सेतो खुकुरी बोकेर आउँदो शनिबार थिएटर मलमा आउने भए ‘काजी बा’ !

काठमाडौँ, ३ असोज – दसैँ, असत्यमाथि सत्यको विजय र अहिंसाको सन्देश बोकेको नाटक ‘काजी बा’को प्रदर्शन थिएटर मल, काठमाडौँ मलमा देखाइने भएको छ ।

नाटकमा दसैँका नाममा हुने गरेको सांस्कृतिक विचलनलाई कथामा समेटिएको परिकल्पनाकार दुर्गा दाहालले बताउनुभयो । दाहालले भन्नुभयो – “सत्य र असत्यको विजयका सन्दर्भमा मनाइने महान् पर्वमा हाम्रो समाजमा हुने गरेका ढोङ र अधर्मको विषय उठाउन खोजेको छ । नाटक कस्तो छ त्यो त दर्शकले मूल्याङ्कन गर्लान् ।”

नाटक निर्देशन अजय अधिकारी ‘सुशील’ले गर्नुभएको हो । नाटक आगामी शनिबार दुई चरण (दिउँसो १ र ४ बजे) मात्र देखाइने बताइएको छ । रासस

प्रकाशित : सोमबार, असोज ०३, २०७३०७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा प्रदेशीले लेखेकाे कविता – दशैँ अायाे रे गाउमा