गायक रामकृष्ण ढकालको ‘आवरण’ बजारमा

ramkrishna-dhakalकाठमाडौँ, १६ असोज – नेपाली सुगम सङ्गीतका गायक रामकृष्ण ढकालको १५औँ गीतिसङ्ग्रह ‘आवरण’ बजारमा आएको छ ।

शनिबार अबेर राति यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्ग्रहको लोकार्पण गर्नुभयो । सङ्ग्रहमा ११ गीत समावेश छन् । गीतका शब्द आनन्द अधिकारी, उत्तम सन्जेल, रमेश बिजी, विनोद बन्जारा, एकनारायण भण्डारी, डा आसबहादुर तामाङ, देवेन गिरी, प्रज्वलशम्शेर जबरा, मनिष वाशिष्ठ आदिले कोर्नुभएको हो । त्यस्तै हरि लम्साल, न्ह्यु वज्राचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेल लगायत सङ्गीतकारले सङ्गीत भरेका छन् ।

ramkrishnaकार्यक्रममा गायक ढकालले आफ्ना एक दर्जन जति गीत गाउनुभएको थियो । विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको सङ्ग्रहमा रहेको ‘म लडेको मात्रै हुँ, मरेको छैन’ बोलको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । यसअघि ढकालका ‘आशीर्वाद’, ‘आशा’, ‘आरोह’, ‘आशिष’ जस्ता गीतिसङ्ग्रह प्रकाशनमा आएका छन् ।

प्रकाशित : आइतबार, असोज १६, २०७३०८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आवश्यकता गर्लफ्रेन्डको