हस्तरेखा हेरेर आफ्नो विवाह हुने उमेर यसरी पत्ता लगाउनुहोस् !

काठमाडौँ : हस्तरेखा विज्ञान भनेको हातका रेखा हेरेर हाम्रो भविष्यबारेमा भविष्यवाणी गर्ने एउटा अनौठो विज्ञान हो । यसलाई अंग्रेजीमा पामिस्ट्री (palmistry) भनिन्छ। हुन त तपाई हाम्रो हात अथवा हत्केलामा अनेकौँ रेखाहरु हुन्छन् ,र ति सबै रेखाहरु आफ्नै अर्थ र महत्व रहने गर्दछ । हाम्रो हस्तरेखा हेरेरै पनि हाम्रो भविष्यको बारेमा व्याख्या गर्न सकिने गणितीय तथ्य पनि ज्योतिषशास्त्रले उल्लेख गरेको छ। तपाई आफ्नो हत्केलामा रहेको विवाह रेखा हेरेर आफ्नो विवाह हुने उमेर अथवा समय पत्ता लगाउन सक्नुहुन्छ। विवाह रेखालाई स्नेह रेखा वा मिलन रेखा पनि भनिन्छ।

कसरी विवाहको उमेर पत्ता लगाउने त ?
तपाई आफ्नो हत्केलामा रहेको विवाह रेखाबाट आफ्नो विवाह हुने उमेर संकेत मज्जाले लगाउन सक्नुहुन्छ। यो रेखा हातको कान्छी औंला (सानो औंला) को तल पट्टि छेउ भागमा हुने गर्दछ। यो रेखा हत्केलाको बाहिरी भागमा देख्न सकिन्छ । यो रेखा सानो औंलाको तल हुन्छ, र छेउ भागबाट माथि हल्केला तिर निस्केको हुन्छ। तपाईको हातमा एक भन्दा बढी विवाह रेखा हुन सक्छ,आश्चर्य नमान्नुहोस् यसलाई सामान्य नै मानिन्छ।

यी छोटा क्षितिय रेखालाई  विवाह रेखा भनिन्छ। तर यसले केवल महत्वपूर्ण सम्बन्धको प्रभाव र गहिराईको मात्र संकेत गर्छ । ति सम्बन्ध विवाहमै परिणत हुनुपर्छ भन्ने चाहिं हुदैन। जुन विवाह रेखा स्पस्ट र लामो छ , त्यो रेखाले बलियो सम्बन्ध अथवा विवाहको  प्रबल सम्भावना देखाउछ । त्यहा देखिने ससाना हलुका रेखाले तपाइको प्रेम सम्बन्धहरु (रोमान्स) लाई जनाउछ।यो लामो मिलन रेखा विवाहसंग सम्बन्धित हुन्छ भने स-साना हलुका रेखाले प्रेम (रोमान्स) लाई जनाउछ।

हृदय रेखा बाट सानो औंला (कान्छी औंला) को आधार रेखा दूरीलाई पचास वर्ष मानिन्छ। जब मिलन रेखा हृदयसंग नजिकै रहेको छ, भने यसको अर्थ तपाई छिटो विवाह गर्दै हुनुहुन्छ । तर यदि विवाह रेखा माउन्ट मर्क्युरी रेखा (ब्यापार र आर्थिकको समृद्धिको रेखा) को किन्द्रमा देखिएको खण्डमा तपाईले २० वर्षको मध्यतिर अर्थात् (बीस र तीस वर्षको बीच) हुने पक्का हुन्छ। र जसको विवाह रेखा माउन्ट मर्क्युरी रेखा भन्दा तिन चौथाई माथि छ, यस्तो हस्तरेखा हुनेको विवाह बीसौं बर्षको अन्त्य वा ३० देखि ३५ बर्ष सम्ममा हुने कुरा हस्तकला अथवा हस्त ज्योतिषबिज्ञानमा उल्लेख छ।

प्रकाशित : आइतबार, जेठ ३०, २०७३०७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईलाई थाहा छ, तपाईको थर कसरी रहन गयो !!!