“परदेशबाट के ल्याइ दिउँ त आमा ?”

परदेशबाट घर फर्कने बेलामा आमालाइ फोन गरेर सोधें “के ल्याइ दिउँ त आमा?”
आमाले केहिबेर सोचेर भन्नू भयो “पैसा छ भने एक तोला सुन लिएर आइज न त बाबु।”

आमाले ‘सुन’ भन्ने बित्तिकै म झस्किएं। श्रीमतिलाई पनि जाँदा सुन अनि एउटा राम्रो मोबाइल लगिदिनु थियो। मैले अन्कनाउंदै आमालाइ भनें “त्यत्रो सुन किन्ने पैसा त कहाँ छ त म संग? म त अरु केही होलाकी भनेर….।”
मेरो कुरा सकिन नपाउंदै आमा बोल्नु भयो “पैसा छ भने मात्र ले भनेको बाबू, छैन भने केहि ल्याउन पर्दैन। तँ आए भै हाल्यो नि मलाइ।”

आमाले यति भनेपछी ढुक्क भएर मैले फोन राखी दिएं।
घर पुगेको भोलि पल्ट बसि राखेको बेला आमाले एउटा सानो पोको मेरो हातमा राख्दै भन्नू भयो “सुन ल्याउन पनि सकिनस् यो पल्ट, सबैका बुहारी सुनै सुनले ढाकिएर हिंड्छन, आफ्नी चाहिँ त्यही एउटा सिक्री भिरेर हिड्छे। यो मेरो तिल्लरीमा अलिकती थपेर एउटा राम्रो मंगलसुत्र बनाइ दे। म बुढिलाइ किन चाहियो अब यो, घर बाहिर निस्किने भएपो।”

म आमाका कुरा सुनी मात्र रहेँ, केही बोल्न सकिन।
 Santosh Basnet

प्रकाशित : आइतबार, साउन १६, २०७३११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिबार साहित्य – कञ्चन काफियाका चाेटिला मुक्तक