भीमदत्तनगर, १८ कात्तिक – कञ्चनपुरको महाकाली नदी पारी दोधारा चादँनी नगरपालिका–२ कृष्णनगरका ५९ वर्षीय भीमराज पन्त गाउँका सामान्य किसान मात्र होइन कलाकारका रुपमा पनि परिचित हुनुहुन्छ ।
धर्म र ंस्कृतिसित जोडिएको ‘रामलिला’ महोत्सवका लागि उहाँ सुदूरपश्चिममै एक सफल कलाकारको रुपमा परिचित हुनुहुन्छ । पुख्र्यौली घर बैतडी दशरथ नगरपालिका–१२ नग्तडीमा जन्मिनुभएका पन्तले सुदूरपश्चिममा ४० पटक रामलिला महोत्सवमा निर्देशन समेत गरिसक्नुभएको छ ।
“स्कुलमा पढ्दा म १३ वर्षकै उमेरमा हारमोनियम, तबला बजाउन र गीत गाउनमा रुची राख्थे ।” हालै भीमदत्तनगरमा आयोजना गरिएको रामलिला महोत्सवको निर्देशन र त्यसमा रावणको भूमिकामा देखिनुभएका पन्तले भन्नुभयो– “स्कुलका गुरु र घरका अभिभावकको प्रेरणाले रामलिला खेल्न थालेको हुँ ।”
नेपालमा मात्रै नभएर भारतका विभिन्न स्थानमा समेत रामलिलामार्फत आफ्नो कला, प्रदर्शन गरिसकेको उहाँले बताउनुभयो
“रामलिला खेल्नाका साथै निर्देशन गर्दा सयौँ नयाँ कलाकार जन्माइसकेको छु ।” कलाकार पन्तले भन्नुभयो, “भक्तजनले मन पराएर नै आफूलाई हरेक वर्ष रामलिलामा बोलावट हुने गरेको छ ।”
“ रामलिला महोत्सवमा रु एक लाख २० हजारसम्म पाएको छु ।” उहाँले भन्नुभयो– “रामलिलाले नाम र दाम दुबै दिएकै छ ।”
राजा रामको कर्तव्य, मर्यादा, देशप्रेम, समाजसेवा र असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा रामलिलामा प्रस्तुत गर्ने गरेको बताउँदै उहाँले फुर्सदको सयममा आफ्ना सन्तति र गाउँका छिमेकीलाई पनि रामलिला र सङ्गीतप्रति आकर्षित गर्ने गरेको जानकारी दिनुभयो ।
रामलिला मञ्चनमा चालिसपटक निर्देशन, २३ पटक सङ्गीत भर्नुका साथै १८ पटक परशुराम, सात पटक दशरथ र ११ पटक रावणको भूमिका निर्बाह गरिसक्नुभएका पन्तले ३०० भन्दा बढी पात्रलाई रामायण प्रििशक्षण दिएकोे बताउनुहुन्छ ।
द्वन्द्वकालका केही वर्ष रामलिला महोत्सव अवरुद्ध भए पनि शान्ति छाइिसकेपछि यसले निरन्तरता पाएकाले धर्म र संस्कृतिप्रति समाजको आर्कषण बढिरहेको उहाँको भनाइ छ । रासस