धर्मग्रन्थ अनुसार यस्ता युवती ज्यादै लक्षणकी मानीन्छ ?

बाल्मिकी रामायणको एक प्रसंगमा रावणको अशोक वाटिकामा त्रिजटासँग माता ‘सीता’ भन्छिन्, ‘मेरो अंग लक्षण यस्तो छ कि, मेरा पतिको राज्याभिषेक निश्चित प्राय: छ, उहाँ सम्राट बन्नुहुन्छ ।’ सीतासँग त्यस्तो के लक्षण थियो ? जसले भगवान श्रीराम राजा बन्ने निश्चितप्राय: थियो । आउनुस् हामी धार्मिक ग्रन्थहरुमा उल्लेख भएका महिलाका केही त्यस्ता शुभ गुणहरुको बारेमा जानकारि दिँदैछौं, जसले उनको पति सम्पन्नशाली हुने भन्ने संकेत गर्छ । 

१.  पैंतालामा कमलको चिह्न भएकी महिलाको पति राजा वा राजाजस्तै शक्तिशाली र उच्च पदमा आसिन हुन्छ । साथै संवृद्ध र धनाढ्य हुन्छन्, पनि भनिएको छ ।

२. धनुषाकार तथा सुन्दर आँखीभौं भएकी महिलाको पतिको जस्तोसुकै दुर्भाग्य पनि सौभाग्यमा बदलिन्छ । 

Beautiful ladies

३. मोतिजस्ता दाँत भएकी महिलाको पति समाजमा शक्तिशाली र प्रभावपूर्ण व्यक्तित्व कहिलन्छन् ।

४. चिल्लो र गोलो नङ भएकी महिलाको पति इज्जतदार, धनी र खुसी रहन्छन् ।

५. महिलाको गोरो रंग र मखमली रोमले इशारा गर्छ, यी स्त्रीको  पति सबै दृष्टिकोणबाट सुखी र सम्पन्न  छन्  ।

६.  कालो, पातलो र सुन्दर कपाल भएकी महिलाको पति भाग्यशाली हुन्छन् ।

प्रकाशित : शुक्रबार, असार २४, २०७३१८:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूर्वीय दर्शन भन्छ , कदापी यस्ता ब्यक्तिसँग भुलेर पनि संगत नगर्नुस् ।