यस्तो छ विश्वको सबैभन्दा सानो देश, जहाँ बस्छन् मात्र २७ जना मानिस (भिडियोमा हेर्नुहोस)

एजेन्सी–  विश्वको यस्तो जहाँ  २७ जना मात्र  नागरिक छन् । अनि एउटा यस्तो  देश जुन दुई पिल्लरले मात्र टिकेको छ समुन्द्रमाथी । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर परक दुरीमा  रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो । जुन समुन्द्रीमाथि  किल्लाको दुई पिल्लरले अडेको छ । जसको नाम हो ,सील्याण्ड ।

यस देशको राष्ट्रपति, प्रधानमन्त्री र मालिक भनेको रोय बेट्स नामक एक ब्यक्ति थिए । सन् २०१२ मा उनले आफूलाई त्यस देशको मालिक घोषित गरेता पनि उनी अहिले यो संसारमा छैनन् र त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् ।
यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । तर, पनि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन ।
आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि उसँग आफ्नो मु्द्रा र स्ट्याम्प टिकट भने रहेको छ । खासमा यस देशमा डोनेशनद्धारा फन्ड आउने गर्छ । मानिसले पहिलोपटक यस देशको बारेमा थाहा पाएपछि डोनेशनको ओइरो लागेको थियो । हाल हेर्नका लागि मानिसहरु आउने जाने नै गर्न थालेका छन् ।
हालसम्म अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भने भ्याटिकन सिटी हो । जहाँको जनसंख्या मात्र ८०० रहेको छ । यो पनि समुन्द्रको किनारमा अव्स्थित सानो टापु हो ।

 

प्रकाशित : आइतबार, असार २६, २०७३०३:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हामी डराउने डरलाग्दो ‘भूत’ मानसिक रोग भएको प्रमाणित