चियावाला र तरकारीवाली पछि अब पालाे पुलिसवालीकाे, एउटी प्रहरी हवलदारका सात लाख फेसबुक फ्यान !

smita-tandi-01बिगुल न्यूज ब्युराे – पत्याउनुुहुन्छ ? एउटी प्रहरी हवल्दारकाे फेसबुक फ्यान सात लाख भन्दा धेरै छन्  भन्दा सामान्य त हाेला र ? भन्ने अाश्चर्य चकित हुनुहाेला सायद तर भारतकी एक प्ररी हवल्दार यस्तै लाेकप्रियछिन् । तपाईं‌लाई यो कुरा सुनेर आश्चर्य लाग्दो होला तर सत्य यही हो । करिब डेढ वर्षअघि खोलेको उनको फेसबुक पेजमा याे समाचार तयारपार्दा सम्म फ्यानको संख्या सात लाख ३५ हजार ६ सय ४९ जना छन् ।cmwdx74uaaa8pl1

अहिले सामाजिक सञ्जालमा पाकिस्तानका चियावाला  र नेपालकी तरकारीवाली कुसुमकाे ब्यापक चर्चा भइरहेकाबेला फेरी अर्की लाेकप्रिय हवलदार अाएकी छिन् । उनकाे पनि चर्चा शुरू भएकाे छ । उनलार्इ प नि मिडियाले स्पेस दिन थालेका छन् । उनी हुन् भारतकाे छत्तीसगढकी प्रहरी हवल्दार स्मिता टान्डी ।

एकजना महिला प्रहरी हवलदार, जो भारतको छत्तीसगढस्थित पुलिसमा हवलदार छिन् । स्मिता टान्डी जनताको सुरक्षामा सधै तैनाथ हुन्छिन् । एउटी प्रहरी हवलदारमा जागिर खाइरहेकी साधरण युवती हुन् तर उनका फेसबुक फ्यान झन्डै साढे सात लाख रहेका छन् ।
स्मिता हेर्दा साधारण देखिन्छिन् । उनले देखाउन कै लागि पनि कुनै बढार्इचढार्इ गरेर कुरा पनि गर्दिनन् । उनकाेे जीवनशैली पनि टडकभडककाे छैन । तर उनीमा जनताकाे सेवा गर्ने एउटा अथाहा नशा छ । उनी समस्यामा परेका जो कसैलाई सहयोग गर्न सधै तयार भइहाल्छिन् ।

उनले सन् २०११ मा पुलिसको जागिर थालेकी हुन् । बिचरी जागिर थालेकेा दुई सालपछि सन् २०१३ मा प्रशिक्षणमा रहेका बेला उनका पिता शिव कुमार टान्डीको स्वास्थ्यमा समस्या देखियो । गला अवरुद्ध पार्दै उनले भनिन् ”त्यो बेला बाबुको उपचार गर्न पैसा थिएन । त्यही कारण राम्रो उपचारको अभावमा बुवाकाे ज्यान गयाे अार्थिक अभाबका कारणा बाबाकाे ज्यान बचाउन सकिएन ।”

स्मिता टाण्डीकाे फेसबुक लिङ्क यहाँ छ स्मिता टाण्डी

कसरी बढे फेसफ्यान एकाएक 

उक्त घटनापछि स्मिताले अफ्ठ्यारोमा परेकालाई मद्धत गर्न हरसम्भव प्रयास थालिन् । त्यसपछि उनले सन् २०१४ मा आफ्ना साथीसँग मिलेर एक समूह बनाइन् । स्मिता कोहीलाई अफ्ठ्यारो परेको थाहा पाउने बित्तिकै आफ्नो समूहका साथीहरु लिएर दौडि हाल्छिन् । त्यसपछि स्मिता फेसबुकमा आइन् र उनलाई आफूले चाहेभन्दा धेरै सहयोग मिल्न थाल्यो । उनले सहयोगको खाँचो परेका व्यक्तिको तस्बिर फेसबुकमा राखेर सहयोगबारे लेख्थिन् । बिस्तारै मानिसहरुले उनको कुरा सुन्न थालेपछि सहयोगका हात पनि बढाउन थाले । यतिमात्रै होइन छत्‍तीसगढ़ पुलिसका वरिष्‍ठ अधिकारीलाई स्मिताको यस कामबारे थाहा भएपछि स्मितालाई सामाजिक सञ्जाल कम्प्‍लेन्‍ट सेलमा सरुवा गरिदिएका छन् । त्यसपछि उनले अाफ्नाे फेसबुक अभियान झनै बढाएकी छिन् । उनले अहिले समस्यामा परेमा धेरैलार्इ सहयाेग गरिरहेकी छिन् ।

यता नेपालकाे हेल्लाे सरकारमा समेत जनताले पछ्याउन सकेका छैनन् । वर्षाैँ बितिसक्कदा समेत नेपालकाे हेल्लाे सरकार फेसबुकमा ३० हजार मान्छेले फलाे गरेका छैनन् तर भारतमा भने एउटी सामान्य पाेलिस हवल्दार युवतीकाे काम र उनकाे सेवाले गर्दा एक वर्ष मै लाखाैँले फलाे गरेका छन् । सेवा पाएकाछन्, सेवा गरेका छन् ।

1478067555

भारतीय मिडियाले यसरी दिएका छन् उनलार्इ स्पेस । भारतीय मिडियाका केही लिङ्क यहाँ छ । दैनिक भास्कर डटकमले लेखेकाे छ FB पर इस GIRL के हैं 7 लाख फॉलोअर्स, हर बात ऐसे करती हैं शेयर  त्यस्तै भारतकाे चर्चित अनलाइन हिन्दुस्तान टाइम्सले पनि उनकाे समाचारलार्इ महत्वपूर्ण रूपमा प्रस्तुत गरेकाे छ । इस महिला कॉन्स्टेबल के फेसबुक पर 7 लाख से ज्यादा फॉलोअर्स भनेर नवभारत टाइम्सले लेखेकाे छ । पाेष्टपिक्कलले पनि उनकाे समाचार छापेकाे छ । 

1478067626

एजेन्सीकाे सहयाेगमा 

प्रकाशित : आइतबार, कार्तिक २१, २०७३०४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पोइला गएकी पत्नीलाई साउदी अरबबाट श्रीमानको पत्र