हाम्लो घर मा खसी कहिले ल्याउने बाबा ? ५ बर्षे छोराको प्रश्न ले म झसँग भए । पल्लो घरका भरत काकाले आँगन मा बाँधेको खसी देखेर पो सोधेको रहेछ । दसैं नजिकिदै थियो, गाँउमा प्रदेसी हरु फर्किरहेका थिए । मुस्ताङ तिर बाट एक हुल भेडा च्यङ्रगा हरु गाउमा छिराइसकेका थिए ब्यापारिहरुले । आमा पिढिमा चामल केलाउदै हुनुहुदो रहेछ छोराको प्रश्न सुनेर म तिर पुल्लुक्क हेर्नु भयो । आमा का अनुहार भरी प्रश्न थिए जस्लाई मैले बुझेर पनि बुझ पचाइदिए वा मैले आफ्नो लाज छोप्नलाई नबुझेको जस्तो गरेको छु । एकछिनको लागि मानौ म ढुङ्गा हुँ न मन्दिर मा राख्न मिल्ने न बगर मा फ्याल्न मिल्ने । आमा कती महान हुन्छन भन्ने कुरा मैले मेरी आमा बाटै जानेको छु जसरी मेरी आमाले मलाई जानेकी छिन् त्यसैले पनि मुटुमा भक्कनो पारेर भए पनि मेरी आमाले मलाई कहिले पनि प्रश्न गर्दिनन ।
भोली पर्र्सी ल्याउने ल खसी मैले छोरोको चित्त बुझाउनलाई त्यतिकै ढाटिदिन्छु । मेरो बुडिले सल्लाघारी बाट ल्याएको सिप्ठानो लाई डोरिले बाँधेर खसी बनाईदिएकी रहिछिन छोरोको खेलाउना । त्यसैलाई लतार्दै म्या म्या भन्दै छोरो गयो घर पछाडि तिर खेल्न । यता मेरो मन मा सियोले कोपे जस्तै भयो । मेरो बिगतको जिन्दगी आँखामा नाच्न थाल्यो ।
दसैं नमानेको पनि झन्डै १० बर्षा जती भएछ । २०६० सालतिर भूमिगत भए पछी मलाई धर्म पर्र्ती नै विश्वाश लागेन या भनौ हामी कम्निस्टहरुले दसैं मनाउनु हुन्न वा कथित धर्म कर्मा मा विश्वाश राख्न हुन्न भनेर सिकियो पार्टिमा । गरीब का लागि लड्न हिंडेका हामी सिपाही, मुक्तिका लागि बन्दुक बोकेर हिंडे पछी जात, बर्ग, धर्म र बर्ण जस्ता कुरा मा अल्झेर पनि भएन । हामी त बर्ग संघर्शका गीत हरु सुसेल्दै, भिर पहाड छिचोल्दै प्रतिगामी हरु लाई ढलाउन अघी बढीरहेका थियौ । परिवर्तन कै लागि हजारौ साथीहरुले जिबनको आहुती दिनु भयो, दुस्मन का छातीमा गोली बर्षाएर गरीब का दिनहरु ल्याउन हिंडेका हामीहरु नाथे दुई चार गेडा चामल निधार मा टाँसेर दसैं मनाउनुको कुनै अर्थ थिएन ।
त्यसैले पनि घर परिवार को सम्झना आए पनि मलाई यो दसैं तिहार को सम्झना कहिले पनि आएन बरु यि दिनमा हामीले कहिले रोल्पाको लिवाङ मा “जिन्दबाद ! जिन्दाबाद ! प्रचन्डपथ जिन्दबाद” भन्दै गीत घन्काएर नाच्यौ त कहिले सल्यान तिर “गाउबस्तीमा चल्दै छ जनशासन” भन्दै गीत गाउदै रमायौ । हाम्रो लडाईंको उदेस्य भनेकै देसमा समान हक अघिकार ल्याउनु वा धनी गरीब को बिचमा समानता ल्याउनु मैले त्यही बुझेर नै घरमा बुढा बाबा आमालाई छोडेर बन्दुक बोकेर हिंडेको थिए जनयुद्द तिर । म भूमिगत भए पछी घर मा भएका बाउ आमाले पुलिसको कुटाइ खाएका थिए, एउटा भाई थियो त्यो पनि डर ले गर्दा कहिले पनि घर मा बस्न पाएन । हाम्रो परान पनि दुस्मन को कुन गोलिमा अडिएको छ हामीलाई नै थाहा हुँदैनथ्यो तर पनि जनताको लागि भनेर दिन रात नभनी भोक प्यास नठानी हामी हिड्दै गयौ प्रचण्ड पथमा । लड्दै गयौ जङल मा ।
देसमा १२ बुँदे सान्ती सम्झौता भयो । हाम्रो पार्टिले पनि जनयुद्दलाई रोकेर देस र जनताको लागि, सान्ती अमन चयन् को निमित्त उक्त सम्झौता पत्र मा हस्तक्षार गरेको थियो अझ भनौ हाम्रो लडाईं लाई बिसर्जन गरेको थियो । हामी लाडाकु हरु लाई त्यो दिन आफ्नो पार्टी नेतृत्व ले दुस्मन को अगाडि घुँडा टेक्यो कि भने सन्का उब्जिए पनि देस र जनता को खातिर हामीले पार्टी हाइकमान्ड को आदेस बमोजिम चुपचाप बख्तरबन्द का सामान हरु मिलाउन थाल्यौ । हाम्रा लाल सेना हरु छाती फुलाउदै बिजयको रँग छर्दै जङल बाट गाउ त गाँउ गाँउ हुँदै क्यान्टेमेन्ट तिर हिंड्न थाले । हाम्रो बटालियन् पनि मार्च पास गर्दै चितवन को सक्तिखोर मा आयो ।
हाम्रा दिनचर्या फेरिदै गए कहिले काही यस्तो लाग्दथ्यो हामी लडाकु हरु क्रेन का स्पेयर पार्ट्स जसरी स्टोर मा थन्काईएका छौ तर पनि सहीद् का सपना पुरा हुनेमा अझ गरीब का दिनहरु फर्किने मा हामी ढुक्क थियौ । बेला बेला मा क्यान्टेण्मेण्टमा हुने सिर्श नेताका भाषाण र प्रशिक्षणहरुले पनि हामिलाई आसातित बनाउथे । सिबिरमा कमान्डरहरु बिच पनि उथुल् पुथुल् हुने गर्दथ्यो, कोही कमरेड हरु पार्टि नेत्रित्वले लाइन बिर्सियो भन्नु हुन्थ्यो, कसै कसैले हैन ! देस र जनताकै लागि यो कदम अपरिहार्य भएको भनेर बुझाउनुहुन्थ्यो आखिर जे भए पनि हामी हेडक्वाटर माथि भरोसा राखेर पार्टी प्रोटोकलमै चलिरहेका थियौ ।
जारी सान्ती प्रकृयाको समर्थनमा मार्च पास गरिरहेका थियौ । सक्तिखोर का जङलहरुमा पनि कोइली ले गीत गाउँन थाले । बसन्त को आगमन सँगै सिरिषहरु फुल्न थाले तर हामीलाई थाहा थिएन हाम्रो जिन्दगी फुल्दथ्यो वा कोपिला मै झर्दथ्यो अझ भनौ हामीलाई हाम्रो जिन्दगी को मतलब नै थिएन । हामी त परिवर्तनका लागि हिंडेका क्रान्तिकारी थियौ, हामीले आफ्नो भन्दा पनि देस र जनताको परिवर्तनको सपना बुनिरहेका थियौ । अनमिनको लाडाकु प्रमाणिक प्रकृया पनि सुरु भयो हाम्रो क्यान्टेनमेनमा । मान्छे ले जे नहोस् भन्यो त्यही हुन्छ रे भन्थे हो रहेछ आखिर नचाहेकै कुरो भयो म पनि अयोग्य भए । म सँगै कमरेड सिरिष, कमरेड गंगा, कमरेड आहुती अनी अरु थुप्रै कमरेड हरु अयोग्य हुनु भयो ।
हामी संगै लडाईं सुरु गरेका केही कमरेड हरु भने योग्य हुनु भएको थियो । पानीको एउटै कुवा मा दुई रङ देखिएको थियो हुन त सङ्लो पानीलाई भ्यागुताले धमिलाईदिए पछी नहोस् पनि कसरी । केही कमरेड हरु हात मिलाउदै जितको गर्ब गर्नु भएको थियो भने हामी बिना प्रतियोगिताको लडाईं लढेर हारेका थियौ । एक निसाना नचुकेको मेरो फायरिङ्ग, एउटा भुते खुकुरिको भरमा दुस्मन माथि धाबा बोल्ने हाम्रो साहस, लगातार ३६ घण्टा युद्द लडेको छाती माथि आज अयोग्य को छाप लागेको थियो । यो अयोग्य भनेको के हो आँफ्नै मनले आँफैलाई सोधिरहयो ….. ?
यो एउटा सान्ती प्रकृया हो हामीले हाइकमाण्ड लाई सहयोग गर्नु पर्छ । फेरी तपाईंहरुलाई पार्टिले अयोग्य ठानेको त छैन नि ! पार्टिले तपाईंहरुको योगदान लाई सधैं उच्च मुल्याङ्कन गर्ने छ बिदाइ गर्न जम्मा भएका सिनियर कमरेड हरु ले हामीलाई सम्झाउदै हुनुहुन्थ्यो । यत्रो बर्षा सँगै काम गरेका सँगै बसेका साथी भाईहरु सँग छुट्टीदा भने मन सार्है दुख्दो रहेछ । कमरेड साहना, कमरेड झरना, कमरेड बबिता का आँसु हरु थामिन सकेका थिएनन उहाँहरु सुँक्क सुँक्क गर्दै हुनुहुन्थ्यो ।
मैले सक्तिखोरको सिबिर लाई एक फन्को मारे, सहिद्का सालीकहरुमा माल्यर्पण गरे अनी सबै प्रकृया पुरा गरेर अनमिन ले दिएको बाटो खर्च थापेर बस चढे । कमरेड हरुले हात हल्लाउनु भयो, फेरी भेट होला नि भन्दै मैले पनी हात हल्लाउदै हिंडे । मन अमिलो भयो, एउटा जिन्दगी नै हारेको अनुभुती भयो । बसले जती गती लिन्थ्यो मेरा आँखामा पनि त्यही स्पिडमा बिगतका घट्ना नाँचिरहन्थे ।
जती जे भए पनि जानु त घरै थियो । मलाई देखेर मेरा घर परिवार खुशी भए पनि गाउका मान्छे हरु कुरा काटदथे । गाउले को नजर मा म एक अयोग्य लडाकु देखिएको थिए भने प्रतिगामी तत्वहरु ले औंला उठाउने प्रयास गर्दै थिए ।
कती बेला त लाग्थ्यो सँगै लढ्दा सहादत् प्राप्त गरेका कमरेडहरु सँगै म पनि किन मरिन । पार्टिले हामीलाई फेरी बालाजु सेल्टर मा बोलायो । धेरै कमरेड हरु हतोत्साही हुनु भएको थियो, युद्दमा देखिएका जोस, कला सबै सिथिल भएका थिए । हामी केही महिना पार्टिले दिएको बालाजु सेल्टरमै बस्यौ । कतिपय साथीहरु अनमिन ले दिएको घडी मोबाइल बनाउने तालिम लिदै थिए मलाई भने कुनै दिल चस्पी थिएन त्यो । म आफ्नो जिबिको पर्जनको खोजिमा लडाकु बनेको थिइन न त घडी र मोबाइल मर्मत तालिम कै लागि बन्दुक बोकेको थिए । मैले सपना देखेको थिए मुक्तिको, समानताको, शान्तिको अनी बिकासको तर यती बेला ति सपनाका टुसाहरु कहाँ चुँडिदै थिए म स्वंयमलाई थाहा थिएन । पार्टिमा पनि धेरै खेमाहरु देखिन थालेका थिए ।
०६२ ÷ ०६३ पछी पार्टिमा प्रबेस गरेका हरुको हालिमुहाली चल्दै गरेको देखिन्थ्यो, हाइकमान्ड का नजीक पनि उनिहरुको नै आवतजावत बढी थियो । पछी मिडियामा चेक् प्रकरण सुनियो, हुँदा हुँदा पार्टी नै बिभाजित भयो । कोही साथी कता लागे कोही कता मलाई भने अत्मग्लानी हुन थाल्यो । सपनामा पनि युद्दमा मारिएका कमरेड हरुको रुन्चे अनुहारहरु देख्न थाले । मेरो आत्मले मानेन त्यहा भात खाएर बस्न, मैले भनिहाले नि कम्तिमा पनि म आफ्नो ज्यान पाल्न पार्टिमा हिंडेको थीईन । न त अकुत सम्पत्ति कमाउन मैले बन्दुक बोकेको थिए । म पार्टी छोडेर हिंडे ।जहाँ गए पनि फर्किनु त आखिर घरमै थियो । युद्दमा हुँदै मैले पिता जि लाई गुमाइसकेको थिए । रुढिबादी चलन भनेर मैले बाबुको किरिया क्रम पनि गरिन त्यसैले पनि भाईहरुले मलाई त्यती गतिलो मान्दैनथे न अरु आफन्तले । केही महिना पछी मैले बिहे गरे अनी एकजना आफन्तको सहयोग मा साउदी अरब छिरेको थिए । आज पुरा पुरा ५ बर्षा पछी म आफ्नो घर फर्केको थिए ।
छातीमा जनयुद्दले लागेको दाग र सम्झना बाहेक अरु साईनो बाँकी थिएन म सँग । आफु भन्दा धेरै पछी पार्र्टी मा लागेका साथीहरु आजकाल शहर तिर गाडी चढेर हिंड्ने रहेछन उनिहरुले चिन्ने कुरै भएन न त पेरिस डांडा तिर छिरेर आफुलाई रिन्यु गराउनु नै मन थियो । मलाई साउदी अरब छिरेको मा कुनै पस्चाताप किन लागेन भने कमसेकम मेरो पसिनाको कमाइले मेरो परिवार मा त खुशी छन । म आँगन को डिलमा बसेर यस्तै सोचिरहेको थिए ।
दाई ! दाई ! कसैले घर मुन्तिर बाट बोलायो । तल्लघरे गोबिन्दे भाई रहेछ । आउनुहोस् खसी काट्न जाउ दाई भरत काकाको मा उस्ले हातमा समाएको खुकुरी देखाउदै मलाई बोलायो । तिमी हरु जादै गर म आउछु । अघी मेरो छोराले देखेको खसी म्या म्या कराइरहेको थियो काकाको घरमा । म दुबिधा मा परे ! रुढिबादी चलन भनेर मैले आफ्नै धर्मलाई चुनौती दिए, आफ्नै बाउ को किरिया गरिन, कुनै दसैंमा टिका लगाइन अब म के गरु ? मन भित्र भित्र पोल्न थाल्यो । एकातिर घर मा धेरै बर्षा पछी दसैं जस्तो पर्ब मा छोरा घरमा भएको हुँदा आमा निकै खुशी हुनु भएको छ श्रीमती ले निकै जोरजाम गर्न थालेकि छे म कसरी यिनिहरु लाई भनु कि म कम्न्युस्ट हुँ टिका लाउदिन भनेर ? तिमीहरुको रुढिबादी दशै मान्दिन भनेर ?? उफ !
मेरो मथिङ्गल घुम्न थाल्यो फेरी पार्टी परिबेसमै फर्किए । हामीलाई कम्निस्टहरुले रुढिबादी चलन मान्नुहुन्न भनेर सिकाउने हाइकमाण्ड हरु आफ्ना बाउआमा बोकेर मनकामना मन्दिर को दर्शन मा जान्छन, आफ्ना सपरिवारसाथ मानसरोबरको तिर्थ यात्रामा निस्किन थाले भने म जुन धर्म र संस्कृतिमा जन्मिए, हुर्किए अनी त्यही धर्म लाई टेकेर कसरी रुढिबादी भनेर हिडु अब पनि । आफुले आफुलाई धेरै केलाए अनी कठोर निर्णय लिए हो मैले अब दसैं मनाउछु ।
छोरो फेरी म्या म्या भन्दै त्यही सिप्ठानोको खसी समाएर मेरो सामु आयो । मैले च्याप्प उस्का हात समाए अनी फटाफट लागे पल्लोघरे भरत काकाको घरतिर । केटाहरुले खसी ढ्लाइसकेछन, रौं खुर्किदै थिए । भरत काका भने कमसेकम २५ किलो छ यो खसी भन्दै हुनुहुन्थ्यो । म चुपचाप भाईहरु सँगै खसी को रौँ खुर्किन थाले ।
कथाकार : प्रदीप सुबेदी, ज्यामरुककोट म्याग्दी