साताकाे साहित्य, तीन स्रष्टा तीन गजल

गजल

हुदैन किन अक्सर सोचेजस्तो
जिन्दगीको हरेक सफर साचेजस्तो

चिठीमा आँशु सिवाय केही छैन
छैन आज पनि खबर सोचेजस्तो

पूरानै छन् सबै योजनाहरु यहाँ
होला जस्तो छैन असर सोचेजस्तो

आगनमा जुन खुसी छोडि गएथेँ
म फर्किदा थिएन घर सोचेजस्तो

यो मेरो अनुभले प्रमाणित गरेको छ
हुदो रहेनछ जिन्दगीभर सोचेजस्तो

भावना पाठक, चितवन

गजल

एउटा हातमा गुलाव अर्को हातमा तरवार !
कुन दिन्छौ प्रेममा मलाई तिम्ले उपहार !!

देख्या कुरा पाईन रे लेख्या मात्र पाईछ !
भाग्य हेर्न के मिल्थ्यो र फुटाएर निधार !!

जलाएर बसेकि छु सँधै भरि आसाका दिप !
जल्या दियो निभाएर बनाउछौ कि अन्धकार !!

तिम्ले माया रोएर माग्यौ मैले हार्नै सकिन !
कस्तो गर्छौ कुन्नि तिम्ले मायामा ब्यबाहार !!

जति बुझ्न खोजे पनि सकिएन एउटा कुरा !
हसाउनि कि फसाउनि तिम्ले गर्नि प्यार !!

शिला कार्की

गजल

सुनाउछन् कुरा अनेक थरी मैले के गरु।
झस्काउन आउछन् घरीघरी मैले के गरु।।

उ उस्तो छ उ तेस्तो छ मैले केही नसोधी,
भन्छन् कति मनपरी मैले के गरु।

के हो कुरा यथार्थ तिमी आफै भन,
टिक्दैन झुठो सधैभरी मैले के गरु।

भुल्छु भन्छु झन अदृश्य प्यार बोकि,
आइदिन्छौ तिमी वरिपरि मैले के गरु।

कञ्चन काफिया, गुल्मी 

प्रकाशित : शनिबार, जेठ २९, २०७३०३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिबारकाे बिगुल साहित्यमा अाज केही चाेटिला मुक्तकहरू