यस्ता राजा जस्का ६० वटी रानी छन्, त्यसमाथि एक देशमा खाना खान्छन् अनि अर्को देशमा सुत्न जान्छन

nagaland-hunters_kings
लोंगवाका राजा र उनको परिवार

काठमाडौँ, एजेन्सी – आज यो आधुनिक विश्वमा पनि ६० वटी श्रीमती ! भएका त्यो पनि राजा अस्चार्य त अवस्य नै हुन्छ । अझ त्यसभन्दा पनि आश्चर्यको कुरा त के भने यी राजा हरेक दिन एक देशमा खाना खान्छन् र अर्को देशमा सुत्न जाने गर्दछन् ।

यो एकाइसौं सताप्दीको आधुनिक युगमा यी विचित्रका राजा हरेक दिन म्यानमारमा खाना खान्छन् र सुत्नका लागि भारत आउँछन्, त्यो पनि कुनै जहाजमा सवारी गरेर होईन । झट्ट सुन्दा केहि फिल्मी कहानी जस्तो लाग्ने यो सत्य घटना हो, भारतको नागाल्याण्डस्थित लोंगवा भन्ने गाउँको । यस ठाउँको एक कोन्याक भनिने जनजातिका मानिसहरु बसोवास गर्दछन्।

अब यस कहानीको पर्दा खोल्ने पालो; नागाल्याडको यो बस्ति अथवा गाउँको लगभग आधा भू-भाग भारत तर्फ  पर्दछ भने आधा भाग म्यान्मारमा, म्यान्मारलाई बर्मा भनेर पनि चिन्ने गरिन्छ । भारत र बर्माबीच खुल्ला सिमा ब्यबस्था छ, त्यसैकारण पनि यहाँका मानिसहरु विना कुनै पासपोर्ट र भिसा भारत र बर्मा आवतजावत गर्ने गर्दछन् ।

संचार मध्यमहरुका अनुसार यस आदिवासी समुदायका राजा हुन्, अंग नगोवांग । यिनी राजाले लोंगवा गाउँ सहित अन्य विभिन्न ७५ वटा गाउँ शासन गर्छन् । र अर्को अनौठो कुरा के छ भने यी राजा बस्ने जुन दरबारको क्षेत्र छ त्यसको बीचबाट आधा भारत र आधा बर्मामा पर्छ, किनकी बर्मा र भारतको सिमामा उनको दरवार छ।

त्यसैले राजाको परिवारको भान्सा म्यान्मारमा पर्छ भने शयन कक्ष भारतमा । सोही कारण राजपरिवारले म्यान्मारमा खाना खान्छ र भारतमा गएर सुत्दछ । यी राजाको परिवार पनि निकै ठूलो छ । यिनका ६० वटा पत्नी छन् र उनका छोराहरु बर्माको सेनामा संलग्न छन् ।

अर्को कुरा  यस गाउँका मानिसहरुले भारत तथा  म्यानमार दुबै देशबाट नागरिकता लिएका छन् । यो निकै नै खतरनाक आदिवासीलाई आदिवासी अन्तर्गत पर्दछन् । यिनीहरु हृेड हन्टर्सको नामले परिचित रहेका छन् ।

किनकी यिनीहरुले प्राचीन समयमा मानिसको नै सिकार गर्ने गर्थे र मान्छेको टाउको साथमा लिएर जाने गर्थे । तर सन् १९६०  को समय पछि भे  उनीहरुले हेड हन्टिंग छाडिसकेको अवस्था छ । तथापी हामीले अहिले पनि यस समुदायका मानिसका  घरमा सजिएर राखिएक मानव खप्पर सजिलै  देख्न भने पाईन्छ ।

प्रकाशित : आइतबार, असोज ०२, २०७३०७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहे गर्न कुमार केटा पाउदैनन् यहाँका युवतीहरु, कारण झन् आश्चर्यचकित पर्ने खालको छ