किन ? बिहान ढिलोसम्म सुत्नेको आयू कम – बैज्ञानिक अध्ययन

बिहान अबेरसम्म सुत्ने, बानी छ की तपाई को पनि ? यदि साच्चै यस्तो बानी हो भने आजै देखि परिवर्तन गर्नुस है । बैज्ञानिक हरुको एक नयाँ अध्ययनले रोचक तथ्य फेला परेकबो छ । अनुसन्धान प्रतिबेदन अनुसार दिनमा ९ घन्टाभन्दा बढी सुत्ने र दिनमा धेरै भन्दा धेरै समय बसेरै बिताउनेको आयू छोटो हुने तथ्य बाहिर आएको छ । यसैगरी कम शारीरिक श्रम गर्नेहरुको दिनचर्याले आयू घटाउन भूमिका खेल्ने बताइएको छ

अन्तरतष्ट्रियअनुसन्धान सँस्था ‘सैक्स इन्स्टिच्यूट’को अध्ययन ‘४५ एण्ड अप’का लागि गरिएको सर्वेक्षणका अनुसार यदि कोही व्यक्ति राति धेरै निदाउँछ र दिनमा शारीरिकरुपमा सक्रिय रहँदैन भने उसको मृत्यू छिटो हुने सम्भावना सक्रिय रहने व्यक्तिको तुलनामा चार गुणा बढी हुन्छ । सर्वेक्षणमा धेरै आराम गर्नुको अर्थ सात घन्टाभन्दा बढी बस्नु र कम अभ्यास वा शारीरिक श्रम गर्नुको मतलब हप्तामा १५० मिनेटभन्दा कम व्यायाम गर्नुलाई भनिएको हो । यस अध्ययनको मुख्य शोधकर्ता मेलोडी डिगका अनुसार, ‘हामी यो अध्ययनमा यो थाहा पाउन चाहन्थ्यौं कि सुतिरहने र बसिरहनेको संयुक्त असर के हुन्छ ? अत्यधिक निद्रा र धेरै समयसम्मको श्रमविहिन आरामका कारण जीवन नै अल्पायूमा सकिने मार बेहोर्नुपर्ने हुनसक्छ ।’

डिंगका अनुसार उक्त अध्ययनले जति अल्पायूका जोखिमपूर्ण कारणहरु धुम्रपान, रक्सी र अनियमित खानपानप्रति हामी जति सजग रहन्छौं त्यति नै ढिलासम्म सुत्ने र श्रम नगर्ने बानीप्रति पनि सचेत रहनुपर्ने देखाएको छ । सिड्नी युनिभर्सिटीमा प्रोफेसर डिंग र उनका सहयोगीहरुले आफ्नो अध्ययन ‘४५ एण्ड अप’मा सहभागी भएका दुई लाखभन्दा बढी व्यक्तिहरुको स्वास्थ्य अवस्थाको तुलनात्मक अध्ययनबाट सम्पन्न गरेका थिए ।

अध्ययनको क्रममा सहभागीहरुको जीवनशैलीका विभिन्न व्यवहारहरु जस्तो कि धुम्रपान, मदिरा, अस्वस्थ आहार तथा निष्क्रिय जीवनशैलीजस्ता पक्षका साथै लामो समय आराम गर्ने र नगर्ने एवम् कम र अधिक सुत्नेजस्ता व्यवहारभएकाहरुलाई सहभागी गराइएको थियो । उक्त परीक्षणको क्रममा शोधकर्ताहरुले विभिन्न किसिमका समस्याहरुको पहिचान गरेका थिए । शोधकताहरुले अनुसन्धानको क्रममा धुम्रपान, मदिराको अत्यधिक सेवन र सात घन्टाभन्दा कम सुत्ने व्यक्तिहरु छिट्टै मर्ने खतरा चारण अधिक बढ्ने तथ्य बाहिर आएको छ ।

प्रकाशित : शुक्रबार, भदौ १७, २०७३१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जानी राख्नुस् याे अल्जाइमर अनि डिमेन्सिया के हाे ? कस्ता हुन्छन् लक्षण –