पूर्वीय दर्शन भन्छ , कदापी यस्ता ब्यक्तिसँग भुलेर पनि संगत नगर्नुस् ।

संसारमा धेरै प्रकारका मानिसहरु हुन्छन । कोहि मानिस बुद्धिमान र गुणवान हुन्छन् भने कोहि धनवान् अर्थात् धनि हुन्छन् । त कतिपय चाहिं धन तर गुणका कंगाल हुन्छन् ।पूर्वीय दर्शनका नीतिशास्त्री  चाणक्यले धन हुने तर गुणविहिन ब्यक्तिको साथ त्यागि हाल्नु नै अति उत्तम हुने उल्लेख गरेका छन्  ।
यो दुई दिने चोलाको कुनै भरोशा र ठेगान हुदैन । त्यसैले जुन काम गरेर  केहीबेर मै पछुताउनु पर्छ भने त्यस्तो काम नगर्नु नै बेस मानिन्छ । यदि गलत काम गर्न उक्साउने , अरुको अगाडी हाँसोको पत्र बनाउने खालको साथी छ भने त्यस्तासँग साथ या संगत  तत्काल छोडिहाल्नु नै अति उत्तम मानिन्छ ।talking
तपाइँको कुरा नै नसुन्ने र आफ्नो मात्र भन्नेको साथ छोड्नुस् । विनाकारण झगडा गर्नु मुर्खको काम हो । बुद्धीमानले यस्तो गर्दैनन् । यस्तो गर्नेसँग संगत छ भने तत्काल छोडिदिनुस् ।
मित्र कृतज्ञ ब्यक्ति हुनु पर्छ । जसले सत्य बोलोस् र तपाइँप्रति कृतज्ञता देखाओस । यसो नगर्ने केवल तपाइँलाई दोषमात्र दिने ब्यक्तिसँग संगत छ भने आजै छोड्नुस् ।
अधर्मले कमाएको धनले परलोकमा दुःख दिन्छ । गलत कार्यबाट धन/पैसा कमाउन उक्साउने साथी छ भने आजै देखि साथ छोड्नुस् । यस्ताले तपाइको कह्ल्यै भलो चिताउदैनन्  ।
प्रकाशित : शनिबार, असार २५, २०७३०२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस राशीका मानिसहरु अत्यधिक आकर्षित हुन्छन् विपरित लिङ्गीसँग