मेथिले यसरी हटाउछ, पुरुषको सिग्घ्रस्खलनको समस्या

मेथी हामिले तरकारी तथा अन्य खानाका परिकार पकाऊदा मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । यसको उपयोगिता खानाका  परिकार बनाउदा तेलमा फुराउने  मात्र नभई अन्य धेरै कुराहरुको लागि पनि उपयोगी हुने कुरा साहेद तपाईलाई  थाहा नहुन पनि सक्छ । यसका थुप्रै थुप्रै फाईदाहरु छन् । तर तपाईलाई हामी यस्तो कुरा बताउदैछौ जुन कुरा सुनेर तपाई आश्चर्यचकित पनि पर्न सक्नुहुन्छ ।

मेथीको उपयोगिताबारे अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्ययनले मेथीका दानाको सेवन गर्दा यौन शक्तिमा अत्याधिक वृद्धी हुनुका साथै  कामेच्छा पनि बढ्ने तथ्य खुल्न आएको छ । ब्रिसबेनमा रहेको आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताहरुले मेथीका दानामा पुरुषकाको  कामेच्छा र यौन शक्ति बढाउने तत्व पाइने कुराको  खुलासा गरेका छन् । मेथीमा यौनशक्तिमा प्रचुर वृद्धी ल्याई  यौन क्रिडाको अवधी लम्ब्याउने कार्य गर्ने अध्ययनबाट प्रस्ट पारिएको छ ।

पश्चिमाहरुले  यौन क्रिडाको अवधी बढाउने औषधीहरु मेथीको प्रयोग पहिले देखिने प्रयोग गर्दै आइरहेका थिए । पूर्ण  बैज्ञानिक रुपले  गरिएको अनुसन्धानमा भनिएको छ, मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा हुने  टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न प्रभावकारी भूमिका निर्वाह गर्दछ । त्यस्तै स्वस्थ यौन  जीवनका लागि नियमित मेथी सेवन गर्नु अतिनै  राम्रो हुने अनुसन्धानकर्ताले जनाएका छन् ।

अनुसन्धानकर्ताका अनुसार मेथीले  गर्मी गराउने हुँदा यसको अत्यधिक मात्रामा सेवन  गर्नु  छालाको लागि घातक सावित पनि हुनसक्ने बताएका छन्।

प्रकाशित : आइतबार, असार ०५, २०७३०५:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दश मिनेट महिलाको वक्षस्थल हेर्दा ५ वर्ष आयु बढ्ने , एक अध्ययनको दाबी