वकिल सा’बले कालो कोट नै किन लगाऊछन् ?

wakil-copyगर्मी होस या जाडो हरेक समय वकिल वा जर्जले कालो कोट लगाउँछन् । तर तपाईले कहिले सोच्नु भएको छ आखिर किन लगाउँछन् वकिलले कालो कोट ?

वकिलले कालो कोट लगाउने परम्परा इङल्याण्डबाट शुरु भएको पनि भनिन्छ । सन १८६५ मा इङल्याण्डको शाही परिवारले किंग्स चाल्र्सको निधनमा अदालतलाई कालो लगाउन भनेको थियो फलस्वरुप सबै जज तथा वकिलले कालो कोट लगाउन थाले । पहिला अंग्रेजको सम्राज्य हाबी थियो यसले गर्दा पनि धेरै जसो मुलुकमा कालो कोट लगाउन थािलयो ।
त्यस्तै छिमेकी देश भारतमा सन १९६१ म वकिललाई कालो कोट अनिवार्य गरिएको थियो ।

त्यस्तै नेपालमा अंग्रेजले शासन गर्न नपाए पनि कालो कोटको प्रभाव नेपालमा पनि पर्यो । कालो कोटलाई आत्मविश्वास र अनुशासनको प्रतिक मानिन्छ । कालो रंग लाई अधिकारको प्रतिक पनि मानिन्छ । कालो रंग दृष्टि विहिनताको प्रतिक पनि हो । भनिन्छ नी कानुन अन्धो हुन्छ त्यसैले अन्धोले कहिले पक्षपात गर्न सक्तैन उसको नजरमा सबै समान हुन्छ । कालो कोट लगाउनुको मतलव कुनै पक्षपात विना वकिल केस लडोस भन्ने हो ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७३०५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चियावाला र तरकारीवाली पछि अब पालाे पुलिसवालीकाे, एउटी प्रहरी हवलदारका सात लाख फेसबुक फ्यान !