जति औषधि खाए पनि त्यस्ता चलचित्र हेर्ने बानी छुटेन।

porn-filmम २६ वर्षीय अविवाहित युवक हुँ। म सानैदेखि अश्लील चलचित्र हेर्ने कुलतमा फसेको छु। मेरो साथीको घरमा हामी तीन जना दिनमा दुईवटासम्म अश्लील चलचित्र हेथ्यौर्ं। पहिले यो रमाइलोका लागि थियो, अहिले लत बनेको छ। त्यस्तो चलचित्र हेर्नु र पटक-पटक हस्तमैथुन गर्नु बानी नै भैसक्यो। इन्टरनेटको सहायताले पैसा तिरेर भए पनि म दिनको दुई-तीनवटा अश्लील चलचित्र डाउनलोड गरेर हेर्न बाध्य हुन्छु। यसबाट मेरो शरीरमा गम्भीर परिणाम पनि देखिन थालेको छ। आजित भएर एकपटक यौन विशेषज्ञलाई भेट्न पनि गएँ। उहाँले अश्लील चलचित्र हेर्न छाड्ने सल्लाहका साथै केही औषधि दिनुभयो। औषधि खाए पनि त्यस्ता चलचित्र हेर्ने बानी छुटेन। उहाँले मेरो यो समस्यालाई सामान्य समस्या मानिदिनुभयो। मेरो समस्यालाई गम्भीरतापूर्वक लिएर यो दुष्चक्रबाट बच्ने उपाय बताइदिनुहुन्छ कि ?

जब इन्टरनेटको विकास भयो, त्यसपछि तत्काल चल्ने र चर्चित हुने भएकाले यस्ता यौनजन्य साइटहरूको विस्तार तीव्र गतिमा भएको हामी पाउँछौं। त्यसको अर्थ यौनजन्य साइटहरू नहुँदा यसका बारेमा चासो थिएन भन्ने होइन। इन्टरनेटको विकासले एउटा समाजमा हुने यौनजन्य क्रियाकलापहरू अर्को समाजमा तीव्र गतिमा विस्तार भएका छन्। यसलाई स्वाभाविक मान्न सकिन्छ। यौनजन्य साइटमा जाने र आफूलाई मन पर्ने त्यस्ता दृश्यहरू डाउनलोड गरेर हेर्नेहरूमा तपाईं एक्लो हुनुहुन्न। वेबसाइट यौनजन्य क्रियाकलाप एवं विषयवस्तु बारम्बार सफिर्ङ गरिने विषयमा पर्छ। अध्ययनहरूले देखाएअनुसार प्रत्येक दिन वेबसाइट सर्च गर्ने ५ करोड ७० लाख अमेरिकीमध्ये १५ प्रतिशतले त्यस्ता साइट सर्च गर्ने गरेका छन। धेरैजसोमा त्यस्ता साइटको खोजी गर्ने वा हेर्ने प्रवृत्तिले खासै असर गरेको देखिएको छैन।

त्यस्ता साइटले मानिसलाई उत्तेजित तुल्याउँछ। यसलाई स्वाभाविक नै मान्नुपर्छ। यद्यपि त्यसमा लत नै लागिसकेको छ कि छैन भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ। लत नै पछि कुलतमा परिणत हुन्छ। दैनिक जीवनमा हानि-नोक्सानी नपुर्‍याएसम्म त्यसले त्यति नराम्रो गर्दैन, तर यसले दैनिक कामकाज वा सिर्जनशीलतामै हानि-नोक्सानी पुर्‍याउन थाल्यो भने त्यसलाई नराम्रो मान्नुपर्ने हुन्छ। कुनै मान्छे दिनहुँ लामो समयसम्म यस्ता साइटहरूमा जाने र सफिर्ङ गरिरहने, त्यसपछि हस्तमैथुन गर्ने वा पछि गएर वरिपरि जे पाइन्छ, त्यसमाथि जाइलाग्ने हुनाले समाजमा विकृति फैलन थाल्छ। यस्ता साइटहरू हेरेर आक्रामक भएका कतिपयले बलात्कारजस्ता जघन्य अपराधसमेत गर्ने गरेका छन्। पछिल्लो समयका अध्ययन-अनुसन्धानहरूले देखाएअनुसार एकहप्तामा कसैले ११ घण्टा वा त्यसभन्दा बढी समय इन्टरनेटका यौनजन्य साइटहरूमा बिताउने गरेका छन् भने त्यसलाई मनोवैज्ञानिक समस्या मान्न सकिन्छ।

त्यसपछि उसको मनोभावनामा असर पर्न थालेको बुझिन्छ, किनभने लामो समयसम्म यौनजन्य साइटहरूमा बसिरहँदा त्यसको सीधा असर उसका अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ। समाजसँगको सम्बन्ध टुट्न थालिसकेको हुन्छ। कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या उत्पन्न भैसकेको हुन्छ। कामको दबाब महसुस हुन थालिसकेको हुन्छ। त्यसबाट उसले गाली खान वा आलोचना खेप्न थालिसकेको हुन्छ। दैनिक उठबस, हिँडडुल, शारीरिक अभ्यास आदि गतिविधिहरूमा असन्तुलन उत्पन्न भैसकेको हुन्छ। मान्छेले थाहा नपाई त्यसलाई कुलत बनाइसकेको हुन्छ। यसका प्रशस्तै मनोवैज्ञानिक असर भैसकेका हुन्छन्। बढी मात्रामा इन्टरनेटका यौनजन्य साइटहरूमा निर्भर हँुदै जाँदा मानिस साइबर सेक्सको जोखिमतर्फ मोडिन थाल्छ। केही विज्ञहरूले त अझ आफ्नो सम्बन्धभन्दा बाहिरका कुनै पनि प्रकारका यौनजन्य गतिविधिलाई गलत नै भन्ने गरेका छन्। घरमा आफ्नो यौनसाथी छँदाछँदै यौनजन्य साइटमा निर्भर हुन थाले यसले सम्बन्धमा समस्या पैदा गर्ने सम्भावना हुन्छ।

केही उदारवादीले चाहिँ घरमा यौनसाथीले खासै बोर नमानेसम्म यौनजन्य साइटमा जानु र समय बिताउनुलाई त्यति नराम्रो मान्ने गरेका छैनन्, तर दुवै खाले विज्ञले मानवीय सम्बन्धमा असर पर्ने एवं वास्तविक यौनसम्बन्धलाई प्रतिस्थापन नै गर्ने भए त्यसलाई सामान्य ठगी वा बठ्याइँ मात्र नभनेर मनोवैज्ञानिक समस्याका रूप लिने उल्लेख गरेका छन्। त्यसैले यौनबाहेकका मनोरञ्जनका अन्य माध्यममा समय बिताउने वा अन्य मनोरञ्जक गतिविधिहरूमा सहभागी हुने बानी बसाले यौनजन्य साइटमा जाने वा यौन भिडियो हेर्ने बानीमा परिवर्तन हुँदै जान्छ। लामो समय विवाह नगरी बस्नेभन्दा विवाह गरी स्थायी रूपमा यौनसाथीको संगतमा पुग्दा पनि यस्ता बानीमा कटौती हुन्छ। थप कुरा भनेको मनोविमर्शको आवश्यकता भएको हुन सक्छ। परामर्शका लागि मनोविद्हरूसँग सम्पर्क राख्नु उपयुक्त हुन्छ। हामीले यो लेख बिगुल न्युजका लागि  साप्ताहिक पत्रिकाबाट ब्लिएका हौँ ।                                                                                                                    – करूणा कुँवर, मनोविद्

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७३०९:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाले पुरुषको वीर्य स्खलन भएको थाह पाउछन् ?