राष्ट्र र जनताको हितमा काम गर्नु, दबाबमा नपर्नु : महानिरीक्षक अर्याल

सिन्धुली, ७ मङ्सिर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सङ्गठनमा आबद्ध जवान तथा अधिकृतले आफ्नो हितभन्दा राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर काम गर्न प्रहरी जवान तथा अधिकृतलाई निर्देशन दिनुभएको छ ।

मध्यमाञ्चल प्रहरी तालिम केन्द्र, सिन्धुलीको दुधौलीमा सोमबार पहिलो दीक्षान्त समारोहमा सम्बोधन गर्दै अर्यालले प्रहरी सङ्गठनमा आबद्ध नवजवान तथा अधिकृतलाई यस्तो निर्देशन दिनुभएको हो ।

नेपाल प्रहरी नेपाली जनताको सुरक्षार्थ निर्माण भएकाले प्रहरीले नेपाली जनताको सुरक्षामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । सिन्धुलीमा मध्यमाञ्चल प्रहरी तालिम केन्द्र दुधौलीमा पहिलो ब्याच पासआउट भएको उपलक्ष्यमा आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आफ्नो कार्यकालभरि कुनै पनि प्रहरीले आस्था र व्यक्तिगत स्वार्थको लागि कसैमाथि अन्याय गरेको थाहा पाए त्यसलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा आउनुभएका अर्यालले तालिम केन्द्रभित्र रहेको ज्ञान स्तम्भको समेत अनावरण गर्नुभएको छ । दुधौली तालिम केन्द्रबाट प्रहरी जवान आधारभूत तालिममा १३९ जना प्रहरी जवानले तालिम लिएका छन् ।

सिन्धुली जिल्लामा तालिम केन्द्र स्थापना भएपछि यो पहिलो दीक्षान्त समारोह हो भने नेपालभरिबाट भने यो १९६ औँ दीक्षान्त समारोह रहेको नेपाल प्रहरीले जनाएको छ । रासस

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७३०९:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा