पठाउन नसकेको पत्र

लेखक : अर्जुन घिमिरे
लेखक : अर्जुन घिमिरे

प्यारी बहिनी सनु मुटुभरीको न्यानो माया अनि जनम् जनमका अनगिन्ती मायाका सौगातका साथै लाखौ लाख सुभेच्छाका लहरहरु तिम्रो लागि ।

हेर त सनु तिमी सङग नबोलेको पनि आज पूरा बर्ष दिन भयछ यस्को मतलब यो होइन कि तिम्रो यादै आउदैन तिम्रो माया नै लाग्दैन मलाई । हेरत सनु कति कमजोरी रहेछ भाग्य चाहेर पनि तिम्रो नजर मा कहिल्यै राम्रो मान्छे हुन सकिन….मैले पहिलेनै भनेको थिय त्यो सत्य हो तिम्रो र मेरो बिहे असम्भव थियो तर पनि म तिमिलाई मरेर माया गर्थे के सनु तेसै ले त हरपल तिम्रो मात्र याद मा डुभि रहन्थे ।। कुनै पल भन्न सक्दिन तर कुनै दिन बाकी नहोला तेरो याद नाआयको आखिर किन यस्तो हुन्छ होला हगि सनु?

हुन त सनु नत तिम्रा आँखा राम्रा थिय, नत नाक, नत ओठ नै र अरु कमजोरी त्यो तिमी लाई नै थाहाहोला, र पनि किन हो किन तिमि असाध्यै मन पर्थ्यो के कालि ।।। अनि यकायक म यस्तो बेवाहार गर्थे के तिमिलाई जुन ब्यवाहार यौटा नारी लाई गर्न मलाई शोभा नै मिल्दैनथ्यो…त्येस्माथी अर्कै कि श्रीमती भैसकेकी वा हुन लागेकी तिमी लाई अजै पनि यति धेरै माया गर्ने कति धेरै लाचार अनि कति धेरै बिवस मान्छे म ।।।।। थुप्रै पुगेर पनि आज केही नपुगेको आभास महसुस हुन्छ घरी घरि। तिमिले त के सोचथेउ सनु तो कहिल्लै थाहा भयन, तर पनि म औधी माया गर्थे के तिमिलाई तर किन आफैलाई थाहा छैन ।।। मेरो जीवन मा पनि तिमि भन्दा धेरै राम्रा केटी हरु नाआयका होइन र बिहे गरे पनि तिमि भन्दा धेरै राम्रा केटी हरु सजिलै पाहुला तर पनि सनु तिमिलाई त पाहुदिननि ! हो सनु तलाई त पाहुदिन नि ।।।।. बरु सनु हाम्रो भेट् नभैदियको भय कत्ति जाती हुन्थियो होला यति धेरै पिडा त हुने थियन पल पल…. म चाहान्थे के सनु तिम्रा याद का कुनै अंस हरु बाकी नरहुन म मा ताकी जुन याद ले जुनिभर सताउनु सताहोस मलाइ तेसैले तिमी संघ नबोल्ने निर्णय गरे मैले जुन निर्णय ले स्वोयम आफैलाई अर्ध पागल पनायो मानसिक रोगि सरह बनयो तर तिमिले कहिल्लै बुझिनौ सनु कहिल्लै बुझिनौ यात भनु बुझनै चाहिनेउ……आज यी सब कुरा तिमिलाई नभने पनि हुने हो तर पनि म भन्दैछु किनकी मन भित्र का पिडा लुकायर बाच्न जनि धेरै गह्रो हुन्छ तेति धेरै मन भित्र का पिडा फुकायर बाच्न सजिलो हुन्छ अरे सनु तेसैले यी सब कुरा गर्दै छु आज तिमी सङ बच्चि ।।। यो पनि मेरै भग्य को कहानी हो नत तिम्रा मिठा दुई सब्द नशिभ भयो मेरा लागि नत निकट सम्बन्ध नै ।। तिम्रो माया नहुदो हो त सङै काम गर्ने हामी तिमिले किम्पनी छाडछु भन्दै मा किन मलाई ठुलो रेक्टर स्केल को भुइचालो आउनु परेको थियोे र अनि किन ब्लड प्रेसर ह्वात्तै बढनु परेको थियो र अनि तिम्रो बिहेको कुरा गर्दैमा मेरा कान हरु किन आफ्से आफ किन रातो हुनु परेको थियो र? अनि viber अनि facebook मा खोजी खोजी तिमिलाई ह्रेनु परेको थियो र तिमिले जिस्कियको मन नपराउदा नपराउदै पनि किन घरी घरी जिस्काउनु परेको थियो र यी सब माया हो सनु यकोहोरो माया ।।। सनु तिमिले यि सब कुरा पढी रहदा मलाई नाना थरी गाली गर्दै हौलि .. र त्यो पनि थाहा छ मलाई यी शब्द ले केहि हद सम्म पनि छुने छैन तिमिलाई र पनि म भन्दै छु यी सब कुरा नत्र भने यो यक तर्फी मायाले जिहुदो लास बनाउने छ मलाई। यी सब कुरा सुनेर अनर्थ नलिनु सनु र नरुनु पनि हुन त तेस्तो कोमल मन तिमिमा कहाँ छ र ? र पनि नरुनु तिमी तिम्रा ती आँखा मा एक कत्र आँसु पनि सैहे हुदैन के प्यारी मलाई।आज मलाई धेरै गह्रो भयो सनु तिमी सङ नबोल्दा आफ्नो निर्णय ले आफैलाई कम्जोर बनायो आज तर अब सक्दिन सनु तिमि सङ नबोली बस्न।।। मरेर जाने चोला आज हो कि भोलि तिमी सङ नबोलेर संसार जित्नु छैन मलाई हुन त तिम्रा गाली सुन्न कुनै सब्ध बाकी रहेन मलाई साला देखि घटीया सम्म दोस कस्लाई दिउ सायद तिम्रो नजर मै यस्तै थिय म ।।।।म हारे सनु स्वोयम आफै सङ हारे…….? नजानिदो पाराले हारे ।।।र पनि सनु एक चिम्टि सिन्दुर ले सिउदो रङ्गाउनु मात्र माया होइन ।।।मन त धेरै पटक दुखायौ मेरो र पनि तिम्रो माया कहिल्कै घटेन के सनु अझ भनु है सनु घटाउनै चाहिन।।

सनु आज एउटा कुरा भन्न मन लगेको छ प्रेम गर्नु आफै मा पाप होइन तर पनि कसै लाई प्रेम नगरे पनि उस्को सच्चा प्रेम लाई इज्जत गर्न नजान्नु माहा पाप हुने छ ।

सनु मेरी प्राण प्यारि मुटु कि टुक्रा किन यति धेरै nisturi भयको र? तिमिलाई यति धेरै माया गर्ने म जस्तो मान्छे पनि घटीया हुन सक्छ र? म के माने मा घटीया भय सनु आज सोध्न मन लगेको छ तिमि सङ ?छुन त तिमिलाई धेरै ले छोय होलान धेरै ले जिस्काय होलान तर म जिस्कनै नहुने के म मोटो नहुनु नै अभिसाब थियो त? मान्छे को बनावट बाट नै घटीया निर्धारण हुने होर र मेरि सनु ?

मेरि सनु मेरा धेरै रात हरु छ्न जुन तिम्रा याद ले मलाई सुत्न नि दियनन तिमिलाई मेरो कसम सनु तलाई धेरै माया गर्थेके लाटि नत्र त यौटा साधारण केटी को याद मा किन यक्लै यल्लै एकान्त मा भक्कानीयर आँसु बगाउनु पर्थ्यो र ।ठुला सपाना बुनेको थिय मेरि सनु लाई माया नै मायाले सजाउला तिमीलाई माया नै मायाले हसाउला तिमिलाई सोचेको थिय सनु धेरै सोचेको थिय के के सोचेको थिय के के सोचेको थिय सोच्नु सोचेको थिय अनगिन्ती सोचेको थिय l

कोरियाली निरस जीवन यक्लै यक्लै रमाउने बानि बसिसकेको म त्यति कै मा तिमी आयौ एउटि सोझि गाउँ कि केटी सुन्दर केटी अनि black & white यकदम “साधा” तिमी । तिम्रो आगमन ले बेग्लै आभास दिलायको थियो के मलाई सोच्थे अब मेरो जिन्दगि पनि रङगिन हुनेछ मन भरी का बात हुने छ्न तिमी सङ तेसै ले पनि होला धेरै बर्ष पछी सनु म धेरै खुसी भयको थिय तर मलाइ के थाहा त्यो खुसी पलभरलाई मात्र थियो भन्ने । के सनु तिमिलाई मैले हेर्नू मात्र पर्थ्यो र छुनु खोज्नु हुन्थियन र ? तिमिलाई त सनु बिस्तारै बिस्तारै मन मन्दिर मा सजाउन पो थालेछु सायद तेसैले होला यस्तो लाग्थ्यो सनु मेरि नै हो तेसैले त तिमी सङ जिस्किदा पनि स्वर्गिय आभास हुन्थ्यो तर तिमी ले किन नबुझेको मेरि प्यारी ? के अब फेरि ती दिन हरु आउलान र सनु तिमिले पछाडि बाट लात्तिले हान्दी हौ अनि म दुखेको अभिनय गरि मुखले जे बोले पनि मन मनै मख्ख पर्दो हु ।।खै काहा गय ती दिन हरु ती पल हरु जुन कम्पनी मा तिमिसङ रमायका ।।।सनु तिमिलाई अरु ले छोय को त परै को कुरा कोहि तिमी सङ अनावश्यक बोलेको र नजिक हुन खोजेको पनि मेरो लागि सैहे हुदैन थ्यो के प्यारी । खै किन यका यक तिमिमा यतिधेरै परिवर्तन आयो? ,म मा तेस्तो के खोट देखेउ र सनु जस कारण यति धेरै चोट दियौ मलाई? नत्र त रक्सी नखाने खाल को म रक्सी बढी खायको ताल मा किन मौका खोजी खोजी तिमिले म सुति सकेको मान्छे लाई किन तेति धेरै नमिठा शब्द ले गाली गरेउ र सनु के म तेत्ती हैसियत को मात्र पात्र थियत ? म मा पनि त घाइते नै भयनि मुटु त छ नि । पिटे को त बरु यकैछिम दुख्छ तर तिम्रो वचन ले त सनु जीवन भर निको नहुने गरि मुटु भित्र आलो घाउ बनेर चसक्क चसक्क चस्काई रहने भयो । बरु सनु पहिल्लै भने भै हाल्थियो नि म सङ नबोल्नुस भनेर म प्रयास गर्ने थिय तर किन रक्सी खायको मौका कुरेर बसेकि सनु?तिमी तेहि केटी हौ जस्लाइ म मन मुटु मा सझाउथे अनि तिमी तेहि पहिलो केटी हौ जस्ले यति धेरै माया का सौगात दियौ कि जुन मायाका शब्द -शब्द ले जिउँदो लास बनायको छ मलाई wA सनु wa सलाम छ तिमिलाई अरुको जीवन बेवारिसे गराउन सक्ने तिमी।। देख्दा सोझि देखियपनी तिमि त सच्चा खेलाडी पो रहिछेउ जो कोहिलाई सजिलै हराउन सक्ने आज भोलि त तिमी मलाई पागल भयो भन्छेउ होला तर पागल भन्नू भन्दा पनि पगल कस्ले बनायो भनेर कहिल्लै सोचेउ सनु? मलाई देखाउनै को लागि भय पनि अरु सङ्ग जिस्किय को नाटक गरेर के पायौ सनु जुन कुरा मैले दिन सक्थिन ? ज्योरो नाप्ले थर्ममीटर भय जस्तै मर्म नाप्ले मर्म मिटर भै दियको भय नापेर देखाउने थिय तिमिलाई तिमिले दियको मर्म तर नमिल्दो रहेछ ।म चाहान्थे तिमी हास तिमी खुसी हौ अनि त्येसैले त तिमिले भनेका प्रतेक कुरा हरु खुरु खुरु मान्न मन लाग्थ्यो के सनु मलाई तर आज समय ले यस्तो मोड मा ल्यायर छाडिदियो बिस्तरै बिस्तारै तिमी संङ बोल्न पनि दकस लाग्न थाल्ने अवस्था सृजना भयो । अझ भनौ बोलचाल नै बन्द भयो के सनु।।।। आखिर यत्ती नै थियो त मेरो माया को परिणाम? सनु ती दि हरु पनि आयका थिय तिमी सङ हासेर बोल्दा पनि मेरो लागि लाख हुन्थ्यो तेसैले त घरी गरि जिस्काइ रहन्थे अनि पल पल हेरिरहन्थे जब तिमिलेनै म भित्रका गुन भुलेर नभयको अवगुणको खेति गर्न थाल्यौ अनि म पनि आफु नचाहेर पनि परिवर्तन हुन विवस भय, तिम्रो हरेक क्रियाकलाप को तिम्रा प्रतेक सिघार पटार को चासो राखी राख्ने म पनि त्यस पछी का दिन हरुमा तिमी देखि टाढा टाढा भाग्न थाले त्येसपछी का दिन मा तिमी कम्पनी कति बेला आउथेउ कतिबेला जान्थेउ काम गर्थेउ ,गर्थिनौ यात तिमी आउदै आउथिनौ केही थाहानै हुन छाडयो बिस्तारै बिस्तारै।।। मनै त रहेछ नि सनु सब थोक…मन मनै मरे पछी त केनै रह्यो र ?

हरेक सम्बन्धको आआफ्नै महत्त्व हुन्छ,एउटा नहुदा काम चल्छ तर,, अर्कोले तेस्कोकमि परिपुर्तिगर्न नै कहाँ सक्दो सहेछर,त्यसैले आफैं झुक्न मन लाग्यो तिमी सङ । सम्झायर massage पनि पठायको थिय तर रिप्लाई नै दिइनौ ।। मेरा यति धेरै कुरा जान्दा जान्दै पनि सनु तिमिलाई कुनै समय कुनै पल मा म पर्ती एकरक्ती पनि दया माया जागेन है ?के तिमी मा नारि को मन थियन र कालु ? नारिको मन त कोमल हुन्छ भन्थे देखेकी थियौ जानेकी थियौ मेरो पो आखिर को थियो र कोरिया मा बहिर हेर्दा जे जस्तो भय पनि कोरियाली जीवन मेरो लागि सधै निरस मात्र भयो ठक्कर मात्र खाइयो आजआयर त्येसमाथी तिमिले पनि ..मुटु मा वचन को छुरा हानेउ ।।।आज तिमी लाई सनु भन्दा पनि शिला (ढुङ्गा )भन्न मन लागेको छ ।

अधर ले चुमुला भनेको तिम्रो मुहारमा आज अरु कसै ले सुम्सुमाउदा म मौन भयर टुलु टुलु हेर्न बिवस छु सनु र

लाचार पनि हुनत सबैलाई भाग्य छानी छानी कहानै छ र

कास तेस्तै भाग्य मानी म भैदिदो हु।।।।

तिम्रो मान्छे बनुला भन्ने त रहर मात्र भो

रहर गर्नु मात्र पनि काहा रहेछ र जिवन

जीवन त सोचाई नभयर भोगाइ रहेछ।

अनि प्रेम प्राप्ती नभयर त्याग रहेछ।

हुनत तिमी मेरि चाहाना होइनेउ तिमिलाई जीवन साथि बनाउन म असमर्थ थिय तर पनि धेरै माया लाग्थ्यो के प्यारी तिम्रो ।।। कस्तो माया भनौली

तिमी पर्तिको झुकाब र सधै को सकारात्मक सोच

कसैलाई मन पराउनु र चाहानु आफैमा अलग अलग कुरा हो तर म भने तिमिलाई चाहाने होईन मात्र माया लाग्थ्यो के सनु तर त्यो माया निकै पबित्र थियो निकै गहिरो थियो। तर जति नै माया लागे पनि आखिर के नै भयो र यता म एकायक जल्दै गय सकिदै गय नासिदै गय तिम्रो याद मा तिम्रो सम्झना मा उता भने तिमी रमाउदै गयौ आफ्नै दुनिया मा आफ्नै संसार मा ।।

सेप्टेम्बर मा पर्ने मेरो मेरो जन्म दिन कम्पनी मा सबैले birthday wishes गरे तर तिमी happy birthday भन्न पनि सकिनेउ , मेरो मन मा गाठो पर्यो हुन त सनु म happy भयको खुसी भयको तिमिलाई

मन पर्दोहोत भन्दिहौ होइनर? आस बढी नै गरेको थियके सनु तिमी बाट तर हेरत प्यारी केही पूरा भयन आज, केही पूरा भयन ।।।।

मपनी त्यति सामान्य हैसियत को मान्छे थिइम जो तिमिले खुशी नमान्दा नमान्दै तिम्रो पछी लागू यहाँ कुरा हैसियत को भन्दा पनि

तिमी सङ जोडिएको सम्बन्ध को हो जुन सम्बन्ध कायम राख्न तिमी सङ लाखौ प्रयास नगरेको पनि होइन,चाहाना थियो सबैको नजर मा सधैं राम्रो मान्छे बन्न सकु तर तिमी सङ को प्रयास मा म सधै हारी रहे वस, हारिरहे

सनु तिमी लाई मुस्कुराय को भन्दा पुरै खुलेर हासेको सुवाउछ जाहा तिम्रो लुकेको दारो पनि देखिन्छ जुन मलाई औधी मन पर्थ्यो अनि कपाल छाडिएको भन्दा यक चुल्ठी बाटेको सुहाउछ । हुनत तिम्रो कपाल तेसै राम्रो छ।।। खुसी त सनु रक्सी खाने बेला बाहेक तिम्रो चेहरा मा पनि मैले कहिल्लै देखिन भाग्य माने त तिमी पनि छैनेउ सनु कलिलो उमेर मै यति दुख झेल्नुपरेको छ त्यो पनि बिदेश को ठाउ मा त्यसैले पनि होला तिम्रो मुहार प्राय उदास नै रहन्छ ।। भाग्य ले पायको जिन्दगी हो सनु हासेरै जिउनु हसायर जिउनु आखीर जतिनै सुन्दर भय पनि मरेपछि त खरानिनै हुने हो माटो मै मिल्ने हो मलाई कम्जोर देखेर हेपे पनि सबै को नजर मा राम्री हुनु तिमी । सोधे थाहा हुने न त होनि कहिल्यै सोधेउ र सनु मेरो माया कति लाग्छ भनेर म जस्तो यक्कलकाटे रुने मान्छे को त के नै अर्थ रह्यो र। (जिउन मा एउटै गुनासो रहने भयो सधै तिमी सङ किन अर्कै किसिम ले बुझेउ मलाई ? त्यो दिन तिमी बोलेकी हौ या रक्सी बोलेको हो आज सम्म पनि बुझनै सकिन मैले ) बिदेस मा छेउ घर परिवार को साथ मा छैनेउ तेसैले नारी अस्मिता लाई जोगाइ राख्नु । यहाँ मान्छे हरु यकथोक देखिन्छ्न तर अर्कै भैदिन्छ्न यहाँ आबेग मा आयर नराम्रो निर्णय नगर्नु , ताकी जुन निर्णय ले जीवन भर रुन परोस, सबै ठाँउ मा आफुलाई control गरेको राम्रो।मेरो जीवन रहेछ भने यस्तो कुरा सुन्न पाहियोस कुनै दिन मेरि सनु ले रक्सी खन छाडि भन्ने। यस्को मतलब तिमी लाई दुखी हौ भन्न खोजेको होइन, हुन त खान बनेको कुरा किन नखाले भन्ने प्रश्न पनि आउला त्यो तिम्रो खुसी, अरु त के भनु र म भन्दा जान्ने सुन्ने तिमिछेउ ।तिमिलेत खै म भन्न सक्दिन तर तिम्रो जीवन साथी ले जीवन मा कहिल्लै दुख पाउने छैन यदि तिम्रो साथ र माया पायो भने ।

सनु आज तिमी काहा छेउ कस्तो अवस्था मा छेउ सयद खुसिनै हौली सक्छेउ भने एकपटक मेरै लागि भयपनी बिगत सम्झनु जहाँ हामी संगै थियौ ।र फेरि सम्झ ती दिन हरु के म साच्चै नै नराम्रो नियत को मान्छे थियत ? त्यो तिम्रो मन लाई सोध ??अनि धेरै पर्दैन सनु एउटा मात्र घटना सम्झ जुन तिमिलाई मैले नराम्रो ब्येवाहार गरेको ,तिमिसङ नमिठो बोलेको,तिम्रो मन दुखायको,तिमिले मेरो जस्तै मैले तिम्रो खिसी उडायको, यदि भेटेउ भने ठान्नु म साच्चै नै तिमिले कुल्चियको भुईको धुलो थिय ।।र तिमिले गरेको निर्णय मा तिमी झन धेरै खुसी हौलि।।।

प्रकाशित : शनिबार, असोज ०८, २०७३०५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सपनाबाट ब्युँझेपछि यसरी तरबार फ्याँके काजीबाले…