के तपाईलाई थाहा छ, तपाईको थर कसरी रहन गयो !!!

काठमाडौँ : नेपालको सन्दर्भमा खस,आर्य,बाहुन जातिका धेरै थरहरु हुने गर्दछन् । तर ती थरहरु केही सरकारी दर्जाबाट, कुनै थरहरु गाउँको नामबाट अपभ्रंश भएर रहन गए । भण्डारी,अधिकारी, राना जस्ता थरहरु सरकारी दर्जाबाट बनेका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी रहन गयो भन्ने हजुरको जिज्ञासा रहेको भने तपाईको जिज्ञासा मेट्नुहोस् ।

थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहराका रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्छन् । नेपालका हिन्दुहरूमा सामान्यतः कुलको अर्थ बोकेका एउटै थरका बीच विवाह हुँदैन । नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ । हिमाली जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर नामसँगै थर भन्ने अरूसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन् ।

जनजाति र मुस्लिम समुदायमा पनि थरले महत्त्वपूर्ण स्थान ओगटेकै छ । त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरकफरक हुन्छ भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ । थरहरू विभिन्न विषयसम्बद्ध हुन्छन् । उद्गमस्थानसँग सम्बन्धित, जस्तै– दुल्लुबाट हिँडेका दुलाल । पेसासँग सम्बन्धित, जस्तै— प्रशासनको काम गर्ने कार्की । पदसँग सम्बन्धित, जस्तै– अमात्य, राय, सुब्बा । पदवीसँग सम्बन्धित, जस्तै– आचार्य, लामा । सामाजिक हैसियतको संक्रमणकालसँग सम्बन्धित, जस्तै– बिटुला । राष्ट्रियतासँग सम्बन्धित, जस्तै– भारती, नेपाली । आस्था, मान्यतासँग सम्बन्धित, जस्तै– शिवभक्ति, खेवा । ऐतिहासिक घटना वा कुलसँग सम्बन्धित–जस्तै– वर्मशाखा ।

थर–गोत्रबारे सबैभन्दा बढी भ्रम दलितका सम्बन्धमा रहिआएको देखिन्छ । नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायका जस्तै नै हुन् । यी तिनै जाति/समुदायभित्रका दलितका थुप्रै थर र ती जाति समुदायभित्रका गैरदलितको थुप्रै थर मिल्छन् मात्रै होइन, बरु एउटै हुन् । त्यसै गरी प्रत्येक जाति/जात/समुदायमा मात्र पाइने थर भए जस्तै दलितभित्रका विभिन्न जातमा मात्र पाइने थर पनि छन् । दलितहरूका थर र गैरदलितका थर मिल्नुका तीन कारण छन् । एक, उद्गमस्थल एउटै भएकाले । जस्तै– पौडी क्षेत्रबाट हिँडेका हुनाले ब्राह्मण पनि पौडेल र दलित पनि पौडेल । दुई, पदवीसँग मिल्न गएकाले । जस्तै– मण्डल, मिझारजस्ता पद दलित, जनजाति र मधेसका वैश्यअन्तर्गतका कतिपय जातको मुखियालाई दिइन्थ्यो । त्यही पदवी दलित, गैरदलितले थर बनाउँदा मिल्न गयो र तीन, गैरदलित पुरुषलाई जात झारेर सजाय दिँदा थरचाहिँ कथित माथिल्लो जातकै बाँकी रहन पुग्यो ।

सरकारी दर्जाबाट रहन गएका थरहरू
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलमा रहेका जिल्लाका  गाउँहरुको नामबाट रहन गएका थरहरू
जुम्ला
गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
अछाम
गाउँ– थर
तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल
बझाङ
गाउँ – थर
रेगम – रेग्मी
सोत – सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ
बाजुरा
गाउँ– थर
जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– केलकाटिया
खातिवाडा– खाती
बैतडी
गाउँ– थर
गाजरी– गजुरेल
डोटी
गाउँ– थर
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी
मुगु
गाउँ– थर
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा
कालिकोट
गाउँ– थर
खिट्किसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा
रुकुम
गाउँ– थर
सर्पुकोट–सापकोटा
दाङ
गाउँ– थर
रजौरा– रजौरिया
दैलेख
गाउँ– थर
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु्– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडालमोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं

प्रकाशित : मङ्गलबार, असार ०७, २०७३०४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाई जन्मेको बार अनुसार तपाईको भाग्य यस्तो हुन्छ !!!