सपनामा गर्ल्स होस्टेल

ramu-oliदुईतला घरमा एक – दुई कोठाको बत्ति बलिरहेको थियो । दिनेशले साउतिमै भन्यो । ” यसैमा होला मेरो गर्लफ्रेन्ड”

” होइन होला सायद त्यो अर्कोमा होला कि !”

माछो – माछो भ्यागुतो खेल खेलेझै यो र त्यो गर्दै बत्ति बलेका कोठाहरु लाई हेर्दै मिठायो, दिनेश ।

रक्सी ले मातेको शरीर , मध्य रातको यो चर्तीकला । त्यसैमा बिना आवाज पर्खाल नाघ्नु , फुत्त हामफालेर भित्र जानू र दिनेशको गर्लफ्रेन्डको कोठामै पुग्नु हाम्रो लागि फलामको चिउरा चपाउनु जस्तै थियो । फलामको चिउरा चपाउन भलै सजिलो होला । नसके दातनै भाचिन्थे होला । तर यहाँ त दात संगै सरिरको कुनै हड्डी पनि बाकी नरहने स्थिति छ ।

निकालेको चप्पल हातमा घुसाय । बिस्तारै उफ्रिए । पर्खालमा हात ले समाउदै तुर्लुङ्ग झुन्डिएर खुट्टाहरुलाइ दायाँबायाँ गर्दै खुट्टा फाले र पर्खालमा चढे । पर्खालमा बसेर एउटा हातले पर्खाल लाई समाते र अर्को हात दिनेश लाई दिए । दिनेशले मेरो हात समाउदै खुट्टाहरु पर्खालको भित्ता हरुमा सिढी चढे झै माथी उक्लियो । उ पर्खालमा आए पछि पर्खाललाई समाउदा मेरो शरीरलाई हुत्ताइ दियो । उसको र मेरो खुट्टा को तालमेल मिलेन , उ बाहिरै हुत्तियो र खस्यो । निस्कियो ड्याम्म आवाज । बिना कुनै सेकेन्ड को अन्तरालमा त्यस्तै अर्को आवाज आयो । तर भित्र पट्टि , जुन म खसेको आवाज थियो ।

ड्याम्मको आवाज संगै सुरु भएको सपना जस्ता लाग्ने कहालीलाग्दो घटानालाइ सपना नै होस भन्दै अनुनयबिनय गरिरहेको थिए । मनमनै ईश्वर पुकारी रहेको थिए । यो मात्र सपना भैदिएको होस । तर बिडम्बना होस्टेलको गार्ड पनि मेरो सपनामा आइपुगे ।

भुकम्पका झट्काले घरका भित्ताहरु हल्लिए झै मेरो मुटु हल्लिएको थियो । सरिरका हरेक भागमा कम्पनका ज्वारभाटाहरु चलिरहेका थिए । भुकम्प पछिको सुनामी जस्तै ।

सपनाहोस भन्दै पुकारेका पुकारहरु ,  बिनयहरु सपना जस्तै च्यातिदै गए । त्यसरी नै बिलाउदै गए । जसरी बिहानिपख सपनाहरू बिलाएर जान्छन ।

ती गार्डले मेरो लामो अनि जट्टाधारी कपाललाइ झोलाको फिता झै ताने । मेरो आखा बाट आँसु झर्ने तर्खरमा थियो । मेरो शरीर एउटा ढलेको बेबारिसे लास झै त्यो अफिस कोठाको बिचमा लडिरह्यो । झिनो सास ले मात्रै म जिउदो छु भन्ने लाग्दथ्यो ।

खस्दै गरेको आँसुलाइ घुटुक्क गर्दै थुक झै निले । कपाल बाधेको रबर त्यही गार्ड ले तान्दै गर्दा खसेको हुनु पर्छ । त्यसैले मेरो अनुहारमा छरपस्ट कपाल भएको थियो । देब्रे गाला र च्यापुले भुइ टेकेको । एउटा हातमा चप्पल अहिले सम्म पनि थियो । मलाइ हेर्ने जो कोहिले पनि चोर भन्ने लाएक अवस्थामा थिए । त्यसैमा रस्की र चुरोट को गन्ध ठुस्स आएको हुदो हो ।

 

चोर भन्दै हरेक कोठा देखि निस्कदै म भए तिर नै आए । सबैले बिचमा पारी घेराउमा पार्दा , मैले फेर्ने हरेक सास सयौ किलो भारी  झै भयो । कतिले थु ……. भन्दै थुकेका थुकका छिटाहरु मेरो शरीरको हरेक भागमा आएर गिरे ।

“कस्तो ह्याड्सम चोर ” तिनी मध्यको कसैले भन्यो ।

“यहि मुर्दार होला ह्यान्डसम ”  अर्को कोहि बोल्यो ।

तर म जस्तो थिए त्यस्तै ढलिरहेको थिए । मलाइ असजिलो भए पनि फर्कन मन थिएन । फर्कने कोसिस गर्नु भनेको अरु दुई चार लात पर्नु हो । जो मैले राम्रै संग बुझेको थिए । अहिले मेरो अनुहार कसैले देखेको थिएनन । त्यसैले पनि म जस्तो थिए त्यसरी नै ढली रहे । तर तिनीहरुले आफ्नै किसिमले मेरो परिचय दिदै गए ।

कसैले ग्याङ्ग्स्टार भने , कसैले गुन्डागर्दी को नाम दिए ।

” यो त चोर पक्कै होइन ” कसैले बोल्यो ।

उ प्रती धन्यवाद चढाउने मन भयो । मनमनै भने- कोहि त रहेछौ मलाइ चोर होइन भन्ने ।

फेरि , कसैले सोध्यो – ” चोर नभए को हो त ?”

योत रेपिस्ट होला , गर्ल्स होस्टेलमा रेप गर्न आको । त्यही केटी ले भनिन , जसले मलाइ चोर होइन भनेकि थिइन ।

यसले  मलाइ बचाउली भनेको त झन ठूलो काण्डमा पो मुछ्दै छि । झन ठूलो अपराधको बिल्ला पो भिडाउदै छि ।  मेरो धड्कन साधारण भन्दा हजारौ गुणा तेज धड्कियो ।

गार्डले फोन गर्यो र भन्यो  -” होस्टेलमा चोर पस्यो , भाग्दै गर्दा समातेको छु “

उसको फोन सकिए लगत्तै फेरि कसैले भुक्क मेरो खुट्टामा आफ्नो खुट्टा बजार्यो र भन्यो –” रन्डो, यस्तालाइ त चौराहामा झुन्डाउनु पर्छ, अनि देखुन सबैले ।”

” अनिता , जा जा कपाल सार , हेरौन यो मुर्दार को रहेछ ” – एउटिले भनिन् ।

मेरो मनमा फेरि अर्को अनुनयबिनय र पुकारको जन्म भयो ।

हे … ईश्वर , सपना होस भनेर बिन्ती गरेको थिए ।  त्यो त पूरा भएन । कृपया यिनीहरुमा मैले चिन्ने या मलाइ चिन्ने कोहि पनि नभएको होस । अनुरोध गरे, याचना गरे अनि आफ्नो आखालाइ चिम्म गरे । अखाको लोतीहरु नै खुम्चाएर । जसरि ठुलो प्रकाश् बाट बच्न मानिसहरु गर्छन ।

सबैले- भने ” हेरौ न हेरौ , यो ग्याङ्ग्स्टार को रहेछ । हेर… कपडा त हुने खाने जस्तै छ । मान्छे पनि हट्टाकट्टा नै छ । पक्कै यो ग्याङ्स्टर नै हो ”

सबैले मलाइ एउटा परिचय दिय , ग्याङ्ग्स्टरको । सबै यहि परिचयमा सहमत पनि भए ।

काप्दै गरिरहेका हातहरुले मेरो जट्टाधारी कपालहरु एक छेउ छिमोल्दै …..” ओह !!!” को आवाज उनको मुख बाट  निस्कियो।  र केही पछाडि तिर खस्केको भान उनको चप्पलको आवाजले प्रष्ट पारिरहेको थियो ।

क्षणभरमै म आज फेरि अर्को अनुनयबिनय मा असफल भए भन्ने कुराको ज्ञान भैसकेको थियो । म चाहान्थे म जस्तो हालतमा भए पनि मलाइ  चिन्ने र मैले चिन्ने यहाँ कोहि नभएको होस । तर … तर ती केटीले जुन भाब र आश्चर्यबोध प्रकट गरिन त्यसको मतलब उ मलाइ जान्दछ । उसको मुख बाट अनायासै निस्केका “ओह…!!! ” वाक्यले सारा बयान गरिसकेको थियो । त्यसैले अब मैले आँखा बन्द गर्नु र नगर्नु मा कुनै अर्थ नै रहेन । धेरै टाढा टाढा सम्मका आफ्ना आफन्ती , साथी भाइ र इस्टमित्र का छोरी चेली लाई सम्झिए , त्यस्तो कोहि पनि मेरो मनमा आउनै सकेनन जो नर्सिङ पढ्दै गरेको होस ।

 

शरीरका हरेक भागमा दुखाइ को महसुस हुँदै थियो । गार्डले केही छिनमै पुलिस आउने कुरा गरिरहेको थियो । यसै पनि मैले आँखा खोल्नै पर्छ । मेरो बेइज्जत भैसकेको छ । मलाइ नदेख्नु थियो तर अफसोच सबैले देखि सकेका छन । यति भैसक्दा पनि लाज मान्नु भनेको लाज भित्रको लाजले पनि सरम मान्ने कुरा हो ।

आँखा खोले , खुलेका आँखाहरुले सबै कुराहरु देख्यो । लगभग बिस जना या त्यो भन्दा धेरै केटिहरुको बिचमा म घेरिएको थिए । छेउमै थियो कालो न कालो मोसो नै दले जस्तो, अनुहारमा केही त्रास र हासो मिश्रित दात देखाउदै उभिएका गार्ड । सायद चौधरी जातको ।

“कस्तो नकचरो “,  भद्दा गाली दियो , भिडबाट

। मेरो मनबाट  आत्मग्लानी र रिसको ज्वारभाटाको ओभरफ्लो नै होला झै भैसकेको थियो । सहनु र सुन्नुको पनि सिमा हुन्छ ।

” तिमिहरु मध्य कसैले बोलायका थियौ र आए ” भन्दिउ झै लाग्यो । तर भनिन । मेरो त्यो शब्द , उनिहरुको भबिस्यमा ठूलो प्रश्नचिन्ह बन्न सक्थ्यो ।  यतिको ज्ञान त मलाइ पनि थियो । यसै पनि मेरो इज्जतको धजिया उडिसकेको थियो । अरु एक दुई गाली र ताना सुन्दैमा केही बित्दैन । त्यसैले केही बोल्नु भन्दा नबोल्नु मै जाती माने ।

तर म जान्न चाहान्थे , सुरु देखि नै गाली दिने माहानुभाब को हुन भनेर । त्यसैले उठाए नजर र हेरे पालै पालो । तर मेरो आखाले नदेख्नु पर्ने देख्यो । नहुनु पर्ने भयो त्यहा । जुन मैले कल्पना गरेको थिएन । जुन मैले कहिलै सोचेकै थिएन ।

कम्पन छुटेको ओठ । त्यहि ओठ संगैका पुक्क उठेका सेता गालाहरु रातो हुँदै थियो । दुबै हात बाधेर एउटा हात चिउरो सम्म पुर्‍याइ  आफ्नो रातो भएको ओठहरुलाइ निमोठ्दै एकनास भुइ तिर हरिरहेकी थिइन ।

उनी त्यही अनिता थिइन , जुन मेरो जट्टाधारी कपाललाइ स्पर्श गरेकी थिइन । जस्ले मेरो रुपलाई यो होस्टेलको सामुन्ने प्रदर्शन गरेकी थिइन ।

अझ ती अनिता उनै केटी हुन , जस्लाइ म हरेक दिन सम्झन्थे । जस्लाइ म मनमनै प्रेम गर्थे ।  जसलाइ म हेर्नै को लागि राझाको डोल्पाली होटेल अगाडीको झ्याललाइ महिनौ नियाल्थे । उनी त्यही केटी हुन , जो पहिलो चोटि डोल्पाली होटेल बाट देखेको थिए । उनी त्यही झ्याल बाट लजाएर भागेकी केटी हुन । उनी त्यही केटी हुन जस्को नितम्बको झझल्को ले मेरो हरेक रात बिथोलिने गरेको थियो ।

कति धेरै परिचय । कति धेरै जोडिएको सम्बन्ध । कति धेरै सपनाहरू । तर पोखियो यस्तो अवस्थामा । मानौ कसैले मेरो सपनाको थैलो लाई च्याती दिएको छ । च्याती मात्र होइन मेरो सपनाको थौलो कसैले खोसि दिएको छ । जो फर्काउनु मेरो लागि असम्भव छ । तर त्यही भयो । जुन नहुनु थियो । अनि तिनी त्यही अनिता हुन पुगिन , जुन मैले हरेक दिन उनको झ्यालमा उनको त्यो मुस्कान र लज्जास्पद प्रेम लाई हेर्न चिहाउने गर्थे ।

उनी किन यति बिध्न असहज महसुस गरिरहेकी  छिन ? किन यसरी कापी रहेकी छिन ? किन उनका खुट्टाहरु ले भुकम्पको धक्का महसुस गरि रहेको छ ? मैले बुझ्न सकिन उनको मनोबिज्ञानलाइ । बस मनमा किन , किन र किनको प्रश्न चिन्ह ले डेरा जमाइ रह्यो ।

“खै कहाँ छ त्यो साला चोर ” पुलिस बोल्दै नजिकै आयो । उनिहरु पनि चोर होकि रेपिस्ट हो बन्ने कुरामा अल्मलमा परे होलान , किनकी मेरो कपडा  र मेरो गेटअप संग चोर शब्द पटक्कै सुहाएको थिएन ।

यो मानेमा गर्व गरु या दुखि , म दोधारमा परे ।

आएको प्रहरी हवल्दार ले सुरुमै आफ्नो बुट मेरो ढाडमै बजाए । भएका सबै आमा चकारी गाली पनि ओकले । मलाइ भने उनी प्रहरी हवल्दार होइनन उनी त मेरै साथी दिनेशनै लाग्यो । उ पनि यसरी नै आमा चकारी गाली गर्थ्यो । रिसको बेला बममा बिस्तारै प्याट्ट हान्थ्यो अनि अंगालो हाल्थ्यो । तर यिनी प्रहरीले बिस्तारै होइन , दुई खुट्टा टेकेर घोसे मुन्टो लएर बसेको मलाइ फिर्लिक्कै ढाले । हिक्क गर्ने मन थियो । एक दुई थोपा आँसु खसाउन पनि मन थियो । तर सकिन । ती हिक्क को अवाज र ती आसुहरुलाइ रिस र घमण्डमा परिवर्तन गरे र हेरे पुल्लुक्क र भने मनमनै -” पख तलाइ “

अर्को छिर्यो भित्र र बोल्यो – “साले गर्ल्स होस्टेल छिर्छ ” हात उठायो र हान्यो गालामा , एक झापड । म निहुरिएको अझै निहुरिए ।

अनिता भने आँखा चिम गर्दै दारा कसि रहेकी थिइ । र मुख बिगार्दै प्रेम भावले हेरिन ।

मेरो हात समाय र लतार्दै ताने । झापड हान्ने लाई हेर्ने रहर लाग्यो । दुई स्टार थियो कुममा । नेम प्लेटमा बम बहदुर मगर लेखिएको थियो । हेरे र भने मनमनै  उसलाई पनि ” पख तलाइ ”

म हिंड्न् खोजे ।  तर खुट्टा चलेन । फेरि झट्काउने प्रयास गरे , अह सकिन । दाहिने खुट्टामा बिस्तारै दुखाइको महसुस भयो ।

” सायद भाचियो क्या”- एउटिले भनिन ।

भाचियो !!! म झसङ्ग भए । पुरै शरीर हल्लियो । आँखा खोले । अगाडी पुलिस होइन , आमा उभिनु भएको थियो । साथमा  चियाको कप पनि ।

” कस्तो सुत्न सकेको , कलेज जानू पर्दैन , नौ बजि सक्यो ।” आमा बरबराउनु भयो ।

सपनामा नै म सपनाको लागि अनुनय गर्दै थिए , बिन्ती गर्दै थिए ! यो कस्तो सपना ! कस्तो क्लाइमेक्स ! अनि उनी अनिता ! लामो खित्का हासो निस्कियो ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७३११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जि-वेस्टको बिगुल