जातीयता र सेक्स

Baldip Pravakar chamling
बलदीप प्रभाश्वर चामलिङ

बलदीप प्रभाश्वर चामलिङ
जातीयता कहाँ र काेसंग छैन ? छैन भन्ने काेहीसंग जवाफ छ ?
जातीयता भनेकाे सामाजिक बनावटकाे प्राकृतिक परिघट्ना (natural phenomenon) हाे । याे मानिसले चाहेर वा नचाहेर हुने वा नहुने हाेइन । याे त समाजकाे विज्ञान हाे । हट्ने जातीय विभेद हाे, जातीय विविधता हाेइन । जातीय विभेद मानव निर्मित हाे, जस्लाई मानिसले बनाए र त्यसलाई मानिसले नै हटाउन सकिन्छ । तर जातीय विविधता कुनै मानिसले बनाएकाे हाेइन, याे त मानव जीवनप्रकृयाकाे परिस्थितिजन्य अत्याग्य परिणाम हाे । यसाे भएकाे हुँदा न कुनै दार्शनिक, वैज्ञानिक र राज्यकाे बलले नै जातीय विविधतालाई निषेध गर्न सक्छ ।

काे हुन् जातीय ?
# मान्छे हुँ नभनेर आफूलाई “खड्गप्रसाद शर्माओली” नै भनेर चिनाउने कुरा पनि जातीय हाे ।
# “प्रचण्ड” हाे भन्ने जान्दाजान्दै उनकाे थर खाेजेर “पुष्पकमल दाहाल” नै लेखिदिने याे देशका पत्रकार जातीय हाे ।
थर सहितकाे नाममा गाैरव गर्ने स्वयम प्रचण्ड मनुवा पनि जातीय नै हाे ।
# जात-थर नै उल्लेख गरेर प्रधानमन्त्रीहरूकाे फाेटाे राखिने ठाउँ सिंहदरवार महा जातीय नै हाे ।
# “साैरभ” भनेर मान्छे बन्न खाेजेता पनि अन्ततः “दिनेश सत्याल” नाम-थर भएकाे आधिकारिक नागरिकताकाे प्रमाणपत्र र पासपाेर्टलाई आत्मसात गरेर हिँडनेहरू पनि जातीय नै हुन् ।
# जात-थरविना जन्मदर्ता नै नगर्ने सरकार पनि जातीय नै हाे ।
# “प्रभाकर” भन्ने सबैलाई जानकारी हुँदाहुदै मन्त्री परिषदकाे फायलमा जात-थरसहितकाे ” जनार्दन शर्मा” भनेर आफ्नाे नामलाई पञ्जीकरण गर्नेहरू पनि जातीय नै हुन् ।
# अमेरिका बसेर पनि आफूलाई “रबर्ट ज्याक्सन” नभएर थरसहितकाे ” भक्तप्रसाद घिमिरे” नै भनेर चिनाउनेहरू पनि जातीय नै हाे ।
# “आहुती” हुँ भनेर अन्तर्राष्ट्रय मान्छे बन्न खाेज्नेहरूलाई तँ सार्की नै हाेस् भनेर जात-थर सहितकाे नाम ” विश्वभक्त दुलाल” किटान गरिएकाे नागरिकता जबरजस्ती दिने जिल्ला प्रशासन कार्यालय पनि जातीय नै हुन् ।
# सबै मानव नै हाै भनेर भन्दाभन्दै अन्ततः स्वजातीय वरबधु नै खाेज्नेहरू जातीय नै हुन् ।
# सपथ खाँदा टाेपी र दाैरासुरूवाल नै लगाउन चाहने राम कार्कीहरू जातीय नै हुन् ।
# नेपाललाई एउटै भेषभुषा र भाषाबाट चिनाउनुपर्छ भन्नेहरू सबै जातीय नै हुन् ।
# गाईलाई राष्ट्रिय जनावर, राताेरंगलाई राष्ट्रिय रंग, निशानछापमा संस्कृत भाषा, धर्मनिरपेक्षतालाई सनातनधर्म बनाउनेहरू जातीय नै हुन् ।
# हामी थरसहितकाे नाम लेख्ने सबै जातीय नै हाैं ।
जातीयतामा भिन्नता
हाे, कांग्रेस-कम्युनिष्ट पनि जातीय नै हाे र जनमुक्ति पार्टी पनि जातीय नै हाे । तर फरक यति हाे कि कांग्रेस-कम्युनिष्ट एक जातीय हाे भने जनमुक्ति बहुजातीय हाे । कांग्रेस-कम्युनिष्टले एक जातीय सर्वाेच्चतालाई कायम गराइरहने हर्कत गर्छन् भने जनमुक्तिले सबै जातिहरूकाे लाेकतान्त्रिक वकालत गर्छ ।
बलदीप राई र कुमार लिङ्देन
बलदीप राई र कुमार लिङ्देन दुबै जातीय नै हुन् र शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड दाहाल सबै जातीय नै हुन् । तर राई-लिङ्देनहरू समाज विज्ञानकाे धरातलमा राजनैतिक सहकारिताकाे स्क्याफाेल्डिङले मुलुकलाई उभ्याउन र निर्माण गर्न खाेज्छन् भने देउवा-ओली-दाहालहरू एकल जातीय विभेदकाे डाेजरले देश भत्काउन खाेज्छन् ।
सबै जातीय !!!!
सबै व्यवहारमा जातीय नै हुन्छन् तर याे कुरा कसैले खुलेर अभिव्यक्त गर्दैनन् । सत्ताधारीहरू नबाेलीकन सत्ताकाे आवरणभित्र एकल जातीय कर्तुतहरू पुरा गरिरहन्छन् । तर दासझाेलेहरू साम्प्रदायिकताकाे बिल्ला भिराइदेलाकी भनेर कायरता प्रदर्शन गरिरहन्छ र मन्त्री नबनाइदेला र जागिर नलगाइदेला भनेर “भातनीति” काे रणनीतिमा नामर्दपन देखाईरहेकाे हुन्छ ।
कमाराेदेखि ठूला सन्तमहन्तसम्मकाे दिमागमा सेक्स हुन्छ तर यसबारेमा खुल्न चाहन्न किनकि अश्लिलताकाे आराेप लाग्ला भन्ने भय हुन्छ । तर काम सेक्सकाे नै गरिरहन्छ । ठीक यसै गरी सबै मान्छे जातीय नै हुन्छ तर यसलाई खुलेर मुद्दा बनाउन चाहन्न किनकि उनीहरूमा साम्प्रदायिकताकाे आराेप लाग्ला कि भन्ने व्यर्थकाे भय हुन्छ ।

प्रकाशित : मङ्गलबार, भदौ १४, २०७३०५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारले देख्न नपाएको ‘बाबुरामको छोरो’