परेलीमा आँसु रोक्ने, बार लाउन पाए

Close up of woman crying

परेलीमा आँसु रोक्ने, बार लाउन पाएClose up of woman crying
चालिएका कदमको, सार लाउन पाए

भुमरीमा फसेको छ, बगिजाने खोला अल्झाउने समस्यालाई, पार लाउन पाए

बगिजान्छन् हर्ष उल्लास, वर्षे भेल सरि
मौरीले झैँ मह राख्ने, घार लाउन पाए

जता पाउ चालेपनि, सधै अल्झिएका
अवरोधका फेदीमा नै, धार लाउन पाए

सफलताको शिखर चुमी, गर्व गरेर नै
पित्तलकै भए पनि हार लाउन पाए

गजलकार –अबिरल यात्री, पाेखरा, हाल दुबै 

प्रकाशित : शनिबार, कार्तिक २७, २०७३०४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलेसिया पुगेका पूर्व जनमुक्ति सेनाले प्रधानमन्त्रीलाई लेखे खुल्लापत्र