यसरी चिन्न सकिन्छ धोकेबाझ पुरुषलाई ,अपनाउनुस् यी सुत्रहरु

सामान्य भेटघाट र चिनजान तथा सामाजिक सञ्जालका माध्यमबाट हुने कुराकानी कै भरमा एक अर्का बीच चिन्न वा बुझ्न गाह्रो हुने गर्छ । त्यसो त मानिसहरु सम्बन्धमा आएपछि मात्र राम्रोसँग चिनिन्छन् । यहाँ हामीले तल धोकेबाझ प्रकृतिका पुरुषका प्रकारबारे केहि चर्चा गरेका छौं ।
कसरी थाहा पाउने त धोकेबाझ पुरुष ,यी हुन् सुत्रहरु
१. रहस्यमयी ब्यक्ति
यदि सबै कुरा आफूसँग गुपचुप राख्छ र सामान्य कुरा पनि भन्दैन भने त्यस्तो पुरुषसँग सचेत रहनुस् । यस्ता ब्यक्तिले तपाइँलाई कतिबेला लात हान्छन् चाल नै पाउनु हुन्न । यस्ता ब्यक्तिहरुको मोबाइल हतपति कसैले चलाउन पाउँदैन हेरी हाले पनि अधिकाँश समय मोबाइलको इनबक्स खाली हुन्छ । यस्ता ब्यक्ति राम्रो श्रोता त हुन्छन् तर आफ्नो केही भन्दैनन् ।
२. हरेक कुरा गोप्य
जुन पुरुषले हरेक कुरा गोप्य राख्छ र सम्बन्धको विषयमा समेत कसैलाई भन्दैन त्यस्ताले धोका दिन आइतबार कुर्दैनन् । यस्ता ब्यक्तिका स्त्रीसँग एकैपठक सम्बन्ध पनि हुन सक्छ । उनीहरुले जुनसुकै केटीसँग पनि फ्लर्ट गर्छन् ।

 

३. चाहिने भन्दा बढी चासो
तपाइँका हरेक गतिविधीमा हरेक समय चासो राख्ने र तपाइँलाई नियन्त्रण गर्न खोज्ने पुरुषले तपाइँलाई कुन बेला छोड्छन् थाहा हुँदैन । यस्ता ब्यक्तिले आफू कहाँ गएको र के गरेको भन्दैनन् तर अरुले कहाँ गयो के र्गयो खुव चासो राख्छन् ।
४. प्रेम होइन शारीरिकता
स्त्रीसँग सहजै नजिकिने र शारीरिक सम्बन्ध राख्न पनि माहिर तर प्रेमको कुरा आउने वित्तिकै उनीहरु पन्छिन्छन् । यस्ता पुरुष धोकेबाझ हुन्छन् ।
५. आमासँग सम्बन्ध राम्रो नहुने
कुनै पनि पुरुषको सम्बन्ध आमासँग राम्रो छैन भने बुझ्नुस् त्यस्तो ब्यक्ति विश्वसनीय हुँदैन । यस्ता ब्यक्तिलले धोका दिन कत्ति बेर लाउँदैनन् । यस्ता ब्यक्तिले स्त्रीलाई सम्मान गर्न जान्दैनन् नत सम्मान गरेको नै बुझ्छन् ।
६. अन्तिम समयमा आएर बाहाना
कुनै पनि पुरुषले अन्तिम समयमा आएर बहाना बनाउँछ र भेटघाट वा सेट भैसकेका कुरा समेत स्थगित गर्छ भने बुझ्नुस् उ विश्वास गर्न लायक छैन । यस्ता ब्यक्तिले राम्रो विकल्प भेट्ने वित्तिकै तपाइँलाई लात हान्छन् ।
प्रकाशित : शनिबार, साउन १५, २०७३१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जन्मेका महिना अनुसार महिलाको स्वभाव यसरी थाहा पाउन सकिन्छ