मैले अहिलेसम्म पत्रपत्रिकामा लेखिएजस्तो यौनमा चरम सुख पाउन सकेकी छैन । किन ?

sexमैले अहिलेसम्म पत्रपत्रिकामा लेखिएजस्तो यौनमा चरम सुख पाउन सकेकी छैन । मलाई यौनसुख दिन नसकेकोमा श्रीमान् दुःखी हुुनुहुन्छ । सल्लाह पाऊँ ।

महिलामा हुनुपर्ने यौन चाहना तपाईंमा सामान्य नै देखिन्छ, तर संपर्क गर्दा चरमसुखमा मात्र समस्या देखिन्छ । थुप्रै महिलाले चरमसुख क्लिटोरिसलाई उत्तेजित गराउँदा मात्र पाउने गरेका छन् । प्रायः महिला आफैँले क्लिटोरिसलाई उत्तेजित गराएर चरमसुख पाउन सक्छन् किनभने आफ्नो शरीरका बारेमा उनीहरूलाई मात्र थाहा हुन्छ ।

तर, तपाईंको सवालमा क्लिटोरिसलाई आफैँले उत्तेजित गर्दा पनि चरमसुख पाउन गाह्रो छ । तपाईंलाई सेक्सुअल अराउजल डिसअर्डर भएको हुनसक्छ । यो आफैँमा जटिल समस्या हो र यसका धेरै कारण छन् । त्यसकारण चिकित्सकसँग विस्तृत रूपमा छलफल गरेर समस्याबाट मुक्त हुनुहोस् । किनभने यस्तो अवस्था रहिरह्यो भने तपाईंको दाम्पत्य जीवन त्यति सुखद नहुने खतरा हुन्छ । हामीले यो लेख तपाइका यौन सम्बन्धी समस्या र जिज्ञाशा मेटाउनको लागि  शुक्रबार साप्ताहिक बाट लिएका हौँ  ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७३०८:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राति सुत्ने बेला बत्ति बालेर सुत्नु खतरनाक ! जानी राख्नुहोस्