यालय चितवनका प्रमुख राजु बिक साथै एजेन्ट राजु तिमल्सिना र शोभा थापामगरले प्रति ब्याक्ति दुर्इ लाख पचास हजार देखि तीन लाख सम्म लिएका उनीहरुले गत जेष्ठ २५ गते उनीहरूलार्इ युएर्इ पठाएका थिए । केही समय पहिले खानको लागी पसलबाट उदारो ल्याएको र बारम्बार फोन गरेर पैशा तिर्न भने पछी झनै पिडा माथी पिडा थपिएको छ । हाल उनीहरूलार्इ चितवन समाज युएर्इको आर्थिक सहयोग र केही साथीहरू सँग सर सापटी गरेर खाने गरेको र चिसो बढ्दै गएकोले बस्नको लागी समस्या परेको बँताए ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७३०९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्र र जनताको हितमा काम गर्नु, दबाबमा नपर्नु : महानिरीक्षक अर्याल