एउटा प्रदेशीले लेखेकाे कविता – दशैँ अायाे रे गाउमा

arjun-bk
लेखक : अर्जुन बि.क. “सुसार

चारै चौबाटोमा सरसफाई
अनि, गेरु कमेरोले लिपिदैछ रे घर ।
सुन्दरता स्वच्छता अनि ताजगी, आएको छ रे गाउँ बस्ती वरपर ।।
माथिल्लो थुम्का मन्दिरमा पनि,
जमारा सुन झैँ पँहेलो भयो रे ।

माथ्ला घरे रामेदाइले पनि,
दशैँका लागि जख्खड खसी ल्यायो रे ।।
सररररररर साईली भन्दै साथिहरु,
लिङ्गे अनि चर्खे पिङमा खेल्दै छन ।
आफ्नो त प्रदेशमा जागिरमै, फुर्सद छैन,
चाडपर्ब आउदा साह्रै रुने रैछ मन ।।
भुन्टीले दशैमा आउनु ल
प्रिय भन्दै, फोनमा बिलौना गरेकि थियौ ।
ल ल म छुट्टी मिलाएर आउछु भन्दा,
ओठमा मुस्कान भरेकी थियौ ।।
आमाको लागि रातो सारी, किनेर
ल्याउला भनेको पनि । छुट्टी पाईन
ब्यार्थै भयो मैले, दशै आउने दिन गनेको पनि ।।
अहिलेकोे दशैँमा आउन पाईन भुण्टी,
अर्काे दशै मनाउन पक्कै आउँला ।
बाबा आमाको आशिर्वाद थापौँला,
सँगै खाउँला, पिङ् खेलौँला मख्खै रमाउँला ।।।।

प्रदेशी अर्जुन बि क
देबदह – २ ढेकावर , हाल दोहा कतार

प्रकाशित : शनिबार, असोज ०८, २०७३०४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पठाउन नसकेको पत्र