यस्तो समाज जहाँ आफ्ना छोरीसँग सहवास गराउन बाआमाले नै भाडामा लिन्छन् पुरुष !

इरिक एन्भिया जो १०४ जना किशोरीसँग सहबास गरेको बताउँछन् ।

मालवीको दक्षिणी क्षेत्रमा एउटा अनौठो संस्कार छ, जसका कारण किशोरी स्वास्थ्य सम्बन्धि जोखिममा पर्ने गरेका छन् । सो कुसंस्कारकै कारण धेरै युवती एचआईभी संक्रमणको शिकार हुने गरेका छन् । यहाँका केही समुदायमा किशोरी अवस्थामा पुग्ने वित्तिकै पैसा तिराएर सेक्स गराउनुपर्छ । बाआमाले भर्खर १२– १३ वर्ष पुगेकी छोरीसँग सहवास गराउन ज्याला तिरेर भाडाका पुरुष ल्याइदिन्छन् । यस संस्कारलाई हायना भनिन्छ । यस कार्यलाई यौन शुद्धिकरणको संज्ञा दिइएको छ । तर, यसले विभिन्न रोग र विकृति उत्पन्न गर्ने जोखिम बढाएको भन्दै राष्टसंघले चिन्ता जनाएको छ ।
इरिक एन्भिया (हायना गर्ने व्यक्ति) दक्षिण मालवीका विभिन्न समुदायले यौन शुद्धिकरणका लागि खटाइएका व्यक्ति हुन् । उनले केही निश्चित ज्याला लिएर किशोरीदेखि महिलाको यौन शुद्धिकरण गर्नुपर्छ । कुनै पुरुषको मृत्यु भएमा पतिको दाहा संस्कार गर्नु अगाडि समेत महिलाहरु एन्भियासँग सुत्नुपर्छ । कुनै महिलाको गर्भपतन भएमा फेरी यौन शुद्धिकरणको आवश्यक पर्छ । गर्भपतनपछि पनि एन्भियासँग सुत्नुपर्छ ।
किशोरीहरु पहिलो पटक रजस्वला भएपछि उनीहरुले तीन दिनसम्म हायनासँग अनिवार्य सेक्स गर्नुपर्ने हुन्छ । बाल्यकालबाट महिला अवस्थामा प्रवेश गर्नको लागि उनीहरुले हायनासँग यौन कार्य गर्नैपर्छ । यदि किशोरीहरुले अस्वीकार गरेमा रोगब्याधी वा अन्य दुर्भाग्य हुने विश्वास गरिएको छ ।
‘प्राय म सुतेका किशोरीहरु स्कुले छात्रा हुन्,’ हायनमध्येका एक एन्भिया भन्छन्, ‘कुनै किशोरी १२ वा १३ वर्षका छन् । मसँग सुत्न पाएकोमा उनीहरु गर्व गर्छन् ।’ तर, उनको दाबी विपरित अधिकांश किशोरीले पीडा र कष्टको अनुभव सुनाउने गरेका छन् । ‘अनेक दुःख कष्ट सहेर बाबुआमाका लागि यौन शुद्धिकरण गर्नुपर्छ । हामीले अस्वीकार गरे अभिभावकले हत्या गर्ने धम्की दिन्छन्,’ एक महिलाले भनिन् । उनका सबै महिला साथीलाई हायनासँग यौनसम्पर्क गर्न लगाएको उनी बताउँछिन् ।
एन्भिया ४० को दशकमा पुगेका छन् (उनलाई उमेरको यकिन छैन ) । उनका दुई पत्नी छन् । पतिका कामबारे पत्नीहरुलाई राम्रै ज्ञान छ । उनले १०४ जना महिला र किशोरीसँग सहवास गरेको बताए । यसबारे उनी आफै अस्पष्ट छन् । किनकी सन् २०१२ मा पनि सोही कुरा बताएका थिए । उनका अहिले पाँचओटा सन्तान छन् । तर, उनलाई यकिन छैन जीवनमा कति महिला र किशोरीलाई गर्भवती बनाए । सो समुदायमा रहेका १० हायनामध्ये उनी एक हुन् । यौन शुद्धिकरण गरेबापत उनीहरुले हरेक पटक ४ देखि ७ डलर ज्याला पाउँछन् ।
बीबीसीले तीन वयस्क महिला फागिसी, क्रिसी र फेलियासँग भेट गरेको थियो । यौन संस्कारको बारेमा स्थलगत जानाकारी लिएको थियो ।
शिविरहरुमा बयस्क महिलाले किशोरीलाई जम्मा गरेर हायनलाई कसरी यौन सन्तुष्टि दिने भन्ने विषयमा सिकाउँछन् । संस्कार अनुसार हायनासँगको यौन कार्यमा कुनै पनि हालतमा कन्डम प्रयोग गर्न पाइँदैन । हायना यस विषयमा निकै चनाखो हुने गरेको र कथित नैतिकताका लागि सचेत भएको महिलाहरुको बुझाई छ । उनीहरुमा एचआईभी संक्रमण नर्सर्ने महिलाहरुको विश्वास छ ।
हायनको डियुटीलाई मनन गर्दा उनीहरुमा एचआईभीको ठूलो जोखिम देखिन्छ । हरेक १० मध्ये एक जनामा संक्रमण भएको राष्ट्रसंघको बुझाई छ । यस संस्कारको सरकार र गैरसरकारी संस्थाले बिरोध गरेका छन् । तथापी कुसंस्कारको अन्त्य हुने कुनै छनक देखिदैन ।
– बीबीसी

प्रकाशित : शनिबार, साउन ०८, २०७३१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जन्मियो यस्तो अनौठो बच्चा, जसको २ टाउको, ३ हात र २ खुट्टा र एक मुटु रहेको छ