थुकेर पाहुनालाई स्वागत गर्ने, यो कस्तो प्रचलन !

masai-ritualएजेन्सी – हाम्रो समुदायमा बिशेष गरी घरमा आएको पाहुनालाई बडो नमन गर्दै जोशका साथ ढोग नमस्ते इत्यधि गर्दै मिठा  परिकार खुहेरा स्वागत गरिन्छ । तर, एउटा यस्तो आदिबासी समुदाय छ जहाँ घरमा आएका पाहुनालाई थुकेर स्वागत गर्ने गरिन्छ ।                                                                             masai-tribeकेन्या तथा तान्जेनियामा बसोवास गर्ने मसाई जनजातिले भेट हुनासाथ एकअर्काको हातमा थुकेर अभिवादन गर्ने गर्छन् । उनीहरुले एकआपसमा हात मिलाउँदा पहिले दुबैजना एकअर्काको हातमा थुक्ने अनि मात्र हात मिलाउने गर्दछन् । यसो गर्नाले दुष्ट आत्मा तथा नराम्रो पक्षबाट बच्ने सकिने मान्यता यस समुदायमा  चलिआएको छ । यो मसाई समुदायको बिशेष प्रचलित परम्परा नै हो ।                                                                            spitting-your-blessingsयति मात्र होईन उनीहरुले बच्चा जन्मने बित्तिकै नवजात शिशुको शरिरमा पनि थुक्ने प्रचलन छ । यस्तो गर्नाले नवजात शिशुलाई दुष्ट आत्माको आखाँ नलाग्ने  बिश्वास रहिआएको छ ।

 

प्रकाशित : शुक्रबार, भदौ २४, २०७३१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब आमा बिनै पनि जन्माउन सकिन्छ बच्चा, बेलायतमा मुसामाथि गरियो यस्तो एकअध्ययन