अहिले लाई पढ् भनेर न भन्
फ्री मा नि भो म पढिन्….
तेरो फ्रण्ट पेज मा जुन दिन
बन्दुक भिरेको बन्दुके होईन
चोक मा औंला ठाडो पारेर भाषण गरि रहेको भाषणे होईन
सुकिला लुगा मा चुकिला कुरा गरि रहेको कुरौटे होईन
आफ्नैको डडुलो निलेर अरू संग घाँटी जोडेको भडुवा-भरौटे होईन,
देश को एउटा बिकट कुना काप्चामा
अबिरल पसिना बगाई रहेका हली दाईको जीवन आरोह-अवरोह बारे
पसिने अक्षर ले लेखिएको आर्टिकल मा
फिस्स हासेको माटे मुस्कान सहित को फोटो छापिएर आउँने छ…,
उसै दिन
हो अखबार,उसै दिन,
पैसै खर्चेर तलाई पढुला,मेरो वचन भयो…!!
कथाकार – सुरेश प्रसाद ‘अर्याल कान्छो’