देख्दिन म सपना, दरबारको अब ……

देख्दिन म सपना, दरबारको अब
केबल खांचो एक, घरबारको अब!

छिमेक असती गिद्धे नजर उस्को
लाग्दैन डर साथी, तरबारको अब !

राजधानिमै हरायो गाउँबस्ती पुग्दैन
छैन केही भरोषा, सरकारको अब !

निडर छन् ‘कल्पना’ देख्छु सपना
विश्वाश छ केबल, गजबारको अब!

भेट्नेछु नाउ भेट्नेछु ती सँगी सारा
पुग्नेछु छाल सँगै, मझधारमा अब

बहरमा छैनन, रदिफ काफिया खै ??
भएन खै गजल, दमदारको अब !!!

राजन प्रभात
मध्यपश्चिम सुर्खेत
हाल मलेसिया

प्रकाशित : शनिबार, कार्तिक २०, २०७३०३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पत्रकार तथा लेखेक [कुसुम] को मन छुने पत्र ‘तरकारीवाली’ कुसुमलाई