शनिबार साहित्य – कञ्चन काफियाका चाेटिला मुक्तक

काठमाडाैँ २२ साउन – अाजकाे सनिबार साहित्यमा कञ्चन काफियाका मुक्तकहरू ।

मुक्तक नं १ ः 

मैले भरोसाको एउटा असल मित्र राखेको छु
कसैले देख्न नसक्ने दिल भित्र राखेको छु

भाग्यमा लेख्या भए पक्कै देखाउला सबै सामु
नभेटेरै आखामा जस्को चित्र राखेको छु

मुक्तक नं २ ः 

बनाउ आफ्नो भविष्य बाधा हुन दिने छैन
र कसै गरिनी माया आधा हुन दिने छैन

नभुल्नु तिम्लेनी मेरो प्रखाईमा कोहि छ भनि,
हो उस्तै गरि मैले यो मन टाढा हुन दिने छैन 

मुक्तक नं ३ ः

मन दिईएको छ अनि मुटु दिईएको छ
त्यसैले होकि यो मन बहकिएको छ

खबर पनि केहि छैन कहाँ हो कहाँ
खोइ कसरी बुझु उस्ले सम्झिएको छ

प्रकाशित : शनिबार, साउन २२, २०७३१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धोका दिने पति जीवनलाई लेखेको जोयाको नामको हृदयविदारक पत्र (भिडियोसहित)