शीघ्र स्खलन भएको महसुस गर्छु, के महिलामा पनि शीघ्र स्खलन हुन्छ ?

saptahik1म ४२ वर्षीया विवाहित महिला हुँ । कहिलेकाहीँ म समयभन्दा अगाडि नै शीघ्र स्खलन भएको महसुस गर्छु । पुरुषमा हुने शीघ्र स्खलनका बारेमा सुनेकी थिएँ, तर महिलामा पनि यस्तो समस्या हुन्छ कि हुँदैन जान्ने इच्छा थियो । 

शीघ्र स्खलनका बारेमा कतिपयले यस्तै रोचक प्रश्न गर्ने गरेका छन् । महिलामा पनि शीघ्रस्खलन, कतिपयको ढिलो स्खलन र कसै–कसैको हकमा स्खलन नै नहुने समस्या हुने कुरा अध्ययनहरूले देखाएका छन्, तर पुरुषको तुलनामा महिलाहरूमा यो समस्या कम भएको पाइन्छ । गत वर्ष भएको ब्रिटिस सर्भेमा उल्लेख भएअनुसार २ दशमलव ३ प्रतिशत महिलाले शीघ्र स्खलनको समस्या भएको बताएका थिए । सन् २०११ मा १८ देखि ४५ वर्ष उमेर समूहका ५ सय १० पोर्चुगिस महिलामा शीघ्र स्खलनसम्बन्धी अनुसन्धान भएको थियो र उनीहरूले विशेष गरेर तनाव महसुस भएका बेला शीघ्र स्खलन हुने कुरा बताएका छन् ।
४० प्रतिशत महिलाले यौन सम्बन्धमा कम्तीमा एक पटक आफूले इच्छा गरेको समयभन्दा अगाडि नै शीघ्र स्खलन भएको बताएका छन् भने ३ प्रतिशतले पटक–पटक शीघ्र स्खलन हुने कुरा बताएका छन् । यस्ता महिलाहरूले शीघ्र स्खलनका कारण आफू निकै दु:खी हुने उल्लेख गरेका छन् ।

शीघ्र स्खलनको समस्या के हो भन्ने बुझ्नु आवश्यक छ । यदि ६ महिना वा त्यसभन्दा बढीदेखि शीघ्र स्खलन भैरहेको छ भने मात्र शीघ्र स्खलनकै समस्या हो भन्न मिल्छ त्यो पार्टनरसँगको सम्पर्कमा होस् वा हस्थमैथुन गर्दा होस् । तनाव र चिन्ताका कारण पनि शीघ्र स्खलन हुन सक्छ र शीघ्र स्खलनको समस्याका कारण पनि व्यक्ति आफैं अनि पार्टनरबीच तनाव र चिन्ता हुन थाल्छ, यसले गर्दा दम्पती वा जोडीको सम्बन्धमा असर पर्न थाल्छ । बिस्तारै यौनसम्बन्ध हुनुअघि नै शीघ्र स्खलनको डरले नर्भस हुने र यौनसम्बन्ध गुणस्तरीय नहुने हुन्छ । कतिपय पुरुष यौनसन्तुष्टि महसुस गर्न हस्थमैथुनको सहारा लिन थाल्छन् । समस्याले थप समस्यातर्फ धकेल्दै लान्छ ।

यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्र स्खलन रोक्न प्रस्तावित केही विधि पनि छन् । जस्तो कि शीघ्र स्खलन केही समय रोक्न केही क्षण सम्पर्क नै रोक्नुपर्ने हुन्छ । यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ, जसको विकास मास्टर र जोनसनले गरेका हुन् । बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयलाई शीघ्र स्खलन रोक्न सकिन्छ । यो क्रमलाई दोहोर्‍याइरहनुपर्छ । यसलाई सबैभन्दा प्रभावकारी विधि मानिन्छ र यो विधि पुरुष तथा महिला दुवैले अपनाउन सक्छन् । यसका साथै डर तथा त्रास पैदा हुने गतिविधिहरूमा संलग्न हुनु हुँदैन । यो भन्दा फरक कुराहरू छन् र समस्याको कारण थाहा नपाएर मनमा छटपटी छ भने मनोविद् वा मनोचिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । हामीले यो लेख तपाइका यौन सम्बन्धी समस्या र जिज्ञाशा मेटाउनको लागि  साप्ताहिक बाट लिएका हौँ  ।    – करुणा कुँवर, मनोविद्          

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७३०५:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मैले विवाहपूर्वनै धेरै पटक यौनसम्पर्क गरिसके, तर विवाहपछि श्रीमानले थाहा नपाऊन के गर्नुपर्ला