रजस्वला चक्र अनुसार कुन-कुन दिनमा सम्पर्क गर्दा गर्भ बस्दैन !

coupleविवाहित महिलाहरूले परिवारको संख्या नियन्त्रण गर्न, जन्मान्तरण कायम गर्न तथा हतार गरी सन्तान नपाउन परिवार नियोजनका साधन रोज्नु उपयुक्त उपाय हो । तपाईंको महिनावारी नियमित भएकाले पात्रो विधि अपनाउन सकिन्छ । सामान्यत: २८ दिनमा महिनावारी हुने महिलामा महिनावारी सुरु भएको पहिलो दिनदेखि चौधौं दिन अण्ड उत्पादन हुन्छ ।

त्यसैले अण्ड उत्पादन हुने ३ दिन (७२ घण्टा) अगाडि तथा ३ दिन पछाडि अर्थात् ११ दिनदेखि १७ दिनको समय गर्भ रहने हो र यो समयमा सम्पर्क भए गर्भ रहने सम्भावना हुन्छ । त्यसबाहेकका दिनमा गर्भ रहने सम्भावना कम भए पनि यो विधिमा पूर्ण रूपले निर्भर रहन सकिँदैन । नियमित महिनावारी भैरहेको अवस्थामा पनि कहिलेकाहीं ८ औं दिनमा पनि अण्ड उत्पादन हुन सक्ने भएकाले यसलाई जोखिमपूर्ण मानिन्छ । यो लेख बिगुल न्यूजका लागि साप्ताहिकबाट लिईएको हो ।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७३१३:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो सेक्स् रुचाउँछन् महिला !