जि-वेस्टको बिगुल

रामु ओली
रामु ओली

जि- वेस्ट अर्थात , ग्रुप अफ वेस्ट । मध्यपश्चिमको केन्द्र नेपालगन्जको म्युजिकल ब्यान्ड । रक तथा हिपहप गितलाइ अंगाल्ने स्रोताको नया आशाको केन्द्र । पाँच बर्ष पहिले सुरज गिरिले भनेको माथिको कुरा आज याद आयो , जब उसको फेसबुकमा ” जि- वेस्ट विल कमब्याक सून ” लेखेको भेटे ।

साच्चिकै ती दिनहरु थिए , नेपालगन्जका हरेक स्टेजमा उनिहरुको प्रस्तुतिले ताली र गाली दुबै बडो प्यार संग पाउथ्यो । ताली उनिहरुको पर्फमेन्सको कारण पाउथे त गाली पनि त्यही राम्रो पर्फमेन्सको कारण नै ।

गाली भने उनिहरुलाइ संगीतका अग्रणी दाइहरु बाट नै पाएको महसुश मैले नजिकै बाट गरेको थिए । उनिहरुको भनाइ र गालिहरुलाइ सापट लिने हो भने , उनिहरु प्रतीभा र क्षमता दुबैले भरिपुर्ण हुदाहुदै पनि चम्किन नसक्नुको कारण सोलो एल्बम हो ।  सोलो एल्बम ननिकाल्नु नै उनिहरुको गाली खाने मुख्य कारण हुन्थ्यो ।

आफू पनि नेपाली संगीतको असल पारखी थिए । त्यसैमा नेपाली पप भने पछि भुतुक्कै हुन्थे , सायद उमेरको प्रभावले पनि होला । त्यसैमा रक र हिपहपले तात्ने स्टेज देख्दा लाग्थ्यो म पनि आजै देखि गितार समाउछु । कोशिस पनि गरे तर औंलाको दुई पत्र  छाला नै गयो र पनि गितारको ए बि सि डि को कोड सिक्न सकिन ।  त्यसैमा माइनर कोड अनि त्यस्तै के के कोडले मेरो दिमागको नै तार बजाउन लागे पछि त्यो गाउने र स्टेजमा हल्लिने भुत छोडेर स्रोता नै बन्ने निर्णयमा पुगेको थिए । तर पनि चलेका र चल्तिमा आउने हरेक गितको सुरुको म्युजिक कम्पोज बाट नै गित युवापुस्ताले कत्तिको मन पराउछन ? अनुमान गर्न सक्थे । यो मेरो घमण्ड होइन मेरो सालौ साल देखिको अनुभवले त्यस्तो बोल्थ्यो ।

जि- बेस्टका गितहरु पनि मलाइ उत्कृष्ट लाग्थ्यो , ती स्टेज पर्फमेन्समा बज्ने ताली र झुम्ने युवापुस्ताको जमातले पनि त्यस्तै भन्थ्यो , जि – वेस्ट तिमी उत्कृष्ट छौ , तिमी अगाडी बढ , तिम्रो गित र संगीतमा झुम्न हामी तयार छौ । तर बिडम्बना नेपालगन्ज लगायत धेरै ठाँउमा स्टेज प्रोग्रामको राम्रो अवसर प्राप्त गर्दा गर्दै पनि सानोतिनो रोकावट लाई जि- वेस्टले पार गर्न सकेन ।

सोलो एल्बमका लागि रेकर्ड गराएको चार वटा गित पनि उनिहरुको हार्डडिस्कमा थन्किने काम मात्र भयो । म संग पनि थियो , तर समय संगै मोबाइल परिवर्तन हुने बानिले ती गितहरु मेरो पुरानो कम्प्युटरको हार्डडिस्कमा नै सिमित रह्यो । स्थानीय एफ एममा सधै गुन्जने जि- वेस्टका गितहरु आज संयोग नै भनौ रेडियो एक्सप्रेस एफएम ले बजायो । कार्यक्रम प्रस्तोता लाई फोन गरेरै धन्यवाद दिए । अर्को संयोग भनौ त्यो गित बजाउने मेरो पुरानो मित्र परेछन , आरजे- प्रदिप शाही । उ तिनै प्रदिप शाही हुन , जस्ले उहीँ समयमा बागेश्वरी एफएम मा निकै लोकप्रिय युवापुस्ता संगसम्बन्धित कार्यक्रम चलाउथे र म त्यही समयमा आफ्नै बलबुताले सप्ताहिक रुपमा युवा आवाज नामको पत्रीका निकाल्ने काममा ब्यस्त थिए । जसरी जि- बेस्ट एकाएक संगीतको स्टेज देखि हराएको थियो त्यसरी नै म र प्रदिप पनि आआफ्नो कार्यक्षेत्र बाट हराएका थियौ ।

संयोग पनि कस्तो आज म बिगुल न्युज र केही अनलाइन पोर्टल बाट लेखन कार्यमा पुनरआगमन गरेको छु , त्यसै गरि जि- वेस्ट र प्रदिप पनि आफ्नै कार्यक्षेत्रमा पुनरआगमन गरेका छन । मेरो लागि यो मात्र संयोग हो तर यथार्थ के पनि हो भने , मैले आफ्नो गुमेको पाँच बर्ष फर्किएको महशुस गर्दै छु । सायद जि- वेस्टले पनि ।

जि- वेस्टले मध्यपश्चिम क्षेत्रमा युवापुस्ता माझ रक पप संगीतको बिगुलनै फुकेको थियो । मानौ उनिहरुको ब्यान्ड बर्सौ पुरानो हो । सुगम पोख्रेल र रबिन संग स्टेज शेर गर्दा लाग्थ्यो , जि- वेस्टको पर्फर्मेन्सले उनिहरुको काबितियत लाई बिसको उन्निस पनि भन्न मिल्दैनथ्यो । तर समय र उमेरको प्रभावले जि- वेस्टको आफ्नो लयलाइ समाउन नसकेको यथार्थ हरेक मेम्बरले बुझेको हुनु पर्छ ।

हरेक प्रोग्राम र प्रोग्राम पछिको हरेक पार्टीमा मेरो सहभागिता आज पनि जस्तै लाग्छ , तर पाँच बर्ष बितेछ । हरेक प्रोग्राम पछि भन्ने मेरो शब्दहरु आज पनि उस्तै छन ।

” तिमिहरुको संगीतयात्रा निरन्तर चल्नु पर्छ , सुरज या संगीत जि- वेस्टमा आउनु र जानू ठुलो कुरा पक्कै होइन तर जि- वेस्ट बाच्नु पर्छ , सधै भरी । किनकी जि- वेस्ट नेपालगन्जको सान हो , पहिचान हो त्यो भन्दा बढी नेपाली संगीतको  एउटा अध्याय हो र हुनुपर्छ , किनकी तिमिहरु संग त्यो खुबी छ , त्यो कला छ जो नेपाली युवा पुस्तालाई आकर्षित गर्न सक्छौ । “

सायद ती दिनहरुमा मेरो यी उपदेश लाई साथित्वको नजरले मात्र स्वीकार गरे होलान किनकी म उनैको साथी न परे । तर मैले एउटा नेपाली संगीतको स्रोताको हिसाबले भनेको थिए । सायद आज बुझ्दै छन कि ।

जसरी बिगुल न्युजले मेरो लेखन कार्यको लागि असल प्लेटफर्म बनेर उभियो त्यसरी नै जि- वेस्टले आफ्नो मार्ग प्राप्त गरेको छ । हिजो अधुरो संगीत यात्रालाइ पूरा गर्नेछ ।

म आज पनि सम्झिन्छु , हरेक दिन रक्सी र नसामा रम्ने हामी आफ्नो काममा रम्दै गरेको । विशेषत संगीत क्षेत्रमा असर पुग्ने भन्दै हरेक किसिमको लतलाइ लत्ताउने सुरज र जि- वेस्टका मेम्बरलाई ।

हरेक कलाकार र नवउदित कलाकारहरु तिनवटा “क” ( कमाइ , केटि र काम )कै कारण आफ्नो बाटो बाट दिगभ्रमित हुन्छन् । आउने पब्लिसिटीको कारण प्राप्तहुने बिपरित लिंगको क्रेज , कामको महत्वाकांक्षी र स्ट्रगलको समयमा कमाइको अभावले नै हरेक नवउदित कलाकार आफ्नो लय लाई बिराउने गर्छन । सायद जि- वेस्टको कारण पनि यस्तै केही थियो होला !

यी मेरो हरेक शब्द सुरज या जि- वेस्टको लागि भन्दा पनि हरेक नवागंतुक कलाकार या कुनै पनि पेशाप्रती को लागि हो । जसरी म लगायत हामी धेरैले आफ्नो खुबी र क्षमतालाई पहिचान गर्न सकेनौ र जिबनमा भड्किएरै पाँच या सात बर्ष गुमाउनु पर्यो र फेरि नया देखि सुरु गर्दाको पीडा र अनुभबको शब्द हो । जुन शब्दमा अनुभव त छदैछ तर त्यसभित्र केही गर्नु पर्ने मानसिक दबाब उत्तिकै धेरै हुन्छ । जसलाइ चिर्नु नितान्त आवश्यक छ ।

सधै मनोरञ्जनात्मक कथा लेख्ने मेरो हातहरु आज सुरजको ” जि- वेस्ट विल कमब्याक सून ” भन्ने स्टाटसले आज आफ्नै बिगत लेख्न प्रेरित गर्यो । जहाँ कुनै मनोरञ्जन छैन , जहाँ कुनै लाइक र धेरै हिट पाउने आशा छैन । नत बिगुल न्युजलाइ नै कुनै फाइदा छ । ब्यवसायिक पत्रकारिताको लागि कुनै फाइदाजनक नभएको लेखमा ब्यवस्थापकले केही संदेश पककै भेट्ने छन । जुन आम पाठकको लागि उर्जा हुनेछ ।

मेरो यी शब्द हरु जि- वेस्टको लागि नै सुम्पन्छु , मेरो साथी सुरजकै लागि नै सुम्पन्छु , उनिहरु जस्तै प्रतिभा र क्षमता हुदा हुँदै पनि भड्किएका हरुको निम्ति सुम्पन्छु , उनिहरु जस्तै भुलेका र गर्दागर्दै छोडेका हरुको लागि सुम्पन्छु ताकी आफ्नो प्रतिभा चिन्न सकेको हुन । आफ्नो लयलाइ पुनर्जीवन गर्न सकेका हुन ।

म आशा गर्दछु , आज जसरी म र म संग कुनै न कुनै रुपले कनेक्टेड जि- वेस्टको बारेमा बिगत लेखेर उनिहरुको पुनरआगमनको कुरा लेखिरहेको छु त्यसरी नै चाडै उनिहरुको सफलता यहि बिगुल न्युजमा लेख्ने अवसर मिलोस , उनिहरुको सफलताको कामना यो पङ्तिकार र बिगुल न्युजको तर्फबाट ।

जय जि- वेस्ट ।

जय बिगुल ।

सधै संगीतको बिगुल फुक्न सकेको हुन ।

 

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७३१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वेश्यासँग बिताएको एक साँझ