आफ्नै आँखा का सपना पुतली बनेर
फूल हरूमा हराएर मलाई एक्लो बनाउँनु
नयाँ कुरा होईन मेरो लागि
यी-यस्ता कुरा म अनेकै चोटि सहि सकेको छु जसरी
एक युग खेपेको चौबाटोको पिपल ले
आँधी,हुरि सहित पात खस्ने,पलाउने
हाँगा लाछिने,भांचिने,बिजुली,चट्यांग
सबै सहेको हुन्छ निरंतर कैयो पटक।
त्यसैले त ऊ भाचिदैन,ढल्दैन,
उसले समय को सागर मा छप्के हान्न सिकि सकेको हुन्छ।
हो त्यसै गरि मैले नि सहन सिकेको छु समय का हरेक छाल ढुङ्गे पहाड भएर….!!
कहिलेकाही आँखा पथ्थर बनाउँन जरूरी छ
आँखा का पुतली न उडुन् आँसु बोकी,
मलाई मेरा प्यारा फूल को उदासी मन पर्दैन….
सुरेश प्रसाद अर्याल कान्छाे , गुल्मी