हाम्री प्यारी चेली कुसुम श्रेष्ठ (तरकारीवाली),
तिम्रो नाम पनि कुसुम नै रहेछ । मेरो नाम पनि कुसुम । कुसुमको अर्थ फूल हो । तिमी फूल्यौ कतै, म फूलें कतै । जहाँ फुले पनि हामी नेपाली हौं, यसमा गर्व गरौं ।
मिडियामा तिमी छाएकी छयौ । कस्तो सँयोग, तिमी तरकारी बेच्न भनी झोलुँगे पुल तरेर कतै जाँदै गर्दा कसैले तिम्रो फोटो खिचिदिएछ । त्यो फोटो फेसबुकमार्फत सँसारभर ‘भाइरल’ भएछ । अनि तिमी त रातारात हिट पो भइछौ ।
बधाई छ है ।
खै, २८ वर्ष राजधानीमा रहेर पत्रकारिता गरिसक्दा पनि यो कुसुम चाँही तिमीजत्ति हिट हुन सकेन । हुन त फोटो पत्रकार चन्द्रशेखर कार्कीदेखि विकास रौनीयारसम्म, विकास कार्कीदेखि निश्चल चापागाईसम्मले मेरा कैयौं फोटा खिचेकै हुन् । तर ति कुनै फोटा हिट हुन सकेनन् । जे होस् ‘
‘दिलमा राखे दिलमै फिट
तिम्रो तस्वीर हिट ।’
यो कुसुम दाजुको सल्लाह मान्ने हो भने तिमीले पहिला मोडल बन्ने, फिल्म खेल्ने आदि आवेगात्मक निर्णय गर्नुको साटो पढाईमै ध्यान देउ । पढाई कम्तीमा डिग्रीसम्म पढ । सक्छौ भने ‘विशादीरहित तरकारी उत्पादन’का विषयमा बिद्याबारीधि गर । अनि यो देशलाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने अभियान थाल । आर्थिक समृद्धिमा योगदान देउ ।
तिमी हिट भएको कि तिम्रो पिक्चर रु त्यसमा हामी ‘क्लीयर’ हुनुपर्छ कुसुम । किनकी, तिमी आफैले आफु हिट हुने विशेष ‘आउटस्टाण्डीङ’ काम त केही गरेकी थिइनौ । तरकारी बेच्नुलाई नै यो समाजमा कुनै विशिष्ट काम त मानिदैन, व्यापक चर्चाका लागि । यो समाजले तकारी बेच्नेलाई बरु उल्टै हेयको दृष्टिले हेर्छ, गरीब भनी हेला गर्छ ।
म चाँही मान्छु, तरकारी बेच्नु विशिष्ट काम हो । श्रमजीवी किसान यो धरतीका महान मानिस हुन् । किसानको श्रम, शीप, जाँगर र मेहनतकै फलस्वरुप हामी शहरीयाको भान्सासम्म तरकारी र अन्न आइपुग्छ । म सलाम गर्छु तिमीलाई र तिम्रो तरकारी बेच्ने पेशालार्इृ ।
तर, के जुन मिडियाले तिमीलाई रातारात ‘सेलीब्रेटी’ बनाइदियो, त्यो मिडियाले किसानको सम्मान गर्दै आएको छ त रु के त्यो मिडियाले तिमी एउटी ‘तरकारीवाली’ भएकै कारण तिम्रो चर्चा छेडेको हो त रु के त्यो मिडियाले तिम्रो र तिम्रो परिवारको श्रम र शीपको कदर गरेको हो रु पक्कै हैन । हुन्थ्यो भने यो देशमा तिमीभन्दा धेरै वर्षपहिले नै ‘तरकारीवाली’को अवतार भइसक्नेथियो ।
यहाँका मिडियाले आजसम्म तिमीजस्ती ‘तरकारीवाली’को हैन, बरु ‘दरबारवाली’, ‘मन्त्रीवाली’, ‘बुढानिलकण्ठवाली’, ‘मण्डिखाटारवाली’, ‘कोटेश्वरवाली’, ‘नागार्जुनवाली’, ‘बालकोटवाली’ देखी ‘लैनचौरवाली’ र ‘लाजीम्पाटवाली’सम्मको फोटो छाप्दै आएका थिए । यो देशका कविहरुले ‘क्लीन्टनवाली’को स्तुतीमा कविता सँग्रह नै निकालेका थिए । आज एकाएक यी मिडिया तिमीजस्ती ‘तरकारीवाली’को पछि लाग्नुको अर्थपूर्ण तुक म चाँही देखीरहेको छैन ।
भ्रममा नपर कुसुम, आजको मिडिया सिण्डीकेट फगत हल्लाको पछि दगुरेको हो । किनकी ‘यो हल्लै हल्लाको देश हो’ भनेर कवी भूपी शेरचनले लेखेको कविताका बारेमा तिमी ‘प्लसटु’ पढने चेलीलाई पक्कै थाहा होला । न त मिडियाले तिम्रो श्रमको सम्मान गरेको हो, न त श्रमजीवीको सम्मान गरेको हो । कर्पोरेट उद्योगी हाउसहरुको विज्ञापनको पछि दगुर्ने अनि अनेक शक्ति केन्द्रहरुले थोपरेका एजेण्डा सेटीङमा लाग्ने आजको हाम्रो मिडियाले कहिल्यै तिम्रो बर्ग, श्रम र शीपको कदर गरेको छैन र गर्दैन बैनी ।
सामाजिक सञ्जालको कुरा अली बेग्लै छ । सामाजिक सञ्जाल व्यक्ति व्यक्ति र सानो–सानो समूहको पहिचानले भरीएको बृहत मिडिया हो । पक्कै पनि सामाजिक सञ्जालले तिमीप्रति सकारात्मक सोच राखेरै चर्चा छेडेको हो । मिश्रीत छ त्यो पनि । हल्लाको जन्ती सुरु भएपछि त्यसकै पछि लर्को लागेर हिँडने सामाजिक सञ्जालमा पनि तिम्रो रुप शौन्दर्यले भरीएको पिक्चर नै हिट भएको हो । त्यसमा पनि तिम्रो श्रम र शीप हिट भएको हैन ।
यदि हुन्थ्यो भने सामाजिक सञ्जालमा ज्योती मगर र अर्चना पनेरुहरुको पिक्चर हिट हुने थिएन नी । अतः सामाजिक सञ्जालको भ्रममा पनि नपर । यो पनि एउटा पानीको फोका हो । आज तिम्रो चर्चा भइरहेको छ, भोली अर्को मानिसको चर्चा हुन्छ । यहाँ चर्चाको आयु बडा छोटो छ कुसुम । अस्तीसम्म लोकमान चर्चामा थिए, हिजो अर्कै कोही चर्चामा आयो, भोली अर्को विषय र प्रसँगको चर्चाको पछि नेपाली समाज दौडिहाल्छ ।
अतः चर्चा पनि यो सँसार झै क्षणभँगुर आवेग मात्र हो बैनी ।
कुनै सँस्था बनाउ, नाम ‘तरकारीवाली’ राख्दा पनि हुन्छ, त्यो सँस्थामार्फत अग्र्यानीक, शुद्ध, विशादीरहीत र अनेक इन्जेक्सन नलगाइएका तरकारीको उत्पादनको अभियान थाल । त्यसका लागि सरकार र अन्य निजी लगानीकर्तालाई लगानीका लागि प्रेरित गर, बरु त्यसका लागि मिडियाको सहयोग लेउ । कम्तीमा नेपाल तरकारीमा आत्मनिर्भर बनाउने अभियान थाल्यौ भने तिम्रो नाम ‘तरकारीवाली’को रुपमा इतिहासमै अमर हुनेछ ।
हेक्का राख, तिमी सुन्दर हुनु पनि तिमी आफैको देन चाँही हैन, त्यो प्रकृतिको नैसर्गिक सँयोग मात्र हो । कसैले चाहेर सुन्दर जन्मीने पनि हैन, अनि कसैले चाहेर कुरुप हुने पनि हैन । म अली होंचो छु, तर त्यो मैले चाहेर भएको हैन । तिमीभन्दा राम्री तरकारीवालीहरु मैले कालीमाटी तरकारी बजार र राजधानीमा फुटपाथहरुमा धेरै देखेको छु । अतः रुप शौन्दय मात्रै व्यक्तित्वको, अहिलेको चर्चा र ख्यातीको आधार हुन सक्दैन र तिमीले त्यो भ्रममा बाँच्नु पनि हुँदैन ।
त्यसमाथि सामाजिक सञ्जालका हजारौं पुरुष आँखाहरुले तिमीलाई रुपवती देख्नुमा तिम्रो रुपको कदर अलीकती, वासनाको भाव अलीकती, ‘अहा तरकारी बेच्ने पनि कति राम्री’ भन्ने आश्चर्य अलीकती अनि यो साइबर सँसारमा हल्लाका पछि दौडने मानिसहरुको निरर्थक चर्चा अलीकतीले पनि त काम गरेको हुनसक्छ ।
जे भयो, त्यसमा तिमीले मेरा बाबै एकदमै खुशी हुनुपर्ने खण्डखातिर पनि छैन, अनि बर्बादै भयो भन्नु पनि जरुरी छैन । तिम्रो चर्चा र ख्याती फगत एक सँयोग हो । तर, यसलाई म सुखद सँयोग नै मान्छु । किनकी, यो अवसरलाई अब तिमीले भरपुर सदुपयोग गर्नसक्छौ । पक्कै पनि तिमीभित्र प्रतिभा छ ।
पहिला पहिला हुन्थ्यो भने तिमी आफ्नो प्रतिभा प्रस्फुटनको अवसरका लागि सँघर्षको मैदानमा होमिनुपथ्र्यो होला । अब तिमीसँग अवसर छ । सार्वजनिक पहिचान छ । त्यो अवसरको भरपुर उपयोग गर र साबित गर–तिमी हल्लै हल्लाको देशमा हल्लाको भरमा चर्चामा आएकी नेपाली चेली हैनौं, तिमीमा पनि दम छ ।
यो कुसुम दाजुको सल्लाह मान्ने हो भने तिमीले पहिला मोडल बन्ने, फिल्म खेल्ने आदि आवेगात्मक निर्णय गर्नुको साटो पढाईमै ध्यान देउ । पढाई कम्तीमा डिग्रीसम्म पढ । सक्छौ भने ‘विशादीरहित तरकारी उत्पादन’का विषयमा बिद्याबारीधि गर । अनि यो देशलाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने अभियान थाल । आर्थिक समृद्धिमा योगदान देउ ।
आफुजस्ता तरकारीवालीहरुलाई सँगठीत गर । उनीहरुको तरकारीले सही मुल्य पाउनुपर्छ र विचका दलालहरुले अतिरिक्त मुल्यको मुनाफा खान पाउँदैनन् भनेर सँघर्ष गर । कस्म्याटीक चर्चाकी पात्र हैन, बोल्ड एण्ड ब्युटीफुल लेडी बन ।
कुनै सँस्था बनाउ, नाम ‘तरकारीवाली’ राख्दा पनि हुन्छ, त्यो सँस्थामार्फत अग्र्यानीक, शुद्ध, विशादीरहीत र अनेक इन्जेक्सन नलगाइएका तरकारीको उत्पादनको अभियान थाल । त्यसका लागि सरकार र अन्य निजी लगानीकर्तालाई लगानीका लागि प्रेरित गर, बरु त्यसका लागि मिडियाको सहयोग लेउ । कम्तीमा नेपाल तरकारीमा आत्मनिर्भर बनाउने अभियान थाल्यौ भने तिम्रो नाम ‘तरकारीवाली’को रुपमा इतिहासमै अमर हुनेछ ।
सपना देख र त्यसलाई मेहनत, लगन, इमानदारीता, साहस, धैर्य, दृढ आत्मविश्वास र सकारात्मक सोचका साथ पुरा गर ।
हवस त बैनी, विदा
कुसुम भट्टराई | Pearlstjournal