जन्मियो यस्तो अनौठो बच्चा, जसको २ टाउको, ३ हात र २ खुट्टा र एक मुटु रहेको छ

साउन १६ – (एजेन्सी) भारतको मुम्बई सहरमा एक महिलाले अनौठो खालको बच्चालाई  जन्म दिएकी  छिन् ।

मुम्बईको सायन अस्पतालमा सियासिम बच्चालाई जन्म दिएको हो । यो नवजात शिशुको तौल ४.५ किलोग्राम रहेको छ भने  २ वटा टाउको, शरीरमा ३ हात पनि रहेका छन् । यो शिशुको दोस्रो टाउको काँध नजिकै छ । भारतीय सञ्चार माध्यमका अनुसार यो शिशुलाई जन्म दिने आमाको नाम शाहिन इरशान खान हो । र उनी उत्तर प्रदेश फतेहपुरकी स्थायी वासिन्दा हुन् । शाहिनले यस्तो बच्चा जन्माएपछि अस्पतालका डाक्टरसमेत अचम्म परेका छन् ।                                                                                               अस्पताल प्रशासनले भनेको छ– ‘जुम्ल्याहा बच्चा त जन्म लिन्छन् तर, दुई टाउको र एक मुटु भएका बच्चा ५ लाखमा १ वा २ जना मात्रै हुन्छन् ।’ भारतीय सञ्चार माध्यमका अनुसार सायन अस्पतालका बाल चिकित्सक (सर्जरी विभाग)का अध्यक्ष डा पारस कोठारीले बच्चाको अवस्था सामान्य रहेको बताएका छन् ।

प्रकाशित : आइतबार, साउन १६, २०७३१६:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी बादरले ३ लाख रुपैयाँ लुट्यो