हामी डराउने डरलाग्दो ‘भूत’ मानसिक रोग भएको प्रमाणित

एजेन्सी । सुनसान, एकान्त ठाउँ र रातको समयमा भूत देखेको भनेर दाबी गर्ने थुप्रै मानिस हुन्छन् । पूर्वीय समाजमात्र नभई पश्चिमा विकसित समाजमा भूतमा विश्वास गर्नेहरु थुप्रै हुन्छन् । तर, भूत देख्नु या भूत भएको महसुस गर्नु मानसिक रोग भएको प्रमाणित भएको छ ।                                                                                                             यससंबन्धी अध्ययनको रिपोर्ट बायोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।स्वीस फेडरल इन्सिच्युट अफ टेक्नोलोजीकी डा. जुलियो रोनिन भन्छिन्, ‘भूत देख्नेहरुले गर्ने असामान्य अनुभूति निकै जीवन्त हुन्छ, त्यस्ता मानिसहरु वरपर जोकोहीलाई पनि महसुस गर्न सक्छन्, तर, उसलाई देख्न सक्दैनन्, हरसमयमा कोही न कोही भएको महसुस गरिरहन्छन् । ’अनुसन्धानकर्ताहरुले १२ यस्ता मानिसको दिमागको परीक्षण गरेका थिए, जसमा मानसिक समस्या थियो र उनीहरु भूत देखेको बताउँथे । अनुसन्धानबाट के पत्ता लाग्यो भने, यस्ता बिरामीको आत्मबोध, व्यवहारजस्ता कुरासंग जोडिएको दिमागको स्थानमा चोट लागेको थियो ।

अनुसन्धानकर्ताका अनुसार जब मानिस वरिपरि भूत भएको अनुभव गर्छन्, त्यतिबेला उनीहरुको दिमाग भ्रमित भइरहेको हुन्छ । यस्तो बेला शरीरको स्थितिको गलत अनुमान लगाइरहेको हुन्छ ।

प्रकाशित : बिहिबार, साउन ०६, २०७३१३:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ