केरामा टिस्युकल्चर विधि

रत्ननगर (चितवन), २८ जेठ । जिल्लामा फस्टाउँदै गएको केराखेतीमा गएको वर्ष नयाँ प्रकारको रोग भेटियो । बोट पहँेलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने खालको नयाँ प्रकारको रोग देखापरेपछि कृषि विज्ञहरुले टिस्युकल्चर गरेको केराको बिरुवा रोप्न सुझाव दिए ।

अहिले जिल्लामा १० जना किसानले करिब एक बिगाहा क्षेत्रमा यो विधिबाट निकालिएको बिरुवालाई प्लास्टिक बिछ््याएर त्यसको बिचमा प्वाल पारेर(मल्चिङ गरेर) बिरुवा लगाएका छन् । यसले रोग किरा नलाग्ने र उत्पादन राम्रो हुने विश्वासका साथ नमुनाको रुपमा प्रतिकिसानले १२५ बिरुवा रोपेका केरा किसान रेवती भट्ट बताउनुहुन्छ ।

केरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष विष्णुहरि पन्तले प्लास्टिक मल्चिङ गरेर टिस्युकल्चर गरिएका बिरुवा डेमोको रुपमा लगाइएको बताउनुभयो । अहिले भट्टले २५ बिगाहा क्षेत्रमा केरा लगाउँदै आउनुभएको छ । मालभोग जातको केरामा विभिन्न रोगकिराको समस्या देखिएपछि भारतबाट नयाँ बिरुवा ल्याएर खेती गरेको र टिस्युकल्चर गरेको बिरुवाको पनि परीक्षण थालेको भट्टले बताउनुभयो ।

जिल्ला कृषि कार्यालयका प्रमुख सोमनाथ घिमिरेले लगातार वर्षौँसम्म एकै प्रकारको केरा लगाएकाले विभिन्न समस्या आएपछि टिस्युकल्चर गरेको बिरुवा नै उपयुक्त हुने सुझाव दिनुभयो । जिल्लामा अहिले दुई हजार २०० बिगाहामा ६०० बढी किसानले केराखेती गर्दैआएका छन् । यहाँ वार्षिक रु ६० करोड बढीको केराको कारोबार हुँदै आएको बताइएको छ । रासस

प्रकाशित : शुक्रबार, जेठ २८, २०७३०७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अंकमालबाटै थाहा हुन्छ, तपाईहरुको सम्बन्धन कस्तो खालको हो