के हो ग्यास्ट्रिक ? कसरी यसबाट बच्न सकिन्छ ? जानीराखौँ

Gastritisसामान्यत ग्याष्ट्रिक रोगबाट कोही पनि अछुतो छैन कुनै न कुनै सकयमा हामी यसबाट प्रभाबित भएकै हुन्छौ । त्समाथि पनि हामी नेपालीहरुकोबानी समयमा खाने बानी हुदैन । कहिले समयले मिल्दैन कहिले काममा नै ब्यस्त भइन्छ । भोक नलागेसम्म खाना नै नखाने धरैको बानी छ । त्यसुैले पनि हामी यसको सिकार भएका छौँ । सन्तुलित रुपमा खाना खाने र प्रसस्त मात्रामा पानी पिउने गनर्नालोहामीयस किसिमको समस्याबाट मुक्ति पाउन सक्छौँ ।
के हो ग्याष्ट्रिक
ग्यास्ट्रिक नामले चिनिएको पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणले युक्त रोगको चिकित्सकीय नाम ग्याष्ट्राईटिस हो । चिकित्सकिए भाषामा अमाश्यका भित्ताको इन्फ्लामेसन सुन्निएर रातो, तातो भएर दुख्नु लाई ग्याष्ट्राईटिस भनिन्छ भने रोग बढ्दै गई भित्ताहरुको श्लेश्म झिल्ली च्यातियर घाउ भएको अवस्थालाई ग्याष्ट्रिक अल्सर भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा ग्याष्ट्रिक रोगको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रुप हो ।
ग्याष्ट्राईटिसलाई तीव्र तथा दीर्घ÷जिर्ण गरेर दुई समूहमा बाँड्न सकिन्छ ।
तीव्र ग्यास्ट्राईटिस
तीव्र ग्यास्ट्राईटिस पेटका भित्तामा भएका कोषहरुमा हानि गर्ने पदार्थहरुको उपभोगले गर्दा हुन्छ । ती पदार्थमाः दुखाई कम गर्ने एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन जस्ता औषधि, विष सेवन, मसला, पिरो र नुन ज्यादा हालेको खानेकुरा, जाँड–रक्सी र कोकिन जस्ता मादक पदार्थहरु पर्दछन् ।
अमाश्यमा हेलियोब्याक्टर पाइलोरी एच पाईलोरी लगायत अन्य ब्याक्टेरिया, भाइरस, कृमी वा ढुसीहरुको संक्रमणले पनि ग्याष्ट्राईटिस हुने गर्छ ।

यसैगरी जीर्ण ग्याष्ट्राईटिसकोे कारणमा हाम्रो जीवनशैली, खानपान शैली, मानसिकता र शरीर प्रकृतिसँग जोडिएको छ । तारेको, भुटेका मसालादार खानेकुरा खानेहरु तथा खुर्सानी र नुन बढी खानेहरु, जाँड–रक्सी, चुरोट, कोकिन र टैनिनका नशेडीहरु, तातो र अती चिसो खाद्य पदार्थ तथा वोतल र वट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु यो रोगका शिकार हुन पुग्दछन् ।
त्यसैगरी अनियमित जीवनशैली जीउनेहरु जस्तै भोकलागेको वेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन, बट्टावन्द र संरक्षित खाद्यवस्तु खाइरहने, खाएपछि र शारीरिक श्रम गरे लगत्तै सुत्ने तथा शारीरिक श्रम गरे लगत्तै खानेहरुमा यो रोग ज्यादा देखिएको छ ।

व्यस्तता र भागदौडले भरिएको जीवन ज्युनेहरु, मानशिक तनावको चपेटामा परेकाहरु, मनोरञ्जन नगर्नेहरु, भय, चिन्ता, शोक उदाशिनता र अनिन्द्राका रोगीहरु, शारीरिक श्रम वा व्यायम नगर्नेहरु पनि यो रोगका शिकार हुने गरेका छन् भने लामो समय सम्म जाँड रक्सी, चिया कफी, हल्का पेय पदार्थ आदिको सेवन गर्नेहरुमा पनि यो रोग ज्यादा देखिएको छ ।
यस अतिरिक्त आत्मघाती प्रतिरक्षा प्रणाली ९अटो–इम्युन०, पेटको शल्यक्रिया, कलेजो, मिर्गौला, फियो वा आन्द्राको संक्रमण, एचआईभी÷एड्स तथा विशेष मानसिक रोगावस्थाको कारणले पनि ग्याष्ट्राइटिस हुने गर्दछ ।
लक्षणहरुः
छाती र पेटकोबीचको खाल्टो वरीपरी दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित्त बढ्नु, मुखको स्वाद विग्रिनु, पेट भारी हुनु, आपनवायु बढ्नु, रिङ्गटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, वाक्वाकी लाग्नु वान्ता हुुनु, ढ्याउ आउनु, वान्तामा रगत देखिनु, कालो दिशा आउनु, खाना नपच्नु, पेट हुडेल्नु, तौल कम हुनु आदि ।
जटिलताः
यो रोगको समयमा उपचार नभए ग्याष्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा सामान्य–रक्तअल्पताको समस्या देखापर्नुका साथै भिटामिन बी–१२ को अवशोषणमा चाहिने तत्वहरुको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पताको लक्षणहरु जस्तै, स्नायु तथा नाडीको क्षय, माँशपेशीहरुमा कमजोरी, तातो चिसो थाहा नपाउने समस्या देखा पर्छ । यसअतिरिक्त अन्ननली सुन्निने, दम बढ्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्काशनमा जटिलता आई कब्जियतका लक्षणहरु पनि देखा पर्न सक्छ ।
एजेन्सीको सहयोगमा

प्रकाशित : मङ्गलबार, भदौ २१, २०७३१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा यी कारण कलेजोमा बोसो जम्ने समस्या बिकराल बन्दै, यसबाट बच्ने उपाएसहित