यसरी आफ्नै घरमा बनाउनुहोस् मुखै रसाउने पानीपुरी ?

pani-puriकाठमाडौं, २१ कात्तिक – पानीपुरी, बिसेष त महिलाहरुको साबि भन्दा मन पर्ने खाने कुरा, तर आजभोलि यसप्रति पुरुष पनि मोह अत्यधिक नै रहेको पाईन्छ।अब पानीपुरी भनेपछि कुनै ब्याख्या वा बयान गर्ने नपर्ला सायद । नेपाली सडकमा खुब बेचिने खाद्य पदार्थ हो – पानीपुरी । धेरैलाई स्वादीलो पनि लाग्छ । तर सडकमा बनानेको पानीपुरी साह्रै फोहोर हुन्छ ।

बेच्नेहरूले हात समेत राम्ररी धोएका हुँदैनन् । धुलो धुवाँ खानेकुरामा परिरहेको हुन्छ । त्यसबाट बँच्नको लागि के गर्ने ? सजिलो उपाय त घरमै पानी पुरी बनाउने हो । विभिन्न सामग्रीहरू अध्ययन गरेर तयार पारिएको पानी पुरी बनाउने सजिलो तरिका यस्तो रहेको छ । पानी पुरी बनाउने तरिका पानीपुरी बनाउको लागि सुरुमा त पानी पुरीको डल्ला बनाउनुप–यो । त्यसको लागि एकदमै सजिलो उपाय छ । दुइसय ग्राम मैदामा दुई सय ग्रामनै सुजि राख्नुहोस । त्यसमा हल्का नुन राख्नुहोस । नुनकै हाराहारीमा बेसन पाउडर राख्नुहोस । भाँडोमा तयार भएको मैदा, सुजि, बेसन पाउडर र नुनलाई राम्रोसँग घोल्नुहोस । अनि विस्तारै थोरै–थोरै गरेर पानी राख्दै मुछ्दै जानुहोस । दुइतीन मिनेट मुछेपछि त्यो तयार हुन्छ । पिठो सुख्खा रोटी बनाउने पिठो जत्तिकै साह्रो बनाउनुहोस ।

उक्त मुछिएको पीठोलाई आधा घण्टाको लागि भाँडोमा ढकनीले छोपेर राख्नुहोस । आधा घण्टा पछि एउटा भाँडोमा थोरै तेल तताउनुहोस । तेल तात्ने बेला सम्म पीठो बेल्न सुरु गर्नुहोस । भाँडोमा भएको पीठोलाई सके सम्म पातलो हुने गरि बेल्नुहोस । सजिलोको लागि दुई सय ग्राम मैदा र दुई सय ग्राम सुजिको पीठोलाई तीन भाग बनाएर बेल्दा सजिलो होला । बेल्दाखेरि बुक्का पीठो र तेल चाहिँ नहाल्नुहोला । बेलेर तयार पारिएको पीठोबाट सानो सानो गोलो रोटी काट्न सुरु गर्नुहोस । यसका लागि सबैभन्दा सजिलो गिलासको प्रयोग हुन सक्छ । गिलास चाहिँ एकदमै सानो प्रयोग गर्नुहोस है, नत्र पानी पुरीको पुरिया ठूलो बन्छ । गीलासमा काटेपछि छेउँको नचाहिने पीठोलाई निकाल्नुहोस ।

अब तपाइले पीठो बेलेकै ठाउँमा गोला–गोला साना रोटी तयार भए होलान । अब तीनहरूलाई तेलमा फुराउन सुरु गर्नुहोस । ती रोटीलाई ठकने रोटी जस्तै गरेर फुराउनुहोस । ती रोटी फुरेर सानो सानो गोलो आकारमा तयार हुने छन् । सबै पुरीलाई एकै पटक फुराउँदा हुन्छ । पुरी चाडो पाक्ने भएकोले समयमै फर्काएर हल्का रातो रातो भएपनि निकाल्नुपर्छ । अब बाँकी रह्यो पुरिको डल्लो भीत्र राख्ने फिलिङ र पानी कसरी बनाउने भन्ने तरिका । सुरुमा पुरियामा राख्ने पानी बनाउन सिकौं । त्यसका लागि सुरुमा पानी चाहिन्छ । पानी, पुदिना, धनिया, अमिलोको लागि इम्ली, भुटेर पिसेको जिरा, धनियाको गेडाको पाउडर, विरे नुनको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, कागतीको रस र हरियो खुर्सानी पनि आफ्नो स्वाद अनुसार तयार पार्नुहोस । यो मध्ये कुनै चिज नभएपनि पानी पुरीको पानी चाहिँ बन्छ है । स्वाद केही फरक पर्ला ।

अब सुरुमा धनियाको पात, पुदिना र खुर्सानीलाई मिक्चरमा राख्नुहोस त्यसमा अलिकती पानी पनि राख्नुहोस । धनियार पुदिनाले पानीको स्वाद मिठो बनाउँछ । अब तयार भएको झोललाई बाँटा माथी छान्ने राखेर छान्नुहोस । चम्चाको सहायताले त्यसलाई राम्री छान्नुहोस । पानी भाँडोमा जम्मा हुन्छ, छोक्रा चाहिँ नफाल्नुहोला है । पछि चाहिन्छ । उक्त पानीमा एक लिटर जति पानी मिसाउनुहोस । किनकी पानीपुरीको पानी त बाक्लो त हुँदैन नि है । उक्त पानीमा इम्लीको लेदो, भुटेर पिसेको जिरा, धनियाको गेडाको पाउडर, विरे नुनको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, कागतीको रस सबै मिसाउनुहोस । अनि चम्चाले राम्रोसँग हल्लाउनुहोस । पानी पुरीको पानी चाहिँ यसरी तयार हुन्छ है । अब चाहिँ पुरिया भित्र राख्ने अचार चाहियो है । पुरियामा औंलाले सानो प्वाल पारेर अचार राख्न सकिने कुरा त तपाइलाई थाहै छ ।

तर त्यो भन्दा पहिला अचार बनाउन सिकौं । यसको लागि चारवटा उसिनेर खोल्साएको आलु, उमालेको चना, प्याज, नुन, खुर्सानीको धुलो, हरियो खुर्सानी, पिसेर राखेको जिराको धुलो र धनिया पाउडर । अब एउटा सानो भाँडोमा आलुलाई मिच्ने, त्यसमा प्याज, जिरेनुन, रातो खुर्सानी, हरियो खुर्सानी, धनिया पाउडर, अघि छानेर राखेको हरियो छोक्रा पनि त्यसैमा राखेर मज्जाले चलाउने । अब अचयार पनि तयार भयो है । अब पुरियामा अचार राख्ने, अरु अमिलो पिरो केही थप्न मन लागेको भए त्यसमैमा थोरै थप्ने । दही खान मन लाग्छ भने दही पनि थप्ने । अनि त्यो परियामा दुई चम्चा पानी पुरीको पानी राख्ने र क्वाप्प खाने । कस्तो गज्जब है ! स्वादीष्ट पानी पुरि बनाएर खानुहोस् । हामीले दिएको बिधी कस्तो लाग्यो ?  गज्जब छैन त ?

प्रकाशित : आइतबार, कार्तिक २१, २०७३०६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उहाँ महिनावारीका बेला झन् रमाइलो हुन्छ भन्दै सेक्स गर्नुहुन्छ ! महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ?