अब आमा बिनै पनि जन्माउन सकिन्छ बच्चा, बेलायतमा मुसामाथि गरियो यस्तो एकअध्ययन

काठमाडौँ, भदौ २९ – बिज्ञान र प्रविधिको युगमा हेरेक असम्भब लाग्ने कुरा सम्भब भएको हामी सबैले सुनेका र देखेका पनि छौं । हो, अब असम्भब लाग्ने कुरा जुन आमा बिना पनि बच्चा जन्माउन सकिने सम्भावना रहेको वैज्ञानिकले एक अनुसन्धान मार्फत बताएका छन् ।

sperm-2

वैज्ञानिकले अण्डा वा डिम्बको सट्टामा छालाको कोषबाट निर्माण गरिएको अण्डा अथवा डिम्बबाट बच्चा जन्माउन सकिने एक अनुसन्धानबाट देखिएको हो । अब यसको विकासले गर्दा लोपउन्मुख हुने हुन लागेका पशुपक्षीको संरक्षण र सम्बर्धन गर्ने  सहयोग पुग्ने अनुसन्धानमा संलग्न वैज्ञानिकले जनाएका छन् । उनीहरुका अनुसार यसलाई मानिसहरुको प्रजनन् स्वास्थ्य समस्याको उपचारका लागि पनि उप्रयोग गर्न सकिने कुरा बताएका छन्।

बेलायतको युनिभर्सिटी अफ बाथका वैज्ञानिकले मुसामा गरेको अध्ययनबाट पोथी मुसाको डिम्ब अर्थात् अण्डा बिना नै शुक्रकिटलाई भ्रुणमा परिणत गरी स्वस्थ मुसा जन्माउन सफल भएका छन् । यसले के प्रमाणित गर्छ भने  बच्चा जन्माउनका लागि पोथीको डिम्ब अथवा अण्डा नै अनिवार्य नहुने कुरा देखाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले उल्लेख गरेका छन् । डिम्बको सट्टा छाला वा अरु अंगका कोष प्रयोग गर्न सकिने भएको छ । छाला वा अरु अंगका विशेष कोषबाट बनाइएको अण्डा अर्थात् डिम्बमा शुक्रकिटको मिलन गरेपछि  भ्रुण बनाउन सकिएको उक्त सोधका सोधकर्ता डा. टोनी पेरीले बताए । यो सफलता करिब २०० भन्दा बढी वर्षको प्रयासपछि मिलेको र यसबारे अझ थप अनुसन्धान गर्नु पर्ने  खाँचो पनि रहेको उनले भनेका छन्  ।                                                                                                        motherless-mice-tony-perryयस अनुसन्धानको सफलतापछि अब दुई पुरुष वा एक्लैले पनि बच्चा जन्माउन सक्ने देखिएको हो । यसका लागि एकको विशेष कोष डिम्ब बनाउनका लागि प्रयोग गरिने र अर्कोको शुक्रकिट त्यसमा राखेपछि भ्रुण बन्ने वैज्ञानिक पेरीले बताए । वा एउटै पुरुषको शुक्रकिट र विशेष कोष प्रयोग गरेर पनि बच्चा जन्माउन सकिने भएको छ ।

प्रकाशित : बुधबार, भदौ २९, २०७३११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता राजा जस्का ६० वटी रानी छन्, त्यसमाथि एक देशमा खाना खान्छन् अनि अर्को देशमा सुत्न जान्छन