एउटा यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ

काठमाडौँ  – झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । हाम्रो घरका भित्ता वा ढोकाहरुमा टाँसिने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइहरुले बिश्वास गर्नुहुन्नहोला ।

तर चीनमा एउटा विशेष खालको छेपारोको मूल्य सुन र हिरा भन्दा पनि कम छैन । यो छेपारोले विशेष आवाज निकाल्ने भएकोले दुर्लभ छेपारोको रुपमा लिईएको छ । यसलाई गिको नामले चिनिन्छ । ‘टक के’ भने जस्तो आवाज निकाल्ने भएकाले यो छेपारोलाई टक के छेपारो पनि भनिन्छ । चीनमा यो छेपारोको मूल्य ६४ लाख रुपैयाँ जति पर्ने गर्दछ ।

यो छेपारोको मूल्य यति महँगो पर्नुको कारण यो छेपारोमा भएको विशेष गुण हो । यसको मासु औषधि बनाउन र दक्षिण पूर्व एसियामा मधुमेह,एड्स,क्यान्सर र यौन क्षमता बढाउने औषधि जस्ता रोगको परम्परागत औषधि बनाउनमा प्रयोग हुने गरेको पाइएको छ । अन्तराष्ट्रिय ब्ल्याक मार्केटमा समेत यो छेपारोको माग उच्च छ । यसको तस्करी लाखौँ रुपैयाँमा हुने गरेको र यो जातको छेपारो दक्षिण पूर्व एसिया, इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइने गरेको छ । वन विनाशका कारण यो छेपारो अहिले संकटमा परेको छ ।

विश्वको कालो बजारमा समेत यो छेपारोको माग अत्यधिक रहेको  छ ।

 

 

प्रकाशित : शनिबार, साउन ०८, २०७३०३:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो समाज जहाँ आफ्ना छोरीसँग सहवास गराउन बाआमाले नै भाडामा लिन्छन् पुरुष !