हरेक युवतीले आफ्नो यौवन आवस्थामा एउटा सुन्दर सपना देख्छन्, आफ्नो जोडी मिल्दो मनले खाएको युवकसँग घरजम गर्ने । तर, यहाँ एउटा ठाउँ यस्तो पनि रहेको छ, जहाँका युवतीहरुको लागि विवाह गर्न धेरै नै गाह्रो भइरहेको छ ।
आखिर के कारण हो त ! यो ठाउँमा यस्तो किन भएको होला, कारण जन्निउहोस् ।
यो स्थान हो, ब्राजिलको नोइवा दो कोरडेएरो कस्बा जहाँ २० देखि ३५ वर्ष उमेर सम्मका महिलाहरु अहिले पनि आफ्नो लागि एउटा लायक केटा खोज्न कै लागि भौतारिदै हिडेका हुन्छन् । यस कस्बामा युवती अतिनै सुन्दर हुने गर्छन् र त्यहाँका हजारौं युवतीहरु विहे गर्नको लागि तड्पिरहेका छन् ।
यहाँ अति नै आकर्षक तथा धेरै राम्रा केटीहरु बस्छन् । तैपनि यहाँको केटीहरुको लागि धेरै समस्या भनेको कुमार केटाहरु पाउनु नै हो ।
कस्बामा बस्ने केटीहरु प्रेम अनि विहेको सपना संजोती छ तर केवल विहेको लागि कस्बालाई छोड्न चाहदैन् । दोस्रो गाउँका केटाहरु आफ्नो गाउँ आएर आफूहरुसँग बसुन् भन्ने इच्छा केटीहरुको हुन्छ । साथै पहाडीहरु सँगपनि विहे गर्न चाँहदैनन् जहाँ कुमार केटाहरु छन् तर धेरै कम उमेरका छन् ।
यद्यपी कस्बामा यो समस्या केटाकेटी बीचको जन्मदरमा रहेको फरकले हुन गएको हो । यहाँ खेतीपातीमा पनि महिलाको नै वर्चस्व हुन्छ । उनले नै बनाएको नियम लागु हुन्छ जसको आधारमा पुरुषहरुले चल्नुपर्छ ।