शनिबारकाे बिगुल साहित्यमा अाज केही चाेटिला मुक्तकहरू 

तिमिलाई फुल भनौ कि काडा भनौ,
तिमिलाई नजिक भनौ कि टाढा भनौ।

भन के भनौ कसैले सोधे तिमिलाई,
बनधि भनौ कि सिधै छाडा भनौ ।।

                                           लक्ष्मी भाट, दार्चुला 

मन दियो, या मुटु दियो, थाहै भएन
को आफ्नो, को पराई थियो, थाहै भएन

तिमी धागो, म चगां भन्ने, टाढा.. भएछ
चगां छुट्यो या धागो चुडियो थाहै भएन..

                                                साबित्रा साेमै मगर, तानसेन पाल्पा 

उही गुलावमा काँडा उही गुलाब मै अत्तर कसरी भयो
भन त मन्दिरमा द्येउता यो ढुङ्गा यो पत्थर कसरी भयो

कहाँबाट आयौ तिमी अनायासै मेरो दिलमा बास बस्यो
आफै आगो लगाउँछ्यौ यार अनि तिम्रो घर कसरी भयो

             मगर भाइ, गुल्मी, हाल काठमाडाैँ 

 

 

प्रकाशित : शनिबार, असार २५, २०७३०२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“परदेशबाट के ल्याइ दिउँ त आमा ?”